अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
प्राइमद्वारा पि्रमियर पराजित
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २२ गते। मोर्गन कप बाह्रौं राष्ट्रिय पुरुष एवं एघारौं महिला बास्केटबल प्रतियोगितामा महिला स्पर्धामा शुक्रवार प्राइम क्लब विजयी भयो। राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा प्राइमले पि्रमियरलाई ३५-२७ अंकले पराजित गरेको थियो।

प्राइमले पहिलो र तेस्रो क्वाटर आफ्नो पक्षमा पारेको थियो। पहिलो क्वाटरमा १२- ५, तेस्रो क्वाटरमा १३-५ स्कोरले अग्रता लिंदै प्राइमले जित सुनिश्चित गर्यो। पि्रमियरले भने दोसो क्वाटरमा १४-५ स्कोरले जित हासिल गरेको थियो भने अन्तिम क्वाटर ५-५ स्कोरको बराबरीमा खेल्यो।

वेस्टइन्डिज पहिलो एकदिवसीयमा विजयी

किंस्टन -जमैका), असार २२ गते। क्रिस गेल र ड्वायन स्मिथले विस्फोटक अर्धशतकीय पालि खेलेपछि पहिलो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजले बिहीवार राति न्युजिल्यान्डलाई नौ विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा १९० रनको योगफल तयार पारेको थियो। वेस्ट इन्डिजले जवाफ दिने क्रममा १८ ओभरमा एक विकेटको क्षतिमा ९३ रन बनाउँदा पानी परेपछि खेल रोकियो। त्यसपछि वेस्टइन्डिजले ३३ ओभरमा १३६ रन बनाउनुपर्ने संशोधित लक्ष्य ८.४ ओभर बाँकी छँदै हासिल गरेको थियो।

प्रारम्भिक ब्याट्सम्यान गेलले तीन चौका र पाँच छक्कासहित ५७ बलमा अविजित ६३ रन बनाए । यस शृङ्खलामा उनकेा यो लगातार तेस्रो अर्धशतकीय पालि हो। यसअघिका, दुई टि/ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि गेलले अर्धशतक छोएका थिए ।

स्मिथ पनि सर्वाधिक ६५ रन बनाएर अन्तसम्म आउट भएनन्। उनले ७७ बलको सामना गर्दै छ चौका र तीन छक्का प्रहार गरे। गेल र स्मिथले दोस्रो विकेटका लागि १२८ बलमा अवजित १३० रनको साझेदारी निर्वाह गरेका थिए ।

यसअघि, तेज बलर एन्दि्र रसेलले ४५ रनमा चार विकेट लिएपछि न्युजिल्यान्डको पालि ध्वस्त भएको थियो। स्पीनर सुनील नारान र तेज बलर रवि रामपलले पनि दुई/दुई विकेट लिए । न्युजिल्यान्डका लागि विकेटकिपर बिजे वाट्लिङले ९८ बलमा सर्वाधिक ६० रन बनाए । त्यसपछि सर्वाधिक व्यक्तिगत स्कोर जेकब ओराम -३२ रन) को रहृयो।

पाँच खेलको शृंखला अन्तर्गत दोस्रो खेल शनिवार हुनेछ । एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home