सिड्नी, असार २९ गते। अस्टे्रलियाली तीव्र गतिका बलर ब्रेट लीले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्।
पछिल्ला समय पिडौंलाको चोटले लगातार सताइएपछि ३५ वषर्ीय लीले सन्न्यास लिएका हुन्। उनले अस्ट्रेलियाली लिग -बिग बेस) र इन्डियन पि्रमियर लिग -आईपीएल) मा भने निरन्तरता दिने बताएका छन्। आईसीसी टि/ट्वान्टी विश्वकप क्रिकेटपछि मात्र सन्यास लिने मन बनाएका ली पिडौंलाको चोट बल्झेपछि गत हप्ता इंगल्यान्डको भ्रमण बीचमै त्यागी घर फर्केका थिए।
लीले १३ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनमा २२१औं एकदिवशीय खेल खेलेका छन्। सन् २०१० को फेब्रुअरीमा लीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले एकदिवशीय क्रिकेटमा ३८० र २५ अन्तर्राष्ट्रिय टि/ट्वान्टी खेली २८ विकेट लिएका छन्।
यसैगरी, अस्टे्रलियाका लागि टेस्टमा सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा छन्। लीले टेस्टमा ३१० जनालाई शिकार बनाएका छन्। उनीभन्दा अघि शेन वार्न -७०८), ग्लेन म्याकग्राथ -५६३) र डेनिस लिली -३५५) मात्र छन्।
उनी तीव्र गतिमा बल फाल्ने बलरको सूचीमा पनि दोस्रो स्थानमा छन्। सन् २००५ मा न्युजिल्यान्डविरुद्ध प्रतिघण्टा १६०.८ किलोमिटरका गति बलिङ गरेका थिए। सर्वाधिक तेज गतिमा बलिङको कीर्तिमन पाकिस्तानका सोएब अख्तरको नाममा रहेको छ।
लीले सन्न्यासपछि भने- बारम्बार घाइते भएपछि मैदानमा शतप्रतिशत दिन नसक्ने स्थिति देखिएपछि मैले सन्न्यास लिने निर्णय गरें, दुई दिनको गहन सोचपछि बल्ल यस नतिजामा आइपुगें, अहिले मलाई लाग्छ, सन्न्यासका लागि यो राम्रो समय हो, मेरो सन्न्यासले नयाँ खेलाडीको आगमन पनि हुनेछ। एपी