सानोदेखि नै विज्ञान विषयमा सौर्य मण्डलमा नौवटा ग्रह छन् भनेर पढ्दै आएका हामी त्यो बेला छक्क पर्यौँ जब सन् २००६ मा प्लुटो -यम)लाई ग्रहबाट पदावनति गरियो। प्लुटोलाई ग्रहको सूचीबाट हटाई 'शिशु ग्रह'को सूचीमा राखिनुको कारण के हो त ? प्लुटोलाई ग्रहकै सूचीमा राखिराखेको भए के बिगि्रन्थ्यो त ? प्लुटो -यम) ग्रह हो वा होइन ? भन्ने प्रश्नको उत्तर खोज्नको लागि 'ग्रह' शब्दको अर्थ जान्नुपर्ने हुन्छ। त्यसको लागि इतिहासको कुरा गरौँ। प्राचीन ग्रीसका वैज्ञानिकहरूले बुध, शुक्र, मङ्गल, बृहस्पति, शनि, चन्द्रमा र सूर्य सबैलाई ग्रहकै रूपमा सूचीकृत गरेका थिए। खासमा उनीहरूको लागि आकाशमा देखिने ताराभन्दा चम्किलो कुनै पनि पिण्ड ग्रह थियो। ग्रहको यो परिभाषामा दुईवटा समस्या छन्। पहिलो, ग्रहको यो परिभाषाबाट तयार गरिएको ग्रहहरूको सूचीमा पृथ्वी अटाउँदैन।
दोस्रो, यसले अति भिन्न खालका आकाशीय पिण्डहरूलाई पनि एउटै सूचीमा सूचीकृत गरेको छ। तर, प्राचीन ग्रीसका वैज्ञानिकहरूलाई चन्द्रमा शनिभन्दा कुन किसिमले फरक छ भन्ने कुराको ज्ञान थिएन किनभने आकाशीय पिण्डहरूको अवलोकन गर्ने उनीहरूसँग भएको सबैभन्दा उन्नत प्रविधि भनेकै नाङ्गो आँखा मात्रै थियो। हजारौँ वर्षपछि ग्यालिलियो ग्यालिलीले टेलिस्कोपको आविष्कार गरी खगोलशास्त्रमा क्रान्ति ल्याए। उनको आविष्कारका कारण वैज्ञानिकहरूले सूर्यले पृथ्वीलाई नभई पृथ्वीले सूर्यलाई घुम्ने तथ्य पत्ता लगाए।
अब खगोलशास्त्रीहरूले सौर्यमण्डलको सही नक्सा सजिलैसँग कोर्न सक्ने भए। अनि ग्रहको परिभाषा परिवर्तन गरियो ः जुन खगोलीय पिण्डले सूर्यलाई परिक्रमा गर्छ, त्यसैलाई ग्रह भन्न थालियो। समय बित्दै जाँदा टेलिस्कोप पनि विकसित हुँदै गयो र हरेक शताब्दीमा एउटा नयाँ ग्रह पत्ता लाग्दै गयो। सन् १७८१ मा अरूण पत्ता लाग्यो भने सन् १८४६ मा वरुण। त्यस्तै सन् १९३० मा यम ग्रह पत्ता लाग्यो। तर यमलाई ग्रहको सूचीबाट सन् २००६ मा हटाइयो।
यसको एउटा कारण हो प्लुटोको आकार। सन् २००६ भन्दा अगाडि सौर्य मण्डलका ग्रहहरू भनी सूचीकृत गरिएका नौ खगोलीय पिण्डहरूमध्ये प्लुटो सबैभन्दा सानो हो। प्लुटोको व्यास २३०६ कि.मि. मात्र छ भने यसको पिण्ड पृथ्वीको पिण्डको २४ प्रतिशतभन्दा कम छ। यो आठ वटा ग्रहहरूभन्दा पनि सानो मात्र नभई सौर्यमण्डलका उपग्रहहरूमध्येका सात वटा उपग्रहहरूभन्दा पनि सानो छ। पृथ्वीकै उपग्रह चन्द्रमा, बृहस्पतिका उपग्रहहरू ग्यानिमिड, कालिस्टो, आईओ र युरोपा, शनिको उपग्रह टाइटन र वरुणको उपग्रह ट्राइटन सबै प्लुटोभन्दा ठूला छन्। प्लुटो र बृहस्पतिको आकारको तुलना गर्ने हो भने बृहस्पतिको आकार एउटा बास्केटबल बराबर मान्ने हो भने प्लुटोको आकार केराउ जत्रो मात्र हुन्छ तर प्लुटोको आकारको कारण मात्र यसलाई ग्रहको सूचीबाट हटाइएको भने होइन। यस कार्यको लागि अर्को एउटा महत्वपूर्ण कारण छ। सन् १८०१ मा वैज्ञानिकहरूले बृहस्पति र मङ्गलको बीचमा एउटा अर्को ग्रह पत्ता लगाए। त्यस ग्रहको नाम उनीहरूले सिरिज राखे। अर्को वर्ष वैज्ञानिकहरूले सोहि क्षेत्रमा एक अर्को ग्रह पत्ता लगाए जसको नाम पालास राखियो। केही वर्ष पछाडि उनीहरूले तेस्रो ग्रह पत्ता लगाए ः जुनो र फेरि चौथो ः भेस्टा। दशकौंसम्म बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरूणलगायत यी चारवटा खगोलीय पिण्डहरू गरी ११ वटा पिण्डहरूलाई ग्रहको सूचीमा राखियो। तर समय बित्दै जाँदा सोही क्षेत्रमा अन्य थुप्रै त्यस्ता खगोलीय पिण्डहरू पत्ता लाग्दै गए र ती सबैलाई ग्रहको सूचीमा राख्न अप्ठेरो हुँदै गयो किनभने ती खगोलीय पिण्डहरू स-साना र अन्य ग्रहहरूभन्दा भिन्न थिए। त्यसैले एउटा नयाँ वर्गको जन्म भयो जसलाई अहिले वैज्ञानिकहरू छुद्रग्रह भन्छन्। र, छुद्रग्रहहरू रहेको मंगल र बृहस्पतिबीचको त्यस क्षेत्रलाई उनीहरू छुद्रग्रह क्षेत्र भन्छन्। पछि त्यस क्षेत्रमा वैज्ञानिकहरूले सयौं हजारौं छुद्रग्रहहरू पत्ता लगाए।
सन् १९३० मा वैज्ञानिकहरूले प्लुटो पत्ता लगाए। सुरुमा यसको आकार वरुणको आकारभन्दा हल्का सानो भएको आङ्कलन गरिएको थियो। तर पछि प्रविधिको विकास हुँदै जाँदा अनुसन्धानका नतिजाहरू पनि सुध्रंदै गए र प्लुटोको आकार घट्दै गयो। एकातिर प्लुटोको आकारका लागि गरिएका अनुसन्धानहरूको नतिजा घट्दै गयो भने अर्कोतिर त्यस क्षेत्रमा अन्य स-साना प्लुटोजस्ता खगोलीय पिण्डहरू पत्ता लाग्दै गए। त्यसैले वैज्ञानिकहरूलाई प्लुटोलाई ग्रहकै सूचीमा सूचीकृत गरिराख्न अप्ठेरो हुँदै गयो। तर, त्यस क्षेत्रमा प्लुटोभन्दा ठूलो कुनै आकाशीय पिण्ड फेला नपरेसम्म प्लुटोलाई ग्रहको सूचीबाट हटाउन पनि अप्ठेरो थियो।
यो समस्या सन् २००६ मा हल भयो जब वैज्ञानिकहरूले इरिस नामक एक खगोलीय पिण्ड पत्ता लगाए। इरिसको व्यास २३०० देखि २४०० कि.मि.को बीच पर्ने वैज्ञानिक बताउँछन्। यसको पिण्ड प्लुटोको भन्दा २७ प्रतिशत बढी छ। फलस्वरूप एक नयाँ वर्गको जन्म भयो जसलाई वैज्ञानिकहरू शिशु ग्रह ९म्धबचा एबिलभत० भन्छन्। साथै यस क्षेत्रलाई काइपर क्षेत्र भनिन्छ। र, प्लुटोलाई ग्रहको सूचीबाट हटाई शिशु ग्रहको सूचीमा राखियो।