अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने
एजेन्सी
 

सिङ्गापुर, असार १८ गते। भारतले आˆनो मुलुकको सहरी विकास कार्यक्रमका लागि दोस्रो चरणको योजना सार्वजनिक गर्दै त्यसका लागि थप ४० अर्ब अमेरिकी डलर खर्च गर्ने जनाएको छ।

विश्वको उदीयमान अर्थतन्त्रका रूपमा रहन सफल भएको भारतले आˆनो मुलुकको प्रमुख सहरहरूलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रशस्त मात्रामा भौतिक पूर्वाधारहरू निर्माण गर्नुपर्ने भएकोले दोस्रो चरणको आयोजनामा उक्त रकम खर्च गर्ने योजनालाई पारित गरेको बताइएको छ।

विश्वका सहरहरूको अवस्थाका बारेमा छलफल गर्न सिङ्गापुरमा आयोजित बैठकमा भाग लिन पुग्नु भएका भारतीय सहरी विकास मन्त्री कमल नाथले आˆनो मुलुकका सहरहरूको अवस्थामा सुधार ल्याउने कुरालाई भारतले उच्च प्राथमिकता राखेको बताउनुभएको छ।

जवाहरलाल नेहरू राष्ट्रिय सहरी सुधार अभियानअन्तर्गत दोस्रो चरणको सुधारका लागि आगामी पाँच वर्षमा भारतले ४० अर्ब अमेरिकी डलर खर्चिने भएको छ।

सो बैठकमा भारतीय सहरी विकास मन्त्री कमल नाथले भारतले सहरी विकासलाई छुट्टाएको ठूलो रकमले सहरहरूको समग्र भौतिक पूर्वाधारमा सहयोग पुग्ने र त्यसले सो मुलुकमा रोजगारी सिर्जनामा समेत सघाउ पुग्ने विश्वास गर्नुभएको छ।

भारतीय सरकारले आˆनो मुलुकको प्रमुख सहरहरूको सुधारमा खर्च गर्न लागेको ठूलो रकमले बजेट घाटा केही बढाउने देखिए पनि भविष्यमा त्यसले राम्रो प्रभाव पार्ने बताइएको छ।

भारतीय सहरहरूको सुधारका लागि सन् २००५ मा भारतले पाँच वर्षका लागि १५ अर्ब अमेरिकी डलर खर्चिएर योजनाहरू कार्यान्वयनमा ल्याएको थियो।

भारतीय सहरको सुधारका लागि विशेष गरी बाटो पुल, ˆलाइओभर, आधुनिक यातायातको पहुँचजस्ता भौतिक पूर्वाधारहरूमा आयोजनाले खर्च गर्ने भएको छ।

विगतमा पनि दिल्ली, कोलकाता, बैङ्गलोर, चेन्नई, हैदरावाद, जयपुरजस्ता सहरहरूमा जसमा बीस लाखभन्दा बढी जनता मेट्रो रेलसेवा विस्तारलाई पनि सहरी विकास कार्यक्रमले छोएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home