अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'पूर्ण बजेट ल्याउँछु भन्नु हास्यास्पद'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १७ गते। शीर्ष राजनीतिक दलका नेताहरूले हैसियत गुमाएको वर्तमान सरकारले पूर्ण बजेट ल्याउँछु भन्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ।

रिपोर्टर्स क्लबको आयोजनामा आइतबार यहाँ भएको साक्षात्कार कार्यक्रममा नेताहरूले उक्त टिप्पणी गर्नुभएको हो। किसानका लागि अतिआवश्यक रहेको मलको व्यवस्था गर्न नसक्नु सरकारको निकम्मापन भएको आरोप लगाउनुभयो।

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले अहिलेकै यथास्थितिमा पूर्ण बजेट त के आंशिक पनि आउन नसक्ने जिकीर गर्नुभयो। बजेट ल्याउने संवैधानिक र राजनीतिक बाटो अवरुद्ध रहेको चर्चा गर्दै नेता महतले राष्ट्रिय सहमतिबिना बजेट ल्याउँछु भन्नु हास्यास्पद रहेको बताउनुभयो। असार मसान्तसम्ममा राष्ट्रिय सहमतिको सरकार गठन हुनसके मात्र पूर्ण बजेट आउन सक्ने महतले उल्लेख गर्नुभयो।

संविधानसभा पुनस्र्थापना तत्काल सम्भव नरहेको चर्चा गर्दै नेता महतले वर्तमान सरकारको विघटन नभई कुनै विषयमा सहमतिको वातावरण बन्न नसक्ने बताउनुभयो। राजनीतिक दलबीच सहमति बने अतिआवश्यक खर्चका लागि अध्यादेशबाट एक तृतीयाँशको बजेट ल्याउन सकिने उहाँले उल्लेख गर्नुभयो।

नेकपा -एमाले) की उपाध्यक्ष विद्यादेवी भण्डारीले वर्तमान सरकार हटेपछि मात्रै सहमतीय सरकारको बाटो खुल्ने बताउनुभयो। सहमतीय सरकारको गठनबिना बजेट आउने सम्भावना नरहेको उहाँले उल्लेख गर्नुभयो। नेपाली काँग्रेसले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार अझै दिन नसकेको प्रसङ्ग उल्लेख गर्दै उहाँले काँग्रेस तयार नभए एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार बनाउन तयार रहेको बताउनुभयो।

नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले वर्तमान सरकारलाई नयाँ संविधानसभाको निर्वाचन गराउने र पूर्ण बजेट ल्याउने संवैधानिक तथा राजनीतिक हैसियत नभएको बताउनुभयो। वर्तमान सरकारले राजीनामा नदिएर सहमतिको बाधक बनेको आरोप लगाउँदै गुरुङले राष्ट्रिय सहमतिबिना कुनै समस्यालाई समाधान गर्न नसकिने स्पष्ट गर्नुभयो।

अब चार दलसँग मात्रै सहमति गरेर समस्या समाधान हुँदैन भन्दै नेता गुरुङले नयाँ राजनीतिक दलसहित सबै दलको सहमति आवश्यक पर्ने बताउनुभयो। "

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home