अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
युरोकप फाइनल आज
 

किभ -युक्रेन), असार १६ गते। युरो-२०१२ मा स्पेन र इटालीबीच पुनः एकपटक भिडन्त हुने भएको छ तर यसपटक खेल इतिहासको पुस्तकमा स्थान बनाउनका लागि हुनेछ।यी दुई टिम एउटै समूहबाट नकआउट चरणमा पुगेका हुन्। समूह चरणमा इटाली र स्पेनबीच भएको खेल १-१ ले बराबरीमा टुङ्िगएको थियो। विश्वकप र गत विजेता स्पेन लगातार तेस्रोपटक प्रमुख प्रतियोगिता जितबाट एक कदम टाढा छ। इटालीलाई फाइनलमा हराए स्पेनको यो टिम विश्वकै सर्वकालीन महान् टिममा पर्नेछ। यसैगरी, स्पेनले तीनपटक युरो च्याम्पियन बनेर जर्मनीले राखेको कीर्तिमानको बराबरी पनि गर्नेछ।

तर स्पेनको लक्ष्यमा स्ट्राइकर मारियो बालोटेली र एन्दि्रया पिर्लोको प्रेरणामा रहेको इटाली टिम बाधक बन्ने धेरै सम्भावना छ। यद्यपि इटालीका प्रशिक्षक सेजार प्रान्डेलीले स्पेनलाई नै ट्रफी उचाल्ने दावेरदार मानेका छन्। आँखा खुल्ला भए पनि अहिले म सपना नै देखिरहेको छु, जर्मनीलाई हराएर सेमिफाइनलमा पुगेपछि प्रान्डेलीले भनेको भनाइ हो यो। जर्मनीविरुद्ध २-१ ले जितेको खेलमा बालोटेलीले दुवै गोल गरेका थिए। स्पेन अहिले पनि दावेदार हो, उनीहरूले अहिलेसम्म खेलेका हरेक खेलमा विपक्षी टिमलाई दबाबमा राखेका छन्, प्रान्डेली भन्छन्।

सन् २००४ पछि स्पेनले अहिलेसम्म युरोपेली च्याम्पियन्सीपमा हार बेहोरेको छैन। उसले विश्वकपसहित युरोको उपाधि रक्षा गर्ने क्रममा फाइनल पुगेर पश्चिम जर्मनीले राखेको कीर्तिमानको बराबरी गरिसकेको छ। सन् १९७६ मा चेकोस्लोभाकियासँग पेनाल्टी सुटआउटमा हारेर पश्चिम जर्मनी लगातार उपाधि जितबाट वञ्चित भएको थियो। यसैले स्पेनसमक्ष आइतबार फाइनल जितेर नयाँ कीर्तिमान बनाउने अवसर छ।युरो फाइनललाई विश्वको सर्वाधिक आकर्षक आक्रमण भएको टिमविरुद्ध सर्वश्रेष्ठ डिफेन्सका रूपमा लिइएको छ। समूह चरणमा इटालीसँगको खेलपछि स्पेनले गोल बेहोरेको छैन। यसैगरी, प्रमुख प्रतियोगिताअन्तर्गत पछिल्ला नौ नकआउट खेलमा पनि स्पेनको गोलपोस्टमा बल छिरेको छैन तर स्पेनलाई आइतबार बालोटेली, एन्टोनियो कासानो र पिर्लोलाई रोक्न कठिन हुनेछ। यी तीन सामेल टिम इटालीकै सर्वकालीन सर्वश्रेष्ठमध्ये एक अग्रपङ्क्ति मानिएको छ।

हामी आप\mनो स्वाभाविक खेल खेल्ने कोसिस गर्छौँ, धेरै दबाब लिदैनाँै, जुन हाम्रो सबभन्दा सशक्त पक्ष हो, इटालीलाई दोस्रोपटक युरो उपाधि दिलाउने क्रममा रहेका प्रान्डेली भन्छन्। स्पेन र प|mान्स पनि दुई/दुईपटक युरो च्याम्पियन भइसकेका छन्।

प्रतियोगितापूर्व खेल मिलेमतोको चपेटामा परेको इटालीलाई कमजोर आँकिएको थियो तर इटाली अहिले खेल मिलेमतोभन्दा आप\mनो शानदार प्रदर्शनले चर्चामा छ। सन् १९८२ र २००६ मा विश्वकप जित्दा पनि इटाली खेल मिलेमतोको विवादमा थियो। त्यसैले इटालीले पुनः एकपटक म्याच फिक्सिङको दागलाई युरोकप जितेर नहटाउँला भन्न सकिन्न। अहिले स्पेनलाई स्ट्राइकर बालोटेलीले सबभन्दा तर्साएको छ। म्यान्चेस्टर सिटीका लागि मैदानमित्र र बाहिर अनुशासनमा रहन नसकेपछि प्रतियोगितापूर्व इटालीको टिममा बालोटेलीको चयन पनि शङ्काको घेरामा थियो तर इटालीका पहिलो अश्वेत अन्तर्राष्ट्रिय खेलाडी बालोटेली अहिले तीन गोल गरी चालु प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्। स्पेनविरुद्ध एक मात्र गोल गरे पनि बालोटेली युरो-२०१२ का सर्वाधिक गोलकर्ता बन्ने सम्भावना धेरै छ। बालोटेलीले आप\mनो बुबा पनि फाइनल हेर्न किभ आउने भएकोले उनकै लागि भए पनि गोल गर्न चाहेको बताएका छन्।

यसबाहेक स्पेनविरुद्ध इटालीको प्रदर्शन पनि उल्लेखनीय छ। सन् १९२० पछि स्पेन प्रतिस्पर्धात्मक खेलमा इटालीलाई निर्धारित समयमा हराउन सकेको छैन। यसपटक स्पेनको फरवार्ड अझ कमजोर छ। प्रशिक्षक भिसेन्ट डेल बोस्कले स्ट्राइकर फर्नान्डो टोरेजको स्थानम आक्रामक मिडफिल्डर सेच फाबि्रगासलाई विश्वास गरिरहेका छन्। बोस्कले फाइनलमा पनि ४-६ को संरचनालाई निरन्तरता दिने सम्भावना छ। जुन रणनीतिलाई उनले यसै महिना मात्र प्रयोग गरेका थिए।

स्पेनले उपाधि रक्षा गरेमा प्रशिक्षक भिसेन्टे डेल बोस्क तीन सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता युरो, विश्वकप र च्याम्पियन्स लिग जित्ने एक मात्र प्रशिक्षक बन्नेछन्। विश्वकप र युरोकप जित्ने प्रशिक्षकमा अहिलेसम्म जर्मनीका हेल्मुट सोयनको नाम मात्र छ। उनले जर्मनीलाई सन् १९७२ मा युरोकप र सन् १९७४ मा विश्वकप दिलाएका थिए। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home