अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २२ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विपक्षी दलहरूसँगको सहमतिमा सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको भन्दै पूर्ण बजेट ल्याउन निजी क्षेत्रको पनि सहयोग जरुरी रहेको बताउनुभएको छ।

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रवार प्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई सही दिशामा लैजान र आमजनतालाई राहत प्रदान गर्न पूर्ण बजेट नै ल्याउनु जरुरी बताउँदै बजेटमार्फत आन्तरिक तथा बाहृय लगानी आकषिर्त गर्न विशेष प्रयास गरिने बताउनुभएको हो।

चेम्बर अध्यक्ष सुरेशकुमार बस्नेतको नेतृत्वमा प्रधानमन्त्री कार्यालय पुगेको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उहाँले पूर्ण बजेट ल्याउन नसके अर्थतन्त्र अगाडि बढ्न नसक्ने, लगानी वृद्धि, रोजगारी सिर्जना, गरीबी न्यूनीकरण र पूर्वाधार विकासका कुराहरू प्रभावित हुने भन्दै बजेट ल्याउन चेम्बरसहित सबै निजी क्षेत्रको भूमिका महìवपूर्ण हुने जनाइएको छ।

प्रधानमन्त्री भट्टराईले जलस्रोत, पूर्वाधार एवं पर्यटन क्षेत्रमा ठूलो लगानीको आवश्यकता रहेकोले र आन्तरिक तथा बाहृय लगानी भिर्‍याउन सरकारले विशेष सेवा सुविधा उपलब्ध गराएर प्याकेजमै कार्यक्रम ल्याउन लागेको बताउनुभएको थियो।।

समयमै पूर्ण बजेट आउन नसके यसले आर्थिक विकासमा नकारात्मक असर पार्ने भएकोले आफू स्वयं र सरकार राजनीतिक सहमतिका लागि अधिकतम प्रयासरत रहेको भट्टराईको स्पष्टोक्ति थियो।

आंशिक बजेटले आर्थिक सुधार गर्न नसक्ने, त्यसले थप समस्या थप्ने भएकोले पूर्ण बजेट नै ल्याउनुपर्ने भन्दै उहाँले राजनीतिक शक्तिहरूबीच आर्थिक विषयमा सहमति नभएकोमा दुःख व्यक्त गर्नुभएको चेम्बरले जनाएको छ।

भेटमा चेम्बरले राजनीतिक अन्योलताले आर्थिक विषय ओझेलमा परेकोप्रति चिन्ता र चासो व्यक्त गर्दै समयमा पूर्ण बजेट ल्याउन दलहरूसँग सहमतिको अविलम्ब पहल थाल्न आग्रह गरेको थियो।

बजेट आर्थिक समृद्धि गरी ल्याउन, विशेष आर्थिक क्षेत्रको काम अगाडि बढाउन, निजी क्षेत्रको भावना अनुसार गरीबी न्यूनीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि, लगानीमैत्री वातावरणको निर्माण, शान्तिसुरक्षाको सुनिश्चितता गर्न पनि चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

हालै केही उद्योगहरू पलायन भएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष बस्नेतलेे बजेट औद्योगिक क्षेत्रमा शान्ति घोषणा गरिनु पर्ने, देशको असहज परिस्थितिबाट हुने औद्योगिक तथा व्यावसायिक लगानीको क्षतिमा राज्यले क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्ने, लगानीको सुरक्षा, लगानीको उचित मुनाफाको ग्यारेन्टी र सम्पत्ति आर्जन तथा वृद्धिको अधिकार बजेटमा सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनु भएको थियो।

चेम्बरका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, महासचिव कमलेशकुमार अग्रवाललगायत सहभागी थिए।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home