अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
टोरेजलाई गोल्डेन बुट
 

किभ -युक्रेन), असार १८ गते। युरो २०१२ मा अधिकांश समय बेन्चमा बिताउने स्पेनका स्ट्राइकर फर्नान्डो टोरेजले गोल्डेन बुट जितेका छन्।

तीन गोल गर्नुका साथै एक गोलका लागि मौका सिर्जना गरेको उपलब्धिमा उनले गोल्डेन बुट जितेका हुन्। प्रतियोगितामा टोरेजलगायत छ खेलाडी मारियो बालोटेली -इटाली), आलन जागोएभ -रुस), मारियो गोमेज -जर्मनी), मारियो मान्जुकिच -क्रोसिया) र क्रिस्टियानो रोनाल्डो -पोर्चुगल)ले तीन/तीन गोल गरेका थिए।

गोल्डेन बुटको लडाइँ भने जर्मनीका गोमेज र टोरेजबीच भयो। यी दुवैले तीन गोल गर्नुका सथै एक गोलका लागि मौका मिलाइदिएका थिए। तर टोरेजले कम समय मैदानमा बिताएको आधारमा गोल्डेन बुट जिते। टोरेजले युरो २०१२ मा १८९ मिनेट खेलेर तीन गोल गरेका हुन्। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home