काठमाडौँ, असार १६ गते। गोरखापत्र संस्थान र नेपाल बैङ्क लिमिटेडबीच शनिबार भएको मैत्री फुटबल खेलमा नेपाल बैङ्क विजयी भएको छ।
सानोठिमीस्थित एसओएसको मैदानमा भएको खेलमा अन्तिम सेकेन्डमा पि|mकिकमा गोल बेहोर्दै गोरखापत्रले नेपाल बैङ्कसँग ३-२ ले पराजय बेहोर्यो। नेपाल बैङ्कका सुरेन्द्र केसीले हृयाटि्रक गरी खेलका नायक बने। सुरेन्द्रले करिब २० गजबाट पि|mकिकमा गोल गरेर गोरखापत्रलाई निराश बनाए। सो गोलसँगै रेप|mीले खेलको अन्तिम सिठ्ठी पनि फुकेका थिए। सञ्जोग आचार्य र जयकुमार केसीको प्रहार गोलपोस्टमा लागेर फर्किनु पनि गोरखापत्रको दुर्भाग्य बन्यो। यसैगरी, गोरखापत्रमा पूर्ण पौडेलले पेनाल्टीमा गोल गर्ने मौका चुकाएका थिए।
पूर्वार्द्धमा दुई गोलले पछाडि परेको गोरखापत्र उत्तरार्द्धमा दुई गोल फर्काएपछि जितको हकदारका रूपमा प्रस्तुत भएको थियो। उत्तरार्द्धमा विदुर देउला र अङ्कति भुषालले गोल गरे। गोरखापत्रले गरेका दुवै गोल कप्तान प्रजित शाक्यको पासमा सम्भव भयो।
यसअघि, गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक एवं प्रधान सम्पादक सीताराम अग्रहरिले रेप|mीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो। महाप्रबन्धक अग्रहरिले खेलाडीको मनोबल बढाउन अन्तिम समयसम्म मैदानमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा एसओएस भिलेजका निर्देशक खगेन्द्र नेपालको पनि उपस्थिति थियो।
गोरखापत्रको टिमः प्रजित शाक्य -कप्तान), विक्रमबावु राई, सन्जोग आचार्य, जयकुमार केसी, वसन्तकुमार चौधरी, पूर्ण पौडेल, राजन केसी, विदुर देउला, लक्की चौधरी, आशनारायण विश्वास, पुरुषोत्तम खत्री, सुमन भोम्जन, अन्जन खड्का, लय भण्डारी, विष्णु खनाल, हरिव[mष्ण अर्याल, अङ्कति भूषाल र मजवुल आलम रहेका थिए। टिम मेनेजरः ओम भुषाल।