अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २२ गते। कुखुरापालक व्यवसायी संघ र पशु सेवा विभागअन्तर्गत पशुपक्षी बजार प्रवर्द्धन निर्देशनालयको संयुक्त आयोजनामा भक्तपुरमा शुक्रवार चिकेन एण्ड एग फेस्टिबल-२०६९ सम्पन्न भएको छ।

कुखुराका विभिन्न परिकार उपलब्ध सो फेस्टिबलमा कुखुराको मासु र अण्डाका विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएका थिए।

नेपालमा उपभोग हुने मासुमा ३६ प्रतिशत कुखुराको मासु उपभोग हुँदै आएको र कृषिको कुल गार्हस्थ उत्पादनमा ३५ प्रतिशत योगदान कुखुरापालक व्यवसायीहरूले दिंदै आएको भक्तपुर कुखुरापालक व्यवसायी संघका सचिव सुमन सुवालले बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यक्तिले एक वर्षमा १४ किलो मासु खानुपर्ने भए पनि अहिलेको सन्दर्भमा भने एक व्यक्ति बराबर नौ किलो मासु मात्र उपलब्ध भएको जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

कुखुराको मासु तथा अण्डामा मानव शरीरलाई अत्यावश्यक प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फरसलगाययका तìव पाउने भए पनि त्यसको बारेमा आम उपभोक्तालाई जानकारी गराउन सो फेस्टिबल आयोजना गरिएको जनाइएको छ।

फेस्टिबलमा देशभरबाट गरी करीब ४०० कुखुरा तथा अण्डा व्यवसायीहरूको प्रतिनिधित्व रहेको थियो।

नेपालमा ६५ हजार घरपरिवारले कुखुरापालन गर्दै आएका छन् भने ३२ अर्ब रुपियाँ सो क्षेत्रमा लगानी गरिएको सचिव सुवालले बताउनुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home