अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
रु. ३० करोडको जडीबुटी थन्कियो
सिराजुद्दिन खान/नेपालगञ्ज
 

नेपालगञ्ज, असार २२ गते। जडीबुटी निकाशी गर्नका लागि भारतले ट्रान्जिट पास अनिवार्य गरेपछि दुई महिनादेखि निकासी रोकिंदा ३० करोड रुपियाँको जडीबुटी नेपालगञ्जमा थन्किएको छ।

भारतको उत्तर प्रदेश सरकारलेे वन विभागबाट अनिवार्य रूपमा ट्रान्जिट पास लिएर मात्र निकासी गर्नुपर्ने व्यवस्था लागू गरेपछि नेपालगञ्ज नाका हुँदै भारततर्फ हुने जडीबुटीको निकासी गत दुई महिनादेखि ठप्प भएको छ।

निकासी रोकिंदा नेपालगञ्जका व्यवसायीका गोदामहरूका करीब रु. ३० करोडको जडीबुटी थन्किएर अलपत्र परेको छ। छिटै निकासी सहज नगरिए करोडांै डुब्ने व्यवसायीहरूले बताएका छन्।

नेपाल र भारत सरकारबीच सन् १९९१ मा भएको वाणिज्य सन्धिमा नेपालबाट भारतमा माल सामान निकासी गर्नका लागि भारत सरकारबाट लाइसेन्स, तथा परमिट लिनु नपर्ने व्यवस्था भए पनि भारतको उत्तर प्रदेश सरकारले जडीबुटीको निकासीका लागि वन विभागबाट ट्रान्जिट पास लिनुपर्ने व्यवस्था लागू गरेपछि दुई महिनादेखि नेपालगञ्ज नाका हँुदै भारततर्फ जडीबुटी निकासी हुन सकेको छैन।

वाणिज्य सन्धिविपरीत भारतले जडीबुटी निकासीमा ट्रान्जिट पास अनिवार्य गरेपछि उत्पन्न भएको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउन नेपाल जडीबुटी व्यवसायी संघको एक टोली राजधानी गएको छ।

टोलीले वाणिज्य सचिव लालमणि जोशीलाई भेटी समस्याका बारेमा अवगत गराएको जडीबुटी व्यवसायी संघका अध्यक्ष मधुकर थापाले बताउनुभयो। सचिव जोशीले समस्या समाधानका लागि भारतसँग छलफल गरिने आश्वासन दिएको बताउनुभयो।

ट्रान्जिट पास बनाउन भारतीय भन्सारबाट अनुमति लिई वन विभागका तीनवटा कार्यालयबाट अनुमति लिनुपर्ने भएकाले निकासी प्रक्रिया पूरा गर्न महिनौं लाग्ने गरेको संघले जनाएको छ।

दुई महिनादेखि जडीबुटी निकासी रोकिएका कारण नेपालगञ्जमा मात्रै करीब दुई हजार पाँच सय मेटि्रक टन जडीबुटी थन्किएको छ। गत वर्ष वैशाख र जेठ महिनामा नेपालगञ्ज नाकाबाट एक हजार २५२ मेटि्रक टन जडीबुटी भारत निकासी भएको जडीबुटी व्यवसायी संघले जनाएको छ।

वाणिन्य सन्धिविपरीत भारतको उत्तर प्रदेश सरकारले लागू गरेको ट्रान्जिट पास लिनुपर्ने व्यवस्थाका कारण दुई महिनादेखि रोकिएको जडीबुटीको निकासीमा देखिएको समस्यालाई समाधान गर्नतर्फ सरकारले ध्यान नदिएको संघका अध्यक्ष थापाले बताउनुभयो।

उहाँले काउलो, बोक्रा, रिठठा, टिमुर, तेजपत्ता, पखानबेदलगायतका जडीबुटी लामो समयदेखि गोदाममा थन्किएकाले व्यवसायी पीडित बनेको बताउनुभयो।

नेपालगञ्जमा जडीबुटी भण्डार गर्नका लागि शित भण्डार नभएका कारण गोदाममा दुई महिनादेखि थन्किएका ती जडीबुटी कुहिन थालेको व्यवसायी सकिल अहमद जरगरले बताउनुभयो। अहिले नेपालगञ्जका गोदामहरूमा करीब ३० करोड मूल्य बराबरको दुई हजार पाँच सय मेटि्रक टन जडीबुटी थन्किएको जडीबुटी व्यवसायी संघ नेपालगन्जका सल्लाहकार रवीन्द्रनाथ शुक्लाले बताउनुभयो।

नेपालगन्ज नाकाबाट गत वर्ष छ हजार सात सय मेटि्रक टन जडीबुटी भारत निकासी भएको थियो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home