अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
सुन साताभर तलमाथि
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार २३ गते। यो साता डलरको तुलनामा भारतीय मुद्रा -भारु)मा आएको उतारचढावको प्रभाव नेपालको सुन बजारमा पनि पर्‍यो । आइतवारदेखि शुक्रवारसम्ममा नेपाली बजारमा चारपटक सुनको मूल्यमा उतारचढाव आयो।

आइतवार बजार खुल्दा प्रतितोला ५६ हजार सात सय रुपियाँ रहको छापावाल सुनको मूल्य सोमवार रु. प्रतितोला रु. एक सयले घटेर ५६ हजार छ सय रहन पुग्यो।

मंगलवार सुनको मूल्यमा कुनै परिवर्तन भएन तर बुधवार पुनः तोलामा तीन सयले घटेर रु. ५६ हजार तीन सय कायम रहन पुग्यो। आइतवार लगातार रूपमा ओरालो लगेको सुनको मूल्यमा बिहीवार एकाएक उकालो लागि छापावालको सुनको मूल्य प्रतितोला रु. ५६ हजार ४५० रहन गयो। बिहीवारको तुलनामा शुक्रवार पुनः प्रतितोला दुई सयले उकालो लागि रु. ५६ हजार ६५० रहन गयो।

त्यस्तै, सुनको जस्तै चाँदीको मूल्य पनि साताभरि नै अस्थिर रहन गयो। आइतवार प्रतितोला रु. एक हजार २० रहेको चाँदीको मूल्य उतारचढाव हुँदै शुक्रवारसम्ममा आई पुग्दा रु. एक हजार ३० कायम रहन पुग्यो। साताभरि चाँदीको मूल्यमा भने तोलामा रु. पाँचको वरिपरि रहेर उचारचढाव आएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home