अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
सेरेनाले जितिन् विम्बल्डन
 

लन्डन, असार २३ गते। अमेरिकाकी सेरेना विलियम्स शनिवार पोल्यान्डकी आग्नेस्का राड्वान्स्कालाई ६-१, ५-७ र ६-२ ले हराएर विम्बल्डनमा महिला एकलको उपाधि पाँचौं पटक जित्न सफल भएकी छन्।

७३ वर्षपछि ग्रान्डस्लामको फाइनलमा पुग्ने पोल्यान्डकी पहिलो खेलाडी भएकी राड्वान्सकाले विम्बल्डनमा जुनियर च्याम्पियन बन्ने गौरव भने हात पारिसकेकी छन्। सेरेनालाई भने १४औं पटक ग्रान्डस्लाम उपाधि हात लागेको छ।

सन् १९३९ मा पोल्यान्डकी जाड्विगा जेडे्रजोस्काले प|mेंच ओपनको फाइनल खेलेकी थिइन्।

सेरेनाले वषर्ाले हल्का अवरुद्ध पारेको खेल दुई घण्टा दुई मिनेटमा जितिन्। उनले यसअधि, सन् २०००, २००२, २००८ र २००९ मा विम्बल्डन जितेकी थिइन्।

मरेसँग इतिहास बनाउने मौका

यसैबीच, प|mान्सका जो विल्प|mेड सोंगालाई शुक्रवार राति ६-३, ६-४, ३-६, ७-५ ले हराएर विम्बल्डनको फाइनलमा पुगेपछि एन्डि मरे बेलायतमा चर्चाको विषय बनेका छन्।

७६ वर्षपछि विश्वको सर्वाधिक प्रतिष्ठित टेनिस प्रतियोगिता विम्बल्डनको फाइनलमा स्थान बनाउने मरे बेलायतका पुरुष खेलाडी हुन्। सन् १९३८ मा बनी अस्टिनले फाइनल खेलेपछि घरेलु दर्शक विम्बल्डनको उपाधि भिडन्तमा आˆना खेलाडीलाई खेलेको हेर्न व्यग्रताका साथ पर्खिरहेका थिए। मरेसमक्ष सन् १९३६ पछि विम्बल्डन जित्ने पहिलो बेलायती बन्ने अवसर पनि छ। बेलायतका प|mेड पेरीले मात्र अहिलेसम्म विम्बल्डन उपाधि जितेका छन्।

मरे फाइनल जितमा ढुक्क भने छैनन्। उनको भिडन्तमा आइतवार राति छ पटकको विजेता रोजर फेडररविरुद्ध हुनेछ। २५ वषर्ीय मरेले पूर्ण शक्तिमा खेल्न सकेमात्र फेडररलाई हराउनसक्ने प्रतिक्रिया दिएका छन्। फेडरर सर्वाधिक ग्रान्डस्लाम च्याम्पियन हुन्।

१६ पटक ग्रान्डस्लाम उपाधि जितिसकेका फेडरर आइतवार अमेरिकाका पेट साम्प्रासले सात पटक विम्बल्डन जिती राखेको कीर्तिमान बराबर गर्ने दाउमा छन्। मरेविरुद्धको जितले फेडररलाई विश्वका नम्बर एक खेलाडी पनि बनाउनेछन्। त्यसैले दुई वर्षअघि गुमाएको शीर्ष खेलाडीको ताज पुनः हासिल गर्न फेडररले कुनै कसर बाँकी नराख्ने पक्का छ।

फेडररविरुद्ध मरे 'हेडटुहेड'को फाइदामा भने छन्। यी दुईबीच भएका भिडन्तमा मरे ८-७ ले अगाडि छन्। तर मरेले ग्रान्डस्लाम फाइनलमा भने फेडररलाई हराउन सकेका छैनन्। सन् २००८ को अमेरिकी ओपन र सन् २०१० को अस्ट्रेलियन ओपनको उपाधि फेडररले मरेलाई नै हराएर हात पारेका हुन्।

३० वर्षको उमेरमा पनि फेडरर उत्तिकै दुरुस्त छन्, उनको खेल हेर्दा तीन नाघेका खेलाडी जस्तो लाग्दैन, मरे भन्छन्। सन् २००३ मा आन्दि्र आगासीले अस्ट्रेलियन ओपन जितेपछि अहिलेसम्म ३० वर्ष नाघेका खेलाडीले ग्रान्डस्लाम हात पारेका छैनन्। फेडररसमक्ष सो कीर्तिमान तोड्ने मौका छ।

अहिलेसम्म तीस नाघेका दुई जनाले मात्र विम्बल्डनको उपाधि जितेका छन्। सन् १९६९ मा रोड लाभरले ३१ र सन् १९७५ मा आर्थस एसले ३२ वर्षको उमेरमा विम्बल्डन जितेका थिए।

सन् २०१० मा अस्ट्रेलियन ओपन जितेपछि फेडरर ग्रान्डस्लाम उपाधिविहीन् छन्। तर फेडरर भन्छन्, कुनै दबाब छैन, म मानसिक रूपमा शान्त छु। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home