अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
नयाँ प्रधानमन्त्रीको नाम घोषणा गर्न काँग्रेसलाई आग्रह
 

काठमाडौँ, असार १७ गते। राष्ट्रिय सहमतिका लागि नयाँ प्रधानमन्त्रीको नाम अविलम्ब दिन नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई नेकपा -एमाले) का अध्यक्ष झलनाथ खनालले आग्रह गर्नुभएको छ । आइतबार साँझ खनाल निवास डल्लुमा पुग्नुभएका सभापति कोइरालालाई अध्यक्ष खनालले यस्तो आग्रह गर्नुभएको हो ।

दलहरूबीच यसअघि भएको पाँचबुँदे सहमतिमा काँग्रेसको नेतृत्वमा आगामी सरकार बनाउने सहमति भएको थियो । भेटपछि सभापति कोइरालाले राजनीतिक निकास र आगामी बजेटका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक सहमतिबिना पूर्ण बजेट आउन नसक्ने र राजनीतिक निकासका लागि दलहरूबीच छलफल चलाउने विषयमा दुई नेताबीच कुराकानी भएको थियो ।

अध्यक्ष खनालले सरकारले सहमतिबिना बजेट ल्याएमा प्रतिकार गरिने भन्दै नयाँ प्रधानमन्त्रीको नाम छिटो तय गर्न कोइरालालाई स्मरण गराएको जानकारी दिनुभयो ।

उहाँले राजनीतिक निकास वा आन्दोलनका लागि आफूहरू मिलेर जाने समझदारी भएको पनि पत्रकारलाई बताउनुभयो । रासस

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home