अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
सशक्त कविको अवशान
जयदेव भट्टराई
 

जसले जीवनको ४८ वर्ष लेखनमै बितायो, आज तिनै मान्छेका बारेमा लेख्न गाह्रो भइरहेको छ। ४८ वर्षसम्म नलेखिदिएको भए, मन छुने सशक्त र कोमल कविता नलेखिदिएको भए यतिखेर कलम लिएर घोत्लिनैपर्ने थिएन। कलमको साइनोले नै मनको साइनो कसिलो हुँदोरहेछ, कलमको नाताले नै मृत्युले मन रुँदोरहेछ, कलमको सम्बन्धले नै मन छुँदोरहेछ। यस्तै अनुभूति भइरहेको छ अहिले।

प्रायः रमाइलो गफ गर्ने विष्णु दाइ -डा. विष्णुविभू घिमिरे)ले फोनमा 'भाइ एउटा नराम्रो खबर छ' भन्नासाथ मैले प्याच्च भनिदिएँ कृष्णभूषण दाइका बारेमा हो ? सधैँ रमाइलो गफ गर्ने विष्णु दाइको मुखबाट किन यस्तो नराम्रो अपि्रय, दुःखद समाचार सुन्नु भनेर मैले नै भनिदिएँ। २०६९ असार ११ गते साँझको कुरो हो, त्यतिखेरसम्म नेपाली साहित्यमा खासगरी कविता र पत्रकारितामा योगदान दिने कवि कृष्णभूषण बल, सुनाखरी लामाको निधनको समाचार फैलिइसकेको थियो। त्यसो त 'बे्रन ह्यामरेज' भएर अचेत अवस्थामा पुग्नुभएका कृष्ण दाइ उपचारार्थ अस्पताल भर्ना भएको समाचार प्रवाहसँगै कैयौँ साहित्यपे्रमीको मन दुःखी भइसकेको थियो नै। रोगले एकैपटक गाँजेर ६५ वर्षको उमेर पनि पूरा गर्न नपाउँदै कृष्णभूषण बल जानुभयो, सबैलाई छाडेर।

'भोलि बास्ने बिहान' कवितासंग्रहबाट प्रसिद्ध बन्नुभएका कवि बललाई पहिलोपटक २०४५ सालमा महानन्द पुरस्कार समारोहमा इलाममा भेट्न पाइयो। २००४ चैत १ गते इलामको माल्टेनी रविमा जन्मिनुभएका ४१ वषर्ीय सशक्त कविलाई भेट्न पाउँदाको खुसी बेग्लै थियो। २०६८ फागुनमा इलाममा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको 'अन्तर्राष्ट्रिय साहित्य सम्मेलन' मा इलाममै भेट भएको थियो उहाँसँग। २४ वर्षपछिका कृष्ण दाइमा कति पनि परिवर्तन थिएन, उही सहजता, सरलता, आकर्षक व्यक्तित्व, कवित्वले उज्यालिएको छवि। साथै अर्को एउटा भिन्नता पनि थिएन, त्यो के भने २०४५ मा पहिलोपटक भेट्दा पनि उहाँ रक्सी खाएको अवस्थामा हुनुहुन्थ्यो, अन्तिमपटकको भेटमा पनि त्यही अवस्थामा। विराटनगर र काठमाडौँमा उहाँसँग धेरैपटक भेट भए, कैयौँ साहित्यिक कार्यक्रममा भेट भए। जतिपटक भेटे पनि, जहाँ भेटे पनि एउटा श्रद्धेय, आत्मीय र सरल मान्छेलाई भेटेको अनुभूति भइरह्यो। उहाँको पछिल्लो कृति 'द फुल मुन एट द रिभर ब्यांक' प्रकाशनको सन्दर्भमा काठमाडौँको यात्री गेस्टहाउसमा उहाँसँग धेरैपटक भेट भयो।

लेखनको जादु, भेटघाटको सिलसिला अनि उहाँको स्वभाव यी सबैले गर्दा यतिखेर कृष्णभूषण बलका बारेमा लेख्न बस्नु नै पीडाको क्षण बनेको छ। लेखेपछि अरूभन्दा पृथक, सशक्त र मन छुने लेख्नुपर्छ भन्नेका लागि उहाँ अब्बल उदाहरण बन्नुभयो। मान्छे स्वभावले पनि सरल हुनुपर्छ भन्नेका लागि उहाँ उत्तम उदाहरण बन्नुभयो। मान्छे भएर जन्मिएपछि केही न केही गर्नुपर्छ भन्नेका लागि उहाँ भाषा साहित्यका साधक बनेर उपयुक्त उदाहरण बन्नुभयो। कविता काव्य लेखन, देशान्तर साप्ताहिकका चर्चित स्तम्भकार, वाणी प्रकाशन अध्यक्ष बनेर कृष्णभूषण बलले नेपाली भाषा साहित्यको साधना गर्नुभयो, आफूलाई चिनाउने र प्रसिद्ध बनाउने कैयौँ कविता लेख्नुभयो।

"कवितामा कस्ता-कस्ता, के-के कुरा चाहिन्छन् थाहा नपाउँदा नपाउँदै नजान्दा नजान्दै पनि कतै-कतै झस्को भने अवश्य लाग्दोरहेछ, अहो Û म यहाँ खुस्किएछु, म यहाँ भाँचिएछु, म यहाँ उपि|mएछु आदि-आदिको, तैपनि तिनै कविताहरू विज्ञ पाठकसमक्ष राख्नुपर्दा हुनसम्मको लाज लाग्छ तर के गर्ने माया भने प्रगाढ हुँदोरहेछ फाल्नै नसकिने। हुन पनि कविता लेखिएको समय, क्षण आदि विचार गरियो भने तिनका महत्त्व ती-ती ठाउँमा छन् भन्ने अहम् पनि स्वयम् लेखकको हुँदोरहेछ।"

-साहित्यकार परिचय र अभिव्यक्ति, २०५४, नेराप्रप्र)

दाज्यू तिम्रो हात चाहिन्छ -खण्डकाव्य, २०३३), भोलि बास्ने बिहान -कवितासंग्रह, २०४१) र अंगे्रजीमा अनूदित कविताहरूको संग्रह 'द फुल मुन एट द रिभर ब्यांक'का स्रष्टा कवि कृष्णभूषण बलका अभिव्यक्ति हुन् यी।

आरम्भिक लेखनबाट प्रकाशमा आएको 'दाज्यू तिम्रो हात चाहिन्छ' खण्डकाव्यले कविता यात्राको गोरेटो खनेको यथार्थ हो र यही गोरेटो हुँदै' भोलि बास्ने -२०४१) सम्म आइपुग्दा कवि बलको कविता यात्राले राजमार्गको रूप लिन पुग्यो। साँच्चै भनौँ यही एउटा कृतिले उहाँलाई कृष्णभूषण बनायो। सशक्त लेख्नेका लागि कृतिको थाक लगाइरहन पर्दैन, एउटै कृति पर्याप्त छ।

साहित्यकार माधव भँडारीको सम्पादनमा इलामबाट निस्कने 'सौगात' पत्रिकामा पहिलो कविता छपाएर अघि बढ्नुभएका बलले जीवनको अन्तिम समयसम्म लेखिरहनुभयो। लेखनबाट चिनिनुभएका, धेरैका पि्रय हुनुभएका, चर्चित बन्नुभएका उहाँले कविता लेखेरै धेरै पुरस्कार पाउनुभयो। नेराप्रप्रद्वारा आयोजित कविता महोत्सव २०३९ तेस्रो, २०४० मा दोस्रो, 'भोलि बास्ने बिहान' का लागि २०४१ को प्रतिभा पुरस्कार, २०४८ को गणेश स्मृति पुरस्कार, २०६६ को सरस्वती सम्मान, योगेश्वर कला साहित्य पुरस्कार २०५७ को राष्ट्रिय प्रतिभा पुरस्कार, २०५७ को डा. स्वामी प्रपन्नाचार्य चतुर्भुज पुरस्कार, २०६३ को बसुन्धरा मानश्री पुरस्कार, २०६५ को वासुशशी पुरस्कार।

यी यस्ता सम्मानसँगै धेरैको मन जितेर सम्मानित बन्नुभएका कवि कृष्णभूषण बल कविताबाटै सम्मानित हुनुभयो। वाणी प्रकाशन अध्यक्ष, नेपाली लेखक संघ उपाध्यक्ष, लोकतान्त्रिक स्रष्टा मञ्च अध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञ सदस्यसमेत रहनुभएका कृष्णभूषण बलका विविध परिचय छन्। उहाँलाई बढी चिनाउने, बढी सम्भिmइने विधा भनेको कविता नै हो। "कवि बल कविता सिर्जनामा अब्बल हुनुहुन्छ नै, कविता वाचनमा पनि त्यत्तिकै लोकपि्रय हुनुहुन्छ। बल नेपाली काव्य फाँटमा आˆनो अविच्छिन्न उपस्थिति जनाउँदै आउनुभएको छ। कवि बल काव्य सिर्जनासँगै साहित्यिक समृद्धिका लागि संस्थागत रूपमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ। उहाँका कविता मानवीय स्वतन्त्रताका साह्रै ठूला पक्षपाती हुन्। उहाँका कवितामा स्वतन्त्रताका सशक्त आग्रहका साथसाथै क्रान्ति र विद्रोहको चेतना पनि त्यति नै उच्च आवाजमा धन्केको पाइन्छ। हरेक कवितामा मौलिक विम्ब र प्रतीक गर्ने विषयवस्तुका दृष्टिले सर्वथा पृथक भावभूमिमा सिर्जना गर्ने उहाँका कविताका सार, शैली र सोच सबै पुस्ताका लागि स्वीकार्य र अनुकरणीय छन्।" -स्मारिका, २०६७, श्री लूनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर)

कविका रूपमा बढी चिनिनुभएका बललाई माथिका भनाइले राम्ररी नै चिनाएको छ। यस्ता चिनिएका, धेरैका पि्रय कवि कृष्णभूषण बलका बारेमा यतिखेर गह्रौँ मन लिएर भन्नैपर्छ कृष्णभूषण बल रहनु भएन। á

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home