अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति
हरिप्रसाद भट्टराई
 

'रियो' सम्मेलनमा विश्वका राष्ट्र प्रमुख भेला भइरहेका बेला दिगो विकास र वातावरण संरक्षणबारे आˆनो अवस्थाको चित्रण सबैका मनमस्तिष्कमा झल्किएको हुनुपर्छ। भव्य तामझामका साथ सञ्चालित उक्त सम्मेलनमा सहभागिता जनाउने नेताहरू केवल आत्ममनोरञ्जनमा रमाएका होलान् भनी आक्षेप लगाउनु पनि उचित हुँदैन। तर त्यसबेला आˆनो मुलुकमा त्यसको उपयोगिता हुने गरी काम गरिएको छ, छैन भन्नेबारे कति घोल्लिए त्यो भने यसै भन्न सकिन्न। अन्य मुलुकको के थियो, त्यो बेग्लै कुरा।

विश्व वातावरण दिवस सम्पन्न लगत्तै ब्राजिलबाट केही सन्देश पनि आयो। त्यो एक प्रकारले राम्रै सन्देश मान्नुपर्छ। राष्ट्र प्रमुखहरूले त्यो सन्देशसँगै जसरी वातावरणीय सन्तुलन र दिगो विकाससँगै गरिबी निवारण गर्ने ऐक्यबद्धता जनाएका छन्, त्यस अनुसार आ-आˆनो मुलुकमा काम गर्न सक्नुमा नै त्यसको सार्थकता झल्किल्छ तर, हाम्रो मुलुकमा त्यति सारो आश गर्नु र ती प्रतिबद्धता पूरा हुन्छन् भन्ने कुरामा ढुक्क हुन भने व्यर्थ छ। यसरी आशङ्का जताउनु सुरुमै रामं्रो कुरा त होइन। तर हाम्रो मुलुकको स्थिति, यहाँका नेता तथा विशेषज्ञहरूको कार्यशैली जस्ता कुरालाई हेर्दा त्यसरी आशङ्का नजताई धरै छैन। कुरा यति हो कि आशा नमार्ने धर्मलाई जारी राख्न मात्रै सकिन्छ।

एकातिर जलवायु परिवर्तनको असरले पर्वतीय एवं हिमाली मुलुक नेपाल आक्रान्त छ। हिउँ पग्लने हिमताल फुट्नेतर्फ नेपालको के कति चनाखोपन छ, त्यो हामीले देखेकै कुरा हो। धनी मुलुकहरूको औद्योगिक विकाससँगै सिर्जित समस्या थेग्न र भोग्न हामी ब्ााध्य छौं। दोषी नभए पनि त्यस समस्याबाट सिर्जित कार्बनको थोरबहुत हिस्सा मात्र होइन, धनी मुलुकहरूको त्यस चाङ्लाई बिनासित्तै आफूमा समेट्न लालायित भए सरह छौं। किनकि त्यसका लागि क्षतिपूर्ति स्वरूप प्रदान गरिने रकमको हिस्सामा पूर्णतः दाबी प्रस्तुत गर्न र जलवायु परिवर्तनको असरबारे विश्वसामु दरिलो प्रमाण जुटाई हाम्रो जोखिमलाई अगाडि तेस्र्याई विश्वास छर्लङ्ग पार्न सगरमाथा आधार शिविरमा क्याबिनेट बैठक बस्ने बाहेक सिन्को समेत भाँच्न सकिरहेको छैन। यहाँ सम्मकि विश्वसामु वार्ता गर्न, छलफल गर्न भनिएको वार्ता समिति समेत गठन गरिएको जानकारीमा आएको छैन। ठीक यस्तो स्थितिमा ब्राजिलको 'रियो दि' जेनेरियो सहरमा असार आठ गते अर्थात् जुन २२ तारिखका दिन तीनदिने संयुक्त राष्ट्र सङ्घीय कार्यक्रमको सम्मेलनमा केही प्रतिबद्धता विगतमा झैं व्यक्त गरिएको छ।

विश्वका १९१ वटा मुलुकका राष्ट्र प्रमुख लगायत वातावरण सम्बद्ध विशेषज्ञ एवं पदाधिकारीहरूको त्यस सम्मेलनको विश्वका एक अर्ब जनता अझै पनि गरिबीको रेखामुनि रहेकाले दिगो विकासद्वारा त्यसबाट मुक्त भई वातावरण संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएको यहाँ स्मरणीय छ। संयुक्त राष्ट्र सङ्घले अघि सारेको सन् २०१५ सम्ममा पूरा गर्नुपर्ने सहस्राब्दि विकास लक्षको प्राप्तिका लागि काम गर्नुपर्नेमा सबै राष्ट्र प्रमुखहरूको प्रतिबद्धता छ। जुन सराहनीय पनि छ।

सोही 'रियो दि जेनेरियो' सहरमा २० वर्षअघि सम्पन्न पृथ्वी सम्मेलनमा अगाडि सारिएको वातावरणीय संरक्षणका साथै सोही दियो विकासको अवधाराणामा सबैको समान प्राथमिकता रहेको भनाइ त्यहाँ व्यक्त समेत गरिएको छ। राष्ट्र सङ्घीय दिगो विकाससम्बन्धी त्यस विश्व सममेलनले विश्वमा गरिबी निवारण गर्ने र वातावरणीय सन्तुलनमा जोड दिँदै ५३ पृष्ठको लामो विज्ञाप्ति मार्फत 'रियो' घोषणापत्र जारी गर्दा, विश्व वातावरण संरक्षणसँगै बढ्दो गरिबीलाई जोडेर कार्यक्रम अगाडि बढाइँदा सबैको मन खुशी समेत भएको छ। तर विज्ञप्ति निकाल्नु, घोषणा गरिनु मात्रै सबै थोक होइन। त्यसलाई व्यवहारमा उतार्न सक्नुमा नै त्यस सम्मेलनको सार्थकता रहन्छ। यसैसँगै आ-आˆना मुलुकका वातावरण संरक्षणको कार्यक्रम प्रभावकारी तुल्याउन पर्छ।

जलवायु परिवर्तनले हाम्रो जस्तो पर्वतीय एवं हिमाली क्षेत्रमा पारेको असर न्यून तुल्याउन र त्यसका लागि खर्चिनुपर्ने रकम धनी मुलुकहरूका तर्फबाट नेपाल भित्र्याउनेतर्फ बुद्धि खियाउनु आवश्यक छ। हिम पहिरोले खारापानी बजारदेखि पोखरा नगरीसम्म कास्की जिल्ला भयावह बनेको यति चाँडै बिर्सनसक्ने कुरा होइन। त्यति मात्र होइन, त्यस लगत्तै पुनः त्यहाँको सेती नदीमा बाढी आइरहेको र नदी किनारका बस्तीमा 'त्राहीमाम' मच्चिएको स्थितिप्रति आँखा चिम्लिरहन सकिँदैन। छिमेकी मुलुकमा पनि बाढीले दुःख दिएको र नेपालका भूभागका धेरै स्थानमा गएको पहिरो र बाढीले सन्त्राश फैलाएको त्यसै असरका परिणाम हुन् भन्नेतर्फ हामीले विश्वको यस्तै कार्यक्रम सम्मेलन मार्फत आँखा तान्नुपर्ने हो। तर हाम्रा राष्ट्र प्रमुख तथा विज्ञहरूबाट त्यसको के कति स्पष्टोक्ति गरियो, त्यो भने बाहिर सुन्नमा आएको पाइँदैन। विश्वसामु वकालत गर्नु गराउनु जरुरी छ। तर कुरा यतिमै सीमित छैन। विश्व सम्मेलनले उठान गरेका विषय एवं प्रसङ्ग र पूरा गर्नुपर्ने प्रतिबद्धता भन्दा बढी प्रत्येक मुलुकले आफू अनुकूलको वातावरण संरक्षणसम्बन्धी प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home