अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
सिलिच साढे पाँच घन्टापछि विजयी
 

लन्डन, असार १७ गते। अमेरिकाकी सेरना विलियम्सले शनिबार राति झेङ चीलाई ६-७, ६-२, ९-७ ले बल्लतल्ल हराएर विम्बल्डन टेनिसको चौथो चरणमा पुगेकी छन्।

चारपटकको विजेता सेरेनाले आफनो सशक्त सर्भिसले मात्र चिनियाँ खेलाडीलाई हराउन सकिनन्। झेङ चीविरुद्ध सेरेनाले २३ एस प्रहार गरेकी थिइन्। सेरनोले आप\mनो सर्भिस एकपटक पनि गुमाएनन्। तर पनि चिनियाँ झेङ चीविरुद्ध सेरनोले कोर्टमा कडा परिश्रम गर्नुपर्‍यो। यी दुई बीचको खेल साढे दुई घन्टा चलेको थियो।

यारोस्ल्ााभ स्वेडोभाले प|mेन्च ओपन उपविजेता सारा इरानीलाई स्तब्ध पार्ने क्रममा लगातार २४ अङ्क जितेर कीर्तिमान कायम गरिन्। वाइल्डकार्डले मात्र प्रतियोगितामा खेल्नयोग्य भएकी स्वेडोभाले इरानीलाई ६-०, ६-४ ले पाखा लगाइन्।

दोस्रो राफेल नाडाललाई पराजित गरेर सनसनी मच्चाएका चेक गणतन्त्रका लुकास रोसल भने आप\mनो विजय यात्रा अगाडि बढाउन सकेनन्। उनी तेस्रो चरणमा जर्मनीका फिहारेका छन्। जर्मनीका फिलिप कोलस्राइवरसँग रोसल ६-२, ६-३, ७-६ ले हारे।

तीन पटको उपविजेता अमेरिकाका एन्डी रोडिकलाई २-६, ७-६, ६-४, ६-३ ले हराएर स्पेनका सातौँ बरियाताका डेभिड फेररले दोस्रो चरण पार गरे। मार्डी फिस भने बेनोइट पियरलाई ६-४, ४-६, ६-१, ६-३ ले हराएर अन्तिम १६ मा पुगेका छन्।

बेलायतका एन्डी मरेले विम्बल्डनमै सबभन्दा ढिला सकिएको खेलमा साइप्रसका मार्को बाग्डाटिसलाई तेस्रो चरणमा ७-५, ६-७, ७-५, ६-१ ले हराए। विम्बल्डनमा एघार बजे राति खेल सकाउनु पर्ने नियम भए पनि मरेले खेल जित्दा एघार बजेर दुई मिनेट गइसकेको थियो। मले अर्को चरणमा क्रोसियाका मारिन सिलिचविरुद्ध खेल्नेछन्। सिलिचले विम्बल्डनकै सर्वाधिक दोस्रो लामो समयसम्म चलेको खेलमा साम क्वेरीलाई ७-६, ६-४, ६-७, ६-७, १७-१५ ले हराए। यी दुई बीचको खेल पाँच घन्टा ३१ मिनेट चलेको थियो। दुई वर्षअघि जोन इस्नरले विम्बल्डनमा निकोलस माहुतलाई ११ घण्टा पाँच मिनेट लगाएर हराएको थियो। जुन ग्रान्डस्लामकै सबभन्दा लामो समय चलेको खेल हो। रोयटर्स

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home