अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
जंगली च्याउ खानु कि नखानु
गोपीचन्द्र कार्की
 

जंगली च्याउको मौसम सुरु भएको छ। असार साउनमा झरी पर्नासाथ बनपाखामा च्याउ देखिन थाल्छ। सञ्चारमाध्यमा जंगली च्याउ खाएर यति मरे भन्ने दुःखद खबर पनि हामीले पढ्दै र सुन्दै आएका छौं। विषाक्त च्याउ खाँदा धेरै मानिसको ज्यान गएको खबर हरसाल सुनिए पनि यसतर्फ सम्बन्धित निकाय र विज्ञहरूको चासो देखिएको छैन।

गत वर्ष एक जापानी पर्यटक गोसाइकुण्डबाट घुम्न निस्कँदा केही दिन हराएकी माकिको इवाफुचीले भनेकि थिइन् निगालोको टुसा  र पात खाएँ, नपाउँदा हरियाजातका पुतली खाएर बाँचे, खोल्सा र ढुङ्गाबाट तप्किएको पानी खाएर तिर्खा मेटँे, त्यहाँ च्याउ प्रशस्त थिए तर चिन्न गाह्रो हुने र विषालु होलान् भनेर च्याउ भने खाँदै खाइन। नेपालमा भने खास गरी भोक, अज्ञानता र अशिक्षाकै कारण जंगली च्याउ खाने गरिएको छ च्याउ यसरी खाएर मर्नेहरू गरिब परिवारका देखिएका छन्।

घटनापछि मात्र रेडियो पत्रपत्रिकामा समाचार दिएर वा सामान्य अनुगमन गरेर मात्र पुग्दैन। समस्या आउनु अघिबाटै सजग हुन जरुरी छ। सम्बद्ध निकायले समयमै चासो राखी जनचेतना जगाउने गरे यस्ता घटनामा पक्कै कमी आउनेछ। गतवर्ष मकवानपुरको लोथर गाउँको एकै परिवारका आठ जनाले भोक मेटाउने क्रममा विषादी च्याउ खाएर मृत्यु व्यहोर्न परेका घटनाले धेरैको मन दुःखाएको थियो। यस पटक फेरि वषर्ायामको सुरुमै चितवनमा सधँै खाएको फुल च्याउ भनी विषालु च्याउ खाँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ। च्याउ खाएर ठाउँं ठाउँंमा बिरामी परेका समाचार पनि आइरहेका छन्। अर्कोे दुःखद खबर अब सुन्न नपरोस्। यसाट  हामीले शिक्षा लिनैपर्छ। कम्तीमा पनि जिल्ला जनस्वास्थ्य कार्यालय र यस मातहत गाउँंमा रहेका उपस्वास्थ्य चौकी र गाविसलाई परिचालन गरी समयमै घर गाउँमा पुगेर जनचेतना जगाउन सक्ने हो भने च्याउ खाएर अकालमा मर्ने अवस्था आउने थिएन ?

     च्याउमा हुने 'टक्सि'न नामक विषालु पदार्थका कारण मानिसको ज्यान जान्छ। राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कले विगत वर्षमा राजधानी र मकवानपुरका केही भागमा अध्ययन गरी करिब तीन सय प्रजातिका च्याउ पहिचान गरेको थियो। यसमा ३० जातका च्याउ विषालु थिए। त्यसमा केही त कति बढी विषालु थिए भने, छ ग्रामको एउटा च्याउको छाताले नै मानिसको ज्यान लिन सक्छ।

जंगलमा पाइने विषालु च्याउ सामान्य च्याउभन्दा केही फरक रड्गको र छातामा गाढा थोप्ला हुने विशेषज्ञ बताउँछन्। सामान्य च्याउको तुलनामा विषालु च्याउ दाग नलागेको हुन्छ। त्यसमा किटाणु र जनावरले समेत छोएको हुँदैन। अधिकांश विषालु च्याउ एकैखाले देखिन्छन्। विषालु च्याउको पराग -स्पोर) हावाले उडाएर लैजाने हुनाले कुनै पनि ठाउँंमा उम्रन सक्छ। यसले गर्दा एक वर्ष खानयोग्य च्याउ उम्रेको ठाउँमा अर्को वर्ष विषालु च्याउ पनि हुन सक्छ। च्याउको जात नचिन्दा वा गत वर्ष यहाँ उम्रेको च्याउ खाँदा केही नभएको भन्ने बुझाइ वा बालबालिकाले टिपेर ल्याएको च्याउ खाँदा  पनि धेरै दुर्घटना भएका छन्।

नार्कले गरेको अनुसन्धान अनुसार खानयोग्य भेटिएका जंगली च्याउ उत्पादित च्याउभन्दा बढी पौष्टिक हुन्छ। यसबाट केही औषधी बनाउन समेत सकिन्छ तर चिन्न नसक्दा ज्यानै जान्छ। त्यसैले राज्यले बेलैमा विषालु च्याउ खानबाट रोक्नुपर्छ। अथवा सकेसम्म जंगली च्याउ नखानु नै अकाल मृत्युबाट बच्ने राम्रो उपाय हो।

मानिसको जीवन सबैभन्दा ठूलो कुरा हो। खाए, मरे भन्ने अर्थमा लिन हुन्न। गरिबी र चेतनाको अभावमा एकजना नागरिकलाई पनि मर्न दिन हुन्न। तसर्थ राज्यले जंगली च्याउ खान हुन्न्, भन्ने जानकारी अभियानकै रूपमा आधारभूत तहसम्म पुर्‍याउनु पर्छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home