काठमाडौं, असार २२ गते। एसियाली एमेच्योर मुवाँ च्याम्पियनसिपमा सहभागी हुन ३ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार भियातनामको होचिमिन्ह प्रस्थान गरेको छ ।
जुलाई ७ देखि एक सातासम्म चल्ने प्रतियोगिताको ५४ केजीमा पुरुषोत्तम बुढाथोकी, ५७ केजीमा भुपेन्द्र पुन मगर तथा ६५ केजीमा नारायण आचार्यले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
अफिसियलमा सुदीप पण्डित क्षत्री तथा प्रशिक्षक मिलन गुरुङ छन्।