काठमाडौँ,असार १९ गते। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित तीन राष्ट्रिय खेलाडी मङ्गलबार पे|mन्ड्स क्लबमा फर्केका छन्। प|mेन्ड्सले मङ्गलवार सागरसँगै मिडफिल्डर निराजन खड्का र डिफेन्डर दीपक भुषालसँग करार गरेको छ।
सागरले २०५८ सालमा प|mेन्ड्स क्लबबाटै फुटबल जीवनको सुरुवात गरेका हुन्। यसैगरी, निराजन २०६१ मा र दीपक २०६३ सालमा पे|mन्ड्स क्लबमा आबद्ध थिए। आप\mनो पहिलो क्लबमा आवद्ध हुँदा घर फर्केको अनुभव भएको छ, प|mेन्ड्समा फर्किने इच्छा आज पुरा भएको छ- सागरले नयाँ करारमा खुशी व्यक्त गरेका छन्।
प|mेन्ड्सको जर्सीमा सागरले त्तिलोतमा गोल्ड कप र शुभजन्मोत्सव कप जितेका छन्। उनलाई टिमको संरचना तयार पार्ने जिम्मा पनि दिइएको छ। क्लबले मलाई गरेको विश्वासलाई सफलतामा परिणत गर्नेछु, अब मेरो लक्ष्य प|mेन्ड्सलाई नेपालको नम्बर एक क्लब बनाउनु हो-सागर भन्छन्। यसका लागि भरत खवास ,विजय गुरुङ र उत्तम गुरुङलाई टिममा भित्राउने कुरा भइरहेको जानकारी पनि सागरले दिएका छ।
राष्ट्रिय टिमका कप्तान सागरले करार रकम भने खुलाउन चाहेनन्। 'पारिश्रमिक भन्दा क्लब र आप\mनो प्रदर्शनलाई महत्व दिएर सम्झौता गरेको छु, त्यसैले क्लबसँग रकमको बारेमा ठोस् रुपमा छलफल भएको छैन्- उलने भने।
प|mेन्ड्स क्लबका अध्यक्ष रत्न शम्सेर राणाले भने यस विषयमा ठोस निर्णय नभएपनि तीनै खेलाडीको पारिश्रमति करार ३५ हजार देखि ४० हजार रुपियाँको बीचमा रहने खुलासा गरेका छन्। राम्रो नतिजा आए खेलाडीहरुलाई थप रकम दिनेछौ -अध्यक्ष राणाले भने।
अध्यक्ष राणाले हाल २० खेलाडी क्लबमा अनुबन्धित रहेको र खेलाडीहरु अझ थप्ने योजना भएको बताएका छन्। बाषिर्क बजेट एक करोड रुपियाँको छ, पचास लाख क्लबको भवनबाट र बाँकी रकम प्रायोजकबाट जुटाउनेछौँ— अध्यक्ष राणाले भने। प|mेन्ड्स अहिले प्रायोजकको खोजीमा पनि रहेको छ।
२०२९ सालमा स्थापित प|mेन्ड्स क्लबको ए डिभिजनमा २०३९ सालदेखि निरन्तर सहभागिता रहेको छ। ४० को दशकमा प|mेन्ड्स क्लब नेपालको सर्वश्रेष्ठ टिममध्ये एक थियो। सो समय गणेश थापा -हाल एन्फा अध्यक्ष)को नेतृत्वमा प|mेन्ड्सले त्रिभुवन च्यालेञ्ज कप लगातार तीन पटक जितेको थियो। यसैगरी, सो समय प|mेन्ड्सले दुई पटक वीरगञ्ज गोल्डकप पनि चुम्यो।
पचासको दशकमा प|mेन्डेस क्लबले इलाम गोल्डकप , दार्जिलिङ गोल्डकप, तिलोत्तमा गोल्डकप जितेको थियो। सहिद स्मारक ए डिभिजन लिगमा पाँच पटक उपविजेता बनेको प|mेन्ड्सको उपलब्धि सूचीमा आहा गोल्डकप र बुढा सुब्बा गोल्डकपमा दुई/दुई पटक उपविजेता ट्रफी पनि रहेका छन्।
क्लबका बरिष्ठ उपाध्यक्ष दीपक थापाले नयाँ अनुबन्धको साथमा सहिद स्मारक ए डिभिजन लिग जितेर एएफसी प्रेसिडेन्टकप खेल्ने लक्ष्इ बनाएको जानकारी दिए ,।