अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
इजरायलमा रोजगारी सम्भावना
 

बढ्दो बेरोजगारीको समस्या झेल्दै आएको नेपालका लागि इजरायल नयाँ रोजगारी गन्तव्य बन्न सक्ने भएको छ। राजधानीमा बुधबार इजरायली राजदूत हनान गोदरले इजरायल सरकारले ८० हजार नेपाली युवालाई घरेलु तथा कृषि कामदारका रूपमा रोजगारी दिने तयारी गरिरहेको बताउनु भएपछि यस्तो सम्भावना बढेको हो। अहिले पनि इजरायलमा झण्डै आठ हजार नेपालीले रोजगारी पाइरहेका र थप यस्तो सङ्ख्याले रोजगारीको सम्भावना बढ्ने देखिएको छ। घरेलु र कृषि कामदारका रूपमा काम पाउन तालिम तथा ज्ञानका लागि खासै धेरै रकम खर्चनु नपरे पनि त्यहाँको रहनसहन, भाषा तथा काममा दक्षताको आवश्यकतामा भने नेपाली कामदारले आफूलाई खरो रूपमा उतार्नु आवश्यक छ। सन् २००९ मा नेपाली कामदार पठाउने क्रममा भएका कमीकमजोरी र अनियमितालाई इजरायलले गम्भीरतापूर्वक हेरेको र त्यसमा सुधार गर्नुपर्ने आवश्यकता राजदूत गोदरले औल्याउनु भएको सन्दर्भमा नेपाल सरकारले स्पष्ट विधि पुर्‍याएर कामदार छान्ने प्रक्रिया र संयन्त्र बनाउनु आवश्यक देखिएको छ। केही विवाद र अनियमितताका चर्चा-परिचर्चा भए पनि कोरियामा कामदार पठाउन अपनाइएको प्रक्रिया निकै सफल र पारदर्शी देखिएको अनुभव इजरायलका सम्बन्धमा पनि अपनाउन सकिन्छ। नेपाल र इजरायले पारदर्शी र नियमसङ्गत आधारमा दक्ष कामदार पठाउने र लिने प्रक्रिया थालेर दौडधुपबाट होइन दक्षताबाट इजरायल जान पाइन्छ भन्ने सन्देश दिन सके भने नेपाली कामदारलाई दक्षतामुखी बनाउन यस्ता प्रक्रियाले विशेष सहयोग गर्नेछन्।

केही साझा राजनीतिक, सँास्कृतिक र भौगोलिक विशेषता मिलेर पनि नेपालीहरू इजरायललाई उच्च महत्व र गरिमामा राख्दछन्। १४ मे १९४८ मा स्थापना भएको इजरायल र वि.सं.२०१५ सालमा संसदीय प्रजातन्त्रमा प्रवेश गरेको नेपालबीच १ जुन १९६० मा पहिलो कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएका प्रथम निर्वाचित तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले त्यही वर्ष इजरायलको भ्रमण गर्नुभएको थियो। इजरायली तत्कालीन राष्ट्रपति जालमान साजरले सन् १९६६ मा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो। लामो समय इजरायल निरन्तर रूपमा राष्ट्रियताका लागि लडिरहृयो नेपाल प्रजातन्त्रका लागि। विगतमा नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र, इजरायल एक मात्र यहुदी मुलुक विश्वको। हाम्रोभन्दा प्रतिकुल मौसम, हावापानी, भौगोलिक परिवेश भएको इजरायलले आज हामीलाई कामदारका रूपमा लैजानु नेपाल र नेपाली कामदारका लागि खुशीको कुरा भए पनि हामी आफैले, सबै पक्ष इजरायलको भन्दा अनुकुल हुँदाहुँदै किन त्यसअनुसारको विकास गर्न सकेनौ ? यो नेपालीले छुट्टै गर्ने समीक्षा गर्ने विषय हो। अर्थशास्त्रका मान्यताअनुसार युवा शक्तिलाई रोजगारीमा पठाएर कमाइने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र मजबुत गर्न सक्दैन। मुलुकको विकास गर्ने हो भने आफ्नै देशमा युवाशक्तिको खपत गर्नुपर्दछ र उत्पादनमुखी अर्थव्यस्थालाई जोड दिनुपर्दछ। यो नै मुलुक विकासको अन्तिम र प्रभावकारी उपाय भए तापनि तत्काललाई, यसो गर्न नसक्दाको अवस्थामा नेपाली कामदारले इजरायलको रोजगारी पाउनेले पनि नेपाली अर्थव्यवस्थामा सकारात्मक परिणाम नै दिनेछ। इजरायलले नेपाल र नेपालीलाई उच्च मह

ìव दिएर यसरी घरेलु र कृषि कामदारको अवसर दिनुलाई नेपालले आभारीपूर्वक लिदै अवसरको पूर्ण सदुपयोग गर्नुपर्दछ। यसका लागि इमान्दारी र दक्षता प्राथमिक सर्त हुनेछन्। नेपालीलाई रोजगारी चाहिएको छ, इजरायललाई कामदार। यो आवश्यकताको सिद्धान्तमा इजरायलले नेपाली कामदारको आयआम्दानी, सामाजिक र भौतिक सुरक्षालाई विशेष ध्यान दिएर आगामी दिनमा घरेलु र कृषिमा मात्र होइन अन्य प्राविधिक र विशेष प्रकारका रोजगारीमा पनि नेपालीलाई अवसर दिने उदारता देखाउने अपेक्षा गर्न सकिन्छ। यस्ता अवसरहरू मायाले भन्दा पनि आवश्यकताले निर्धारण गर्ने भएकाले नेपाली कामदारले इजरायलमा मात्र होइन विश्वका जहाँसुकै पनि दक्षता, इमान्दारी प्रदर्शन गरेर आगामी पुस्ताका लागि थप अवसरका सम्भावना बृद्धि गर्न सक्नेछन्। नेपाल सरकारले इजरायली पक्षबाट उठाइएका केही शङ्का र चिन्तालाई सम्बोधन गर्नेगरी कामदार छनौटलगायतका विषयमा उनीहरूलाई विश्वासमा लिनु जरुरी हुन्छ। यस्ता काम सम्पन्न गर्न आवश्यकताअनुसार नेपाल र इजरायलको साझा स्थायी संयन्त्र बनाउन सकिने सम्भावनामा पनि दुबै देश मिलेर अगाडि बढ्न सक्नेछन्।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home