अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
नेप्सेमा सामान्य सुधार
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २३ गते। पूँजी बजारमा सामान्य सुधार आएको छ। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.८७ अंकले वृद्धि भई अन्तिम दिन ३७७.३९ अंकमा पुगेपछि यस्तो सुधार देखिएको हो।

यस साता नेपाल स्टक एक्सचेञ्जमा ११४ कम्पनीहरूको कारोबार भएको छ। कारोबार अनुसार पाँच हजार १७६ कारोबारबाट ३० करोड ५१ लाख ३० हजार रुपियाँ बराबरका पाँच लाख ७८ हजार ८६४ कित्ता शेयरहरू खरीद बिक्री भएका छन्।

गत साता १०३ कम्पनीहरूको कारोबार भएका थिए। कारोबार अनुसार चार हजार ३९५ कारोबारबाट १७ करोड ३१ लाख ३० हजार रुपियाँ बराबरका पाँच लाख ७८ हजार ८६४ कित्ता शेयरहरू खरीद बिक्री भएका थिए। कारोबार रकममा गत साताको तुलनामा ७६.२४ प्रतिशतले वृद्धि भएको हो। नेप्सेमा कारोबार उच्च हुनुले आगामी दिनमा नेप्सेमा सुधार आउन सक्ने संकेतका रूपमा हेरिएको छ।

समयमा पूर्ण आकारको बजेट प्राप्त भएको अवस्थामा मुलुकको समग्र अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने र त्यसले नेप्सेमा सुधार आउने निश्चित हुने आशामा लगानीकर्ताहरूले शेयरको माग बढाएपछि कारोबार उच्च हुन पुगेको हो। कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीहरूको मात्र रु. २४ करोड ८५ हजार बराबरको कारोबार भएको छ। यो कुल कारोबारको ७८.६८ प्रतिशत हो।

'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.८२ अंकले वृद्धि भई ९५.३९ अंकमा आई पुगेको छ।

यस साता कारोबार रकम -रु. सात करोड २८ लाख रुपयाँ)को आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार भएको शेयर -दुई लाख ४८ हजार तीन सय ११ कित्ता) को आधारमा पनि लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्याको आधारमा -४०२ वटा) को आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home