अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
दोस्रो विवाहको संस्कृति
यशोदा अधिकारी
 

हास्यकलाकार हरिवंश आकचार्यले दोस्रो विवाह गरेको एक हप्तापछि साहित्यकार कृष्ण धरावासीले पनि दोस्रो विवाह गरेको खबर आयो। आफ्ना श्रीमती गुमाएको एक वर्षपछि उनीहरूले दोस्रो विवाह गरेका यी दुई उस्तै खाले घटनाले सांस्कृतिक क्षेत्रमा केही बहस सिर्जना भएको छ।

यी घटनाबारे लेखिरहँदा तीन वर्षअघि दशैंको बेला जन्मस्थल काभ्रेको मेच्छे पुगेको क्षण सम्भिmएँ। प्राथमिक तहमा गणित पढाउने शिक्षक केशव मैनाली भेटिनुभयो। उहाँले मेरो वर्तमानलाई लक्षित गर्दै भन्नुभएको थियो "राँडी आमाले दुःख गरेर पढाएकी थिइन्, आकाशको तारा भएर चम्कियौं।" सरले भन्नुभएको यो वाक्य मेरो दिमागभरि आज पनि छचल्किरहेको छ। हो मैले सम्भिmने गरी बुबाको अनुहारसमेत हेर्न पाइन। ३४ वर्षकी मेरी आमासँग सन्तानको मुख हेरेर बस्नुको विकल्प थिएन। किनकि कथित समाजको अगाडि उहाँ "राँडी" हुनुभयो। लोग्नेलाई अघि लागाइस् ठीक्क पर्‍यो भन्नेहरू पनि थुप्र्रै थिए।

२१ औँ शताब्दीको यो समाज, जहाँ श्रीमान्को मृत्युपछि महिलाहरू "राँडी" हुनुपर्छ। बोक्सीको आरोप सहनुपर्छ। तर श्रीमतीको मृत्यु भएमा श्रीमान्लाई "राँडो" पनि भनिँदैन र बोक्सोको आरोप पनि लगाइँदैन। विधवा श्रीमतीले भने वर्ष दिनसम्म पनि सेतो लुगा लगाएर बस्नुपर्छ। त्यति मात्र कहाँ हो र वर्षेनी श्रीमान्को मृत्युको तिथिमा श्राद्ध गर्नुपर्छ। तर हाम्रो समाजमा श्रीमती गुमाएका श्रीमानहरू भने नयाँ श्रीमतीका साथ रमझमपूर्ण जीवनको शुरुवात गर्न थाल्छन्। यो कस्तो परम्परा ? यो कस्तो संस्कार अनि संस्कृति ? यसरी हाम्रो पुरातनवादी समाज, त्यो समाजको सामन्ती सोच र संस्कृतिले यतिसम्म जरो गाडेको छ कि, बालबालिकालाई शिक्षा दिने गुरुमा समेत यसको जड छ। त्यसो भन्नुमा मैनाली सरको कुनै दोष छैन, सायद उहाँले नकारात्मक रूपमा त्यसो भन्नुभएको होइन। दोष त केवल कथित परम्परावादी सोच, पुरुषवादी मानसिकताबाट ग्रसित संस्कारलाई दिनुपर्छ। मैनाली सरको प्रस्तुति समाजको एक द्योतक हो।

विधवाहरू कतिपयका आँखामा त "लोग्ने टोकाइ", "बोक्सी" या यस्तै अनेक आरोपका पात्र हुन्। हामीकहाँ श्रीमानको मृत्युपछि महिला निकै कमजोर हुन्छन्। शोकाकूल हुन्छन् र समाजका अगाडि निकै दयनीय भावमा प्रस्तुत हुन्छन्। त्यसबेला उनीहरूलाई समाजका उपल्ल्ाा मानिसहरूले बोक्सीको आरोेप लगाउने, सासूससुरा र छिमेकीहरूले लोग्ने टोकेको भन्दै यातना दिने गरेका उदाहरण प्रशस्तै छन्। त्यसो त लोग्ने मरेपछि परपुरुषसँग आँखा जुधाएर सिधा हेर्न नहुने, बोल्न नहुने, वर्ष दिनसम्म सेतो पहिरनमा बस्नुपर्ने, हरेक तिथिमा श्राद्ध गर्नुपर्ने, रातो पहिरन जीवनभरि नै लगाउन नहुने, सिन्दुर पोते, चुरा लगाउन नहुने सामन्ती संस्कृतिका कारण धेरै महिला कर्मलाई दोष दिन्छन् र भाग्यलाई सरापेर कष्टकर जीवन काट्न बाध्य हुन्छन् भने श्रीमतीको मृत्यु भएपछि श्रीमानले केही पनि गर्न नपर्ने ? यो कस्तो परम्परा ? यस्तो परम्परामा रहेका दुई पुरुष धरावासी र आचार्यले आ-आफ्ना श्रीमतीसँग बिछोड हुँदा अविरल आँसु बगाएका र शोक स्मरण लेखेको पनि देखिएको हो। धरावासीले शोकका नाममा कृति नै प्रकाशन गरे। हरिवंश पनि झण्डै एकवर्षसम्म शोकमा छु भनेर धेरै निस्किएनन्। एक वर्षपछि दोस्रो श्रीमतीका साथ देख्दा दर्शकहरूले के सोचे होलान् ? साधारण नागरिकको जीवनमा यस्ता घटना भएका भए शायद यति धेरै चासो पनि हुन्नथ्यो। कलाकारितामा त्यति धेरै राष्ट्रि्रय तथा अन्तर्राष्ट्रि्रय ख्याती कमाएका आचार्यले दोस्रो विवाह गर्दा उनका दर्शक घटे वा घटेनन् ? त्यो पछि थाहा हुँदै जाला। जे होस् उनले दोस्रो विवाह नगरेका भए हुन्थ्यो भन्ने कतिपय दर्शकका चाहना सामाजिक सञ्जाल फेसबुक मार्फत पनि व्यक्त भइरहेकै छ।

मीरा त तारा भइन् भनेर गीत लेखेर गाउने हरिवंशले किन रमिलालाई अर्को उज्यालो तारा

देखे ? श्रीमती नभए जीव्ान लथालिङ्ग हुँदोरहेछ, उनी आफैंले स्वीकार गरेका छन् रमिलासँग दोस्रो विवाह गरे भनेर। हुनत उनलाई विवाह गर्न दबाब दिने पनि त्यही मानसिकताबाट प्रेरित भएकाहरू नै हुनुपर्छ। फेरि पनि दोष हरिवंशलाई होइन, समाज र संस्कारलाई जान्छ। के मीरा बाँचेर हरिवंश नभइदिएका भए मीरा दिदीले दोस्रो विवाह गर्थिन् ? असम्भव, समाजबाट शायद उनी बहिष्कारमा पर्थिन् होला, कतिको नजरमा उनी बोक्सी कहलिन्थिन् कि Û उनले ठाँटिएर हिँड्न पाउन्नथिन्। उनले भाग्यलाई दोष दिएरै बाँकी जीवन काट्नुपथ्र्याे तर हरिवशंले त्यसो गर्नुपरेन। उनले नयाँ जीवन पाएका छन्। कुरा रह्यो धरावासीको। उनी त सीता जीवित छँदै दास्रो बिहे गर्छन् जस्तै देखिन्थे। साहित्यिक वृत्तमा उनका व्यवहार र हाउभाउले त्यस्तै जनाउँथ्यो भन्ोर चर्चा चलेकै हो। त्यसो त उनले सीताजी भनेर श्रीमतीलाई आफ्ना रचनाहरूमा सम्मानका साथ पनि उभ्याएका थिए। उनको उपचारमा पनि निकै दुःख गरेकै हुन्। अन्तिम अवस्थामा सीताले जीवन कहानी कृति नै प्रकाशित गरिन्।

उमेरले निकै बूढाजस्ता देखिने उनले पनि दोस्रो विवाह गर्छन् भन्न्ो उनका पाठकहरूलाई पनि लागेको थिएन होला। हरिवंशले विहे गरेको सातापछि उनलाई अलि सजिलो भएछ क्यारे बिहे गरेको सार्वजनिक गरे। हुनत उनीहरूजस्ता प्रतिष्ठित व्यक्तिहरूले चाहेका भए अविवाहित महिलाहरूसँग पनि विवाह गर्न सक्ने कुरा स्पष्ट छ। त्यसो गर्ने पुरुषहरू पनि धेरै छन् समाजमा। दुवैले जो-जोसँग दोस्रो विवाह गरे उनीहरू उनका प्रतिष्ठाका कारण पनि त जोडिन चाहन्थे होलान्। तर दोस्रो विवाहको नाममा दुई लब्ध प्रतिष्ठित पुरुषहरूले आ-आफ्नो प्रतिष्ठा नघटाएका भएहुन्थ्यो भन्ने लाग्छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home