अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
 

भक्तपुर, असार २५ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्ने जिम्मा कुनै पनि विदेशी कम्पनीलाई दिन नलागेको स्पष्ट गर्नुभएको छ।

हरेक महिना 'जनतासँग एक रात' कार्यक्रमअन्तर्गत शनिवार भक्तपुरको ताथली आइपुग्नुभएका प्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गौरव भएकाले कुनै पनि विदेशी कम्पनीलाई त्यसको व्यवस्थापन हेर्ने जिम्मा दिने आˆनो नीति नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, "कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि दौडिएजस्तै प्रधानमन्त्रीले विमानस्थल भारतीय कम्पनीलाई दियो भनेर जसरी प्रचार गरिएको छ, त्यो विल्कुल सत्य होइन।" नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा कुनै पनि सम्झौता नगरिने बताउँदै प्रधानमन्त्रीले विमानस्थललगायत सामरिक महìवका क्षेत्रहरूमा कुनै पनि नाजायज काम नगरिने स्पष्ट गर्नुभयो।

"सार्वभौमसत्ता र अखण्डतामा खलल हुने काम विल्कुल हुँदैन। कुनै एउटा सञ्चार माध्यमले वास्तविकता नबुझी आरोपित गर्ने ढङ्गले गरेको प्रचारमा कुनै तुक छैन," उहाँले भन्नुभयो, "मलाई जन्म दिने आमा जति पि्रय हुनुुहुन्छ, त्यति नै पि्रय मलाई मेरो देश छ।" उहाँले यथार्थ नबुझी गलत प्रचार नगर्न सञ्चार माध्यमलाई समेत आग्रह गर्नुभयो। संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले अरु कुनै विकल्पबाट संविधान बन्न नसक्नेसमेत स्पष्ट गर्नुभयो।

सरकारले आगामी मङ्सिर ७ गतेका लागि घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनबाटै वर्तमान राजनीतिक सङ्कटको निकास निस्कन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दलहरूलाई सहमतिमा आएर निर्वाचन सफल पार्नसमेत आहृवान गर्नुभयो। वर्तमान सरकारले पूर्ण बजेट ल्याउने स्पष्ट पार्दै उहाँले आंशिक बजेटले राष्ट्रको समस्या हल नगर्नेसमेत बताउनुभयो।

देशको आर्थिक समृद्धि र प्रगतिका लागि विदेशी लगानी भित्र्याउन आवश्यक छ भन्दै प्रधानमन्त्री डा. भट्टराईले हल्लाको भरमा पछि लाग्दा विदेशी लगानी नभित्रिनेसमेत स्पष्ट पार्नुभयो। जनतासँग एक रात कार्यक्रमका लागि प्रधानमन्त्री यहाँ आइपुग्नुभएको हो । रासस

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home