अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी
हेटौंडा समाचारदाता
 

हेटौंडा, असार २२ गते। हेटौंडा-काठमाडौं सुरुङ मार्गको निर्माण कार्य आगामी ६ महिनाभित्र शुरू हुने भएको छ।

हेटौंडामा बिहीवार आयोजित अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले यस्तो जानकारी दिनुभएको हो। उहाँले सुरुङ निर्माणका लागि सहयोगको वाचाभन्दा पनि सहभागिता र स्वामित्व हुने गरी सबैले भूमिका खेल्नुपर्नेे बताउनुभयो।

उहाँले यसअघि राजनीतिक दल, नागरिक समाज, व्यापारी, उद्योगी तथा सम्बद्ध सबैले सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्ने बताउँँदै आए पनि अब स्वामित्वसहितको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो औंल्याए।

सुरुङ मार्ग निर्माणमा अब कसैले अवरोध गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो, नेपालको राजनीति र जस्तोसुकै अवस्थाले केही फरक पर्नेवला छैन, अब जसरी पनि हामीले यो काम पूरा गर्छांै। निर्माणको जिम्मेवारी सरकारले निजी क्षेत्रलाई दिइसकेकाले निर्माणमा शंका गर्नुपर्ने आवश्यकता नरहेको उहाँले स्पष्ट पार्नुभयो। २० अर्ब लगानी हुने पूर्वाधार विकास कम्पनी नेपालको सबैभन्दा ठूलो र विश्वकै ठूला कम्पनीसरह हुने उहाँले दावी गर्नुभयो तर यो कम्पनीमा मकवानपुरेहरूकै शेयर बढी रहोस् भन्ने आफ्नो धारणा रहेको जोशीले बताउनुभयो।

कम्पनीमा दुई लाखभन्दा बढी जनताले शेयर किन्ने र सहभागिता जनाउने भएकाले यो योजना असफल कसैले पनि पार्न नसक्ने जोशीको भनाइ थियो। २०१३ सालदेखि नै सुरुङ मार्ग निर्माणको कुरा उठे पनि नियतवश त्रिभुवन राजपथजस्तो घुमाउरोे र लामो बाटो निर्माण गरिएकाले यात्रुहरूले सास्ती खेप्नुपरेको उहाँको टिप्पणी थियो।

सुरुङमार्ग निर्माणका लागि गठित कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्। कम्पनीको सदस्य सचिव सुबासचन्द्र ठकुरीले विदेशी विशेषज्ञ झिकाएर सुरुङ मार्गको डीपीआर अध्ययन गरिने जानकारी दिनुभयो। जेठ १ गते सरकारसँग डीपीआर सम्झौता भएपछि कम्पनीले द्रूतगतिमा काम भइरहेको छ।

उद्योग संघ हेटौंडाका उपाध्यक्ष अशोक श्रेष्ठले छोटा सुरुङ मार्ग बनेपछि हेटौंडामा औद्योगिक क्रान्ति ल्याउने दावी गर्नुभयो। काठमाडौंबाट छोटो दूरी हुने भएपछि लगानीकर्ताहरू आकषिर्क हुने उहाँको दाबी थियो। सुरुङ मार्ग बनेपछि हेटौंडा शैक्षिक हब बन्ने उनको विश्वास छ।

स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले मकवानपुरका ४१ गाविस बाटो सञ्जालले जोडिइसकेको अवस्थामा सुरुङ मार्गले विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले सुरुङ मार्ग निर्माणपछि हेटौंडा र समग्र मकवानपुरको आर्थिक परिचालन वृद्धि हुने भन्दै यसले जिल्लाको समग्र पक्षलाई सकारात्मक असर पार्ने विचार राखे।

सुरुङ मार्ग निर्माणपछि हाल भइरहेको इन्धन र सवारी मर्मत खर्चमा भारी कटौती हुने, सवारीसँग उठाएको सीमित कर रकमले पनि आठ वर्षभित्र लगानी उठाउन सकिने कम्पनी संचालक सिद्धिलाल श्रेष्ठले बताउनुभयो। सुरुङ निर्माणपछि हाल ८० किमी लामो यो सडक ३० किमीमा छोटिने छ भने निर्माण सम्पन्न भएपछि करिब ६० देखि ९० मिनेटमा हेटौंडा-काठमाडौं ओहोरदोहोर गर्न सकिने विश्वास लिइएको छ।

करीब एक करोड जनसंख्या प्रत्यक्ष लाभान्वित हुने मार्ग निर्माणपछि काठमाडौं उपत्यकामा बसोबास गर्ने र चलायमान करीब पचास लाख जनसंख्या आसपासका जिल्लामा स्थानान्तरण हुन सक्नेछन्। मकवानपुर, सर्लाही, पर्सा, बारा, रौतहट, चितवन जिल्ला यो मार्गबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home