अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
प्राइम क्लब फाइनलमा
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २३ गते । नयना शाक्यले सर्वाधिक स्कोर गरेपछि ११औं मोर्गन कप राष्ट्रिय महिला बास्केटबलमा प्राइम स्पोर्टस क्लबले गोल्डेनगेट क्लबलाई ३९-३४ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो ।

दशरथ रंगशालाको कर्भडहलमा भएको प्रतियोगितामा प्राइमले पहिलो, दोस्रो, तेस्रो क्वाटरमा क्रमशः ११ - ५, ११-७, १५-१४ स्कोरले अग्रता लिएको थियो । अन्तिम क्वाटरमा भने गोल्डेनगेटले ८ -२ स्कोरले प्राइमलाई पछाडि पार्‍यो । गोल्डेनगेटका लागि अनिसा तुलाचनले सर्वाधिक ११ स्कोर गरेकी थिइन् ।

पुरुषतर्फको स्पर्धामा भने साउथ साइडरले मोर्गन कलेजलाई ८६-७२ स्कोरले पराजित गरी सेमिफाइनलमा प्रवेश गर्‍यो ।

साउथ साइडरले पहिलो क्वाटरमा २५-१२ स्कोरले अग्रता लिए पनि दोस्रो र तेस्रो क्वाटरमा भने १६-९, २३-२२ स्कोरले पछाडि परेको थियो । अन्तिम क्वाटरमा भने उत्कृष्ट प्रदर्शन गर्दै साउथ साइडरले ३०-२१ स्कोर बनाएर मोर्गनलाई पराजित गर्‍यो ।

खेलमा साउथ साइडरका संजय व्यंजनकारले सर्वाधिक ३२ अंक र मोर्गनका आयुस सिंहले १७ स्कोर जोडेका थिए ।

पुरुषतर्फको अर्को खेलमा गोल्डेनगेटले पि्रमियरलाई ९३-९० स्कोरले पराजित गर्‍यो । प्रतियोगितामा गोल्डेनगेट र पि्रमियर दुबै सेमिफाइनलमा प्रवेग गरेका छन् ।

गोल्डेनगेटको लागि सुशील गुरुङले सर्वाधिक ३१ अंक जोडेका थिए भने पि्रमियरका लागि सदीश प्रधानले सर्वाधिक २४ अंक जोडेका थिए ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home