अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
डलर र भारूमा निर्भर सुन बजार
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १६ गते। यो साता पनि नेपालको सुन बजार निकै उचारचढावपूर्ण रहन गयो। आइतबादेखि शुक्रवारसम्मका नेपाली बजारमा पाँचपटक सुनको मूल्यमा हेरफेर भयो। आइतबार बजार खुल्दा प्रतितोला ५७ हजार रुपियाँ रहेको सुनको मूल्यमा विभिन्न उतारचढावपछि शुक्रबारसम्म आइपुग्दा रु. ५६ हजार पाँच सय कायम रहन पुग्यो। साताभरिको उतारचढावमा छापावाल सुनको मूल्यमा प्रतितोला रु. पाँच सयले घटेको छ भने अघिल्लो शुक्रबारको तुलनामा प्रतितोला रु. एक सय घटेको छ।

आइतबार रु. ५७ हजार रहेको छापावाल सुनको मूल्य सोमबार रु. चार सयले घटेर रु. ५६ हजार छ सय भयो तर यो मूल्य मङ्गलबारसम्म कायम रहन सकेन । मङ्गलबार पुनः प्रतितोला रु. आठ सयले बढेर प्रतितोला रु. ५७ हजार चार सय पुग्यो। जबकि अघिल्लो मङ्गलबार पनि छापावाल सुनको मूल्यमा अत्यधिक वृद्धि भई प्रतितोला रु. ५७ हजार सात सय पुगेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। बुधबार पुनः तोलामा दुई सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला रु. ५७ हजार दुई सय रहन पुग्यो। यो मूल्य बिहीबार पनि कायम रहृयो तर शुक्रबार फेरि प्रतितोला रु. सात सयले घटेर तोलाको रु. ५६ हजार पाँच सय कायम रहन पुग्यो।

सुनको मूल्यमा उतारचढाव हुनुमा सुनको अन्तर्राष्ट्रिय बजारभन्दा पनि डलरको तुलनामा नेपाली र भारतीय रुपियाँ कमजोर हुनु मुख्य कारण रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्य बताउनुहुन्छ। भारु र नेपाली मुद्रा कमजोर भई डलर बलियो भएकाले अन्तर्राष्टिय्र बजारमा सुनको मूल्यमा कमी आए पनि डलर खर्चेर सुन खरिद गर्ने नेपालमा सुनको मूल्य बढेको हो।

डलरको तुलानामा नेपाली र भारु ऐतिहासिक रूपमा नै कमजोर हुँदा सुनको मूल्य पनि प्रभावित भएको शाक्यको भनाइ छ। यो साता डलरको तुलनामा नेपाली रुपियाँ ऐतिहासिक रूपमा नै कमजोर देखियो। एक डलरको सटहीका लागि ९१ रुपियाँभन्दा बढी नेपाली रुपियाँ खर्चिनु पर्‍यो तर शुक्रबार भने अन्तर्राष्ट्रिय बजारमा भारु बलियो भई डलर कमजोर हुन पुग्दा नेपालको सुन बजार पनि प्रभावित भई सुनको मूल्यमा एकाएक गिरावट आएको शाक्य बताउनुहुन्छ।

सुन खरिदका लागि अहिले अनुकूल समय भए पनि सुनको मूल्यमा भएको वृद्धिले क्रेताको क्रयशक्तिमा ह्रास आई बजारमा सुनको खरिद गर्नेको चापमा कमी आएको शाक्य बताउनुहुन्छ।

त्यस्तै, चाँदीको मूल्यमा भने एक सातामा प्रतितोला रु. ३० ले बढेको छ। गत आइतबार प्रतितोला रु. एक हजार २५ रहेको चाँदीको मूल्य शुक्रबार रु. एक हजार ३० कायम रहन पुगेको छ। यो साताको मङ्गलबार चाँदीको मूल्य प्रतितोला रु. एक हजार ४० रहन पुगी उच्च मूल्य कायम रहन पुग्यो तर बुधबार प्रतितोला रु. १० ले घटेर रु. एक हजार ३० कायम हुन पुग्यो, जुन मूल्य शुक्रबारसम्म कायम रहृयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home