अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
स्पेनमा युरो विजेताको भव्य स्वागत
 

म्याडि्रड, असार १९ गते। युरोपेली च्याम्पियनसिप फूटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल स्पेनले सोमवार घरमा अभूतपूर्व स्वागत पाएको छ।

म्याडि्रड शहरमा रातो र पहेंलो रङको जर्सीमा सजेर स्पेनको झन्डा बोकेका सयौं हजार समर्थकले आप\mनो टिमको भव्य स्वागत गरे। स्पेनी फूटबल टिमको गौरवपूर्ण उपलब्धिले आर्थिक मन्दीले मलिन जनताको अनुहारमा चमक ल्याएको छ।

स्पेनी टिम विना छतको बसमा चढेर कार्यक्रम स्थल पुगेको थियो। सो पाँच किलोमिटरको दुरी पूरा गर्न साढे दुई घन्टा लागेको थियो। सडकमा स्वागतका लागि उपस्थित समर्थकहरूको घुइँचोसँग खुशी साट्दै स्पेनी टिम म्याडि्रड शहरको हलमा अवस्थित रङ्गभूमिमा पुगेको थियो। सो स्थानमा खेलाडीहरूले पप संगीतमा नृत्य गर्नुका साथै एकअर्कालाई 'स्याम्पेन' छ्यापेर रमाइलो गरे। कार्यक्रमस्थल 'च्याम्पियन, च्याम्पियन, ओए, ओए' को आवाजले गुञ्जयमान बनेको थियो।

यसअघि, स्पेनी राजा हुँवा कार्लोस र राज परिवारका अन्य सदस्यले जर्जुएला दरबारमा खेलाडीको स्वागत गरी बधाई दिएका थिए। यस गौरवमा स्पेनी जनतालाई बधाई दिन चाहन्छु, खेलाडीहरूले राष्ट्रलाई ठूलो उपलब्धि दिएका छन्, हामी सबै निकै खुशी छौँ, स्पेनी राजा कार्लोसले भन्नुभयो।

यो विशिष्ट जित हो, हामीले इतिहास बनाएका छौँ, अब खुशी मनाउने समय हो, स्पेनी टिमका मिडफिल्डर जाभीले बताए। उनले अब सन् २०१३ मा हुने कन्फडरेसन्स कप र सन् २०१४ मा ब्राजिलमा हुने विश्वकपलाई लक्ष्य बनाएको जानकारी दिए।

स्पेनले आइतवार राति इटालीलाई ४-० ले हराएर युरोपेली च्याम्पियनसिप फूटबल प्रतियोगिताको उपाधि रक्षा गरेको थियो। स्पेनले लगातार तेस्रो पटक प्रमुख प्रतियोगिता जितेको हो। सन् २००८ मा युरो कप जितेपछि सन् २०१० मा स्पेनले विश्वकप ट्रफीमा पनि कब्जा जमाएको थियो।

यसैगरी, युरो २०१२ को उपविजेता इटालीको टिमले पनि घरमा न्यानो स्वागत प्राप्त गर्‍यो। इटालीयाली टिमको स्वागतका लागि राष्ट्रिय गान गाउँदै हजारौं समर्थक रोममा उपस्थित थिए। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home