अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २२ गते। मंगलप्रसाद उमाविका राधेश्याम चौधरी र केन्द्रीय बहिरा उमाविकी लक्ष्मी महर्जनले १७औं विद्यालय स्तरीय राष्ट्रिय विशेष खेलकूद प्रतियोगितामा शुक्रवार दोहोरो स्वर्ण जितेका छन्।

पूर्ण दृष्टिविहीनतर्फ राधेश्यामले छात्र सटपुट र सˆटबल थ्रोमा स्वर्ण हात पारे। सटपुटमा नमुना मच्छिन्द्र उमाविका सुमन देवकोटा दोस्रो तथा ल्याबोरेटरी मावि, कीर्तिपुरका युवराज लामा तेस्रो भए । सफ्टबलमा ज्ञानचक्षु मावि, धरानका दीपक राई दोस्रो तथा दमकडा उमावि, पाल्पाका कोषबहादुर दर्लामी तेस्रो भए ।

बहिरातर्फ छात्रा दुई सय मिटर दौड र लङजम्पमा लक्ष्मीले स्वर्ण चुमिन्। धौलागिरी बहिरा विद्यालयकी तीलदेवी गर्बुजा दोस्रो तथा काभ्रे बहिरा विद्यालयकी सुष्मा श्रेष्ठ तेस्रो भए । लङजम्पमा शृजना बहिरा उमाविकी डासीमाया खनाल दोस्रो तथा विराट बहिरा माविकी अनुराधा पौडेल तेस्रो भए ।

राष्ट्रिय खेलकूद परिषद् -राखेप) द्वारा आयोजित प्रतियोगिता अन्तर्गत बहिरातर्फ छात्र लङजम्पमा विराटका राजुकुमार चौधरी पहिलो, केन्द्रीय बहिराका दीपक कटवाल दोस्रो तथा बहिरा बाल उमाविका चित्रण गुरुङ तेस्रो भए ।

आंशिक दृष्टिविहीनको छात्र सˆटबल थ्रोमा अमरसिंह उमावि, पोखराका जीवन तामाङ पहिलो, ल्याबोरेटरीका श्यामलाल ढुंगाना दोस्रो तथा मंगलका नरेश चौधरी तेस्रो भए । छात्रामा मंगलकी सपना चौधरी पहिलो, अमरकी ओम पुन दोस्रो तथा नारायणी उमावि, चितवनकी हरिकला रोका तेस्रो भए ।

पूर्ण दृष्टिविहीनको छात्रा सˆटबलमा कणर्ाली उमाविकी सरस्वती पनेरु पहिलो, नारायणीकी हरिमाया सारु दोस्रो तथा अमरकी रीता थापा तेस्रो भए ।

शारीरिक अपांगको छात्रा सय मिटर दौड -वैशाखी नलिएर) मा खगेन्द्र नवजीवन मावि, जोरपाटीकी कविता लामा पहिलो, नेपाल अपांग संघ, दाङकी रीता सिलवाल दोस्रो तथा लम्जुङ सीबीआरकी अप्सरा पाण्डे तेस्रो भए । छात्राको सय मिटर दौड -२ वैशाखी लिएर) मा अपांग संघ, बाँकेकी ललिता थारू पहिलो र हीरा थापा दोस्रो तथा अपांग संघ, झापाकी आशामाया लिम्बु तेस्रो भए ।

बिहीवारदेखि सुरु प्रतियोगितामा ३६ विद्यालयका ३०२ प्रतिस्पर्धीले ४२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home