अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २५ गते। अग्रगामी विचार समूह बनाएर पार्टी अन्तरसङ्घर्ष सञ्चालन गरिरहेका नेकपा -एमाले) का आदिवासी जनजाति एवं मधेशी नेताहरूले पाटीको स्पष्टीकरणलाई 'पर्ख र हेर' को रूपमा लिनुभएको छ।

केन्द्रीय अनुशासन आयोगको बिहीवार बसेको बैठकले विचार समूह बनाएर पार्टी पद्धतिविरुद्ध बोल्दै हिँड्नेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, शनिबारसम्म स्पष्टीकरणको कुनै पत्र आफूहरूले नपाएको आदिवासी जनजाति नेताहरूले बताउनुभएको छ।

अनुशासन आयोगको बैठकपछि अञ्चलस्तरीय कार्यकर्ता भेलाका लागि आयोगका अध्यक्ष अमृत बोहरा पश्चिमतिर लाग्नुभएको छ। सचिव हरि सापकोटा चितवनतिरै स्वास्थ्य उपचार गराइरहनुभएको छ। स्पष्टीकरणको पत्र पठाइएको वा नपठाइएको बारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो। स्पष्टीकरण पत्र पठाइएको वा नपठाइएको बारे जानकारी लिन अध्यक्ष बोहरासँग सम्पर्क गर्दा उहाँले सोबारे कार्यालयमा सोध्न आग्रह गर्नुभयो। तर, कार्यालयमा सम्पर्क गर्दा 'स्पष्टीकरणको पत्र पार्टीले काट्ने हो कि आयोगले ? अध्यक्षलाई नै सोध्नुस् न ' भन्ने जवाफ प्राप्त भयो।

त्यस्तै, अयाोगका सदस्य अमर गिरीले पार्टी अनुशासन, पद्धतिविरुद्ध गतिविधि गर्ने केन्द्रीय तहसम्मका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी गराउनुभयो। उहाँले व्यक्तिगत रूपमा नै स्पष्टीकरण सोधिने भन्दै पार्टी पद्धतिसङ्गत ढङ्गले अन्तरसङ्घर्षलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको जानकारी गराउनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home