अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
सन्धि पुनरावलोकन गर्न समिति गठन गर्ने सहमति
नरेश खपाङ्गीमगर
 

नयादिल्ली (भारत), भदौ ३१ गते । नेपाल र भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयसापेक्ष बनाउनेबारेमा अध्ययन गर्न सचिवस्तरीय समिति गठन गर्ने सहमति भएको छ । सोमबार साझ प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी डा. मनमोहन सिंहबीच सन्धि अध्ययनका लागि समिति बनाउने सहमति बनेको परराष्ट्रमन्त्री उपेन्द्र यादवले बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डल बस्दै आएको ताज होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा यादवले सन् १९५० को सन्धिलाई समयसापेक्ष बनाई नेपाल-भारत सम्बन्ध अझ प्रगाढ बनाइने बताउनुभयो । यो समितिले सन्धिका बारेमा अध्ययन गरी सन्धिलाई पुनरावलोकन गर्ने, परिमार्जन गर्ने वा आवश्यक परेमा नया सन्धि बनाउन सुझाव दिने यादवले जानकारी दिनुभयो ।

दुई देशका प्रधानमन्त्रीको भेटपछि समिति निर्माणलगायतका मुद्दामा साझा सहमति बनाउन मन्त्रीस्तरमा गृहकार्य भइरहेको जानकारी भ्रमणमा संलग्न नेपाली टोलीले दिएको छ । प्रतिनिधिमण्डलका एक सहभागीका अनुसार सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्ने पक्षमा भारत छ भने नेपाली टोली त्यसलाई खारेज गरी नया सन्धि बनाउने अडानमा छ ।

परराष्ट्रमन्त्री यादवले सन्धि असमान थियो कि थिएन भन्ने प्रश्न अहिले सान्दर्भिक नभएको र दुई देशबीच बदलिएको सम्बन्धलाई समयअनुसारको बनाउन समिति बनाउन लागिएको बताउनुभयो । सन्धिलाई पुनरावलोकन, परिवर्तनका लागि नेपालले अहिलेसम्म मस्यौदा भने बनाई नसकेको उहााले जानकारी दिनुभयो ।

सङ्क्षिप्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री यादवले दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्य बुधबार मात्र जारी गरी भ्रमणमा भएका सहमति सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री यादवले दुई देशका प्रधानमन्त्रीबीचको भेटमा कोसी तटबन्धबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्ने, जलविद्युत्, पर्यटन, राजमार्ग निर्माणमा भारतले सहयोग गर्ने, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति सहज गर्ने विषयमा विभिन्न सहमति भएको बताउनुभयो ।

प्रतिनिधिमण्डल स्रोतका अनुसार कोसीको विस्थापनमा परेका नेपालीलाई करिब दुई अर्ब रुपियाा बराबरको सहायता उपलब्ध गराउन भारत सहमत भएको छ । कोसी तटबन्ध फुटेर राजमार्ग आवागमनमा परेको असरलाई न्यूनीकरण गर्न भारतले भारतीय मार्ग हुादै नेपाली यातायात आवागमन गर्न दिने सहमति पनि भएको छ । यसका लागि भारतले विराटनगरमा काउन्सिलर राखेर भारतीय मार्ग हुादै यातायात साधन र यात्रु आवागमनमा सहज व्यवस्था मिलाउने सहमति भएको नेपाली टोलीले जानकारी दिएको छ ।

खुला सिमानाका कारण उत्पन्न समस्यालाई नियन्त्रण गर्न दुई देश मिलेर काम गर्ने सहमति भएको यादवले बताउनुभयो । कोसी समस्याको स्थायी समाधानका लागि दुई देश मिलेर प्राविधिक अध्ययन गरिने र दुई देशको संयुक्त प्रयासबाट समस्या समाधान गरिने उहााले स्पष्ट गर्नुभयो ।

प्रतिनिधिमण्डल स्रोतका अनुसार कोसी समस्याका लागि नेपाल र भारतका जलस्रोतमन्त्री रहेको एक संयन्त्र बनाउने र सो संयन्त्रअन्तर्गत आठवटा प्राविधिक समिति बनाउने सहमति पनि बनिसकेको छ ।

परराष्ट्रमन्त्री यादवले नेपालमा औद्योगिक लगानीको वातावरण बन्दै गएको र भारतीय लगानीकर्ताहरूले चासो दिएको बताउनुभयो । उहाले विभिन्न क्षेत्रमार्फत नेपालमा ठूलै भारतीय लगानी भित्रिने विश्वास पनि व्यक्त गर्नुभयो ।

सुरुमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भनिएको पत्रकार सम्मेलन प्रधानमन्त्री प्रचण्ड व्यस्त भएपछि परराष्ट्रमन्त्रीले आयोजना गर्नुभएको थियो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home