अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २९ गते। नेपाल टेलिकमले कम्पनीको सञ्चालनमा रहेको सीडीएमए प्रविधिको महसूल दरमा परिमार्जन गरेको छ।

नयाँ व्यवस्था अनुसार टेलिकमले सीडीएमए स्काइफोन/स्काइ डाटा सेवाको ग्राहक शुल्क छ सय रुपियाँबाट साउन १ गतेदेखि लागू हुने गरी रु. दुई सय कायम गरेको छ। टेलिकमले यसमा टक भ्यालु रु. एकसय रुपियाँ थप गर्नुका साथै डाटा एक्टिभेसनसमेत गराएको छ।

यसैगरी टेलिकमले इभिडियोसहितको सीडीएमए स्काइफोन सेवाको ग्राहक शुल्क पनि रु. छसयबाट दुई सय कायम गरेको छ। यसमा पनि टक भ्यालु रु. एक सय थप गर्नुका साथै डाटा एक्टिभेसन निःशुल्क गरेको छ।

उपभोक्ताहरूलाई सहुलियत पूर्ण दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने नेपाल टेलिकमको नीति अनुसार कम्पनीबाट वितरण गरिंदै आएको सीडीएमए प्रविधिका सेवाहरूको महसूल दरमा परिमार्जन गरिएको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home