अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
प्रमद्वारा दलका नेतासँग छलफल
 

काठमाडौँ, असार १७ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भेटवार्ता भएको छ । संविधानसभा पुनःस्थापनातिर नलागी संविधानसभाको निर्वाचनका लागि आवश्यक कानुन परिमार्जनतर्फ लाग्नुपर्ने कुरा भेटमा आफूले राखेको अध्यक्ष राणाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- दलहरूबीचको सहमतिमा राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाई संविधानसभाको निर्वाचनका लागि आवश्यक कानुन संशोधनमा लाग्नुपर्ने सुझाव मैले प्रधानमन्त्रीलाई दिएँ । '

उहाँले दलहरूबीच राज्य पुनःसंरचनाका विषयमा सहमति हुने सम्भावना कम रहेकाले एकल जातीय पहिचान वा बहुपहिचान भन्ने विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने आफूहरूको धारणाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नबन्ने र पद त्याग्नसमेत तयार रहेको बताउनुभएको राणाले उल्लेख गर्नुभयो ।

यसैगरी, आइतबार प्रधानमन्त्री भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपा नेपालका अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो- सहमति खोज्ने नाममा हालको सङ्क्रमणकाल लम्ब्याउनुभन्दा कानुनी अड्चन र बाधा फुकाएर संविधानसभाको निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीलाई आग्रह गरेँ ।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home