अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
सन्धि, सम्झौताको समीक्षा तथा समायोजन गर्ने सहमति
 

नयाँदिल्ली (भारत), असोज १ गते । नेपाल र भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य सम्झौताको समीक्षा, समायोजन र समयानुकूल सुधार गर्न सहमत भएका छन् । सन् १९५० को सन्धि परिवर्तनका लागि परराष्ट्र सचिवस्तरीय समिति गठन गर्न पनि दुवै देश सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणको चौथो दिन बुधबार जारी संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

चामल, गहु, मकै, चिनी र सख्खर नेपाल निर्यात गर्न लगाइएको प्रतिबन्धलाई फुकुवा गर्न भारत सहमत भएको पनि घोषणापत्रमा उल्लेख छ । भारतले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा सन्तुलन मिलाउन नेपाललाई आगामी तीन महिनाका लागि भा. रु. एक अर्ब ५० करोडसम्मको वित्तीय सहुलियत दिन सहमत भएको छ ।

यस्तै, व्यापार र पारवहन सम्झौतामा सुधार तथा कोसी गण्डकलगायतका बाधमा विद्यमान द्विपक्षीय सम्झौताको अधीनमा रही सम्भावित दुर्घटनालाई रोक्ने उपाय अपनाउन पनि सहमत भएका छन् ।

कोसीबाट पीडित नेपालीलाई भारतले तत्कालै भा.रु. २० करोड उपलब्ध गराउने, कोसीको कारण क्षति भएको पूर्व-पश्चिम राजमार्गको मर्मत गर्ने, पूर्व-पश्चिम राजमार्ग मर्मत भएर सञ्चालनमा नआउन्जेलसम्म सवारी आवागमनमा सघाउन विराटनगरमा एउटा शिविर खडा गर्ने विषयमा सहमति भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, भारतले भारतीय जनताको सद्भावको सङ्केतस्वरूप राप्ती नदीको नौमुरे जलविद्युत् योजना निर्माण गर्ने भएको छ । करिब २५० मेगावाटको सो परियोजना निर्माणका लागि भारतले पहिलेदेखि नै चासो दिदै आएको थियो । नेपाल र भारत नेपालको आर्थिक विकासका लागि सडक, रेल र जलविद्युत्जस्ता पूर्वाधार विकासका ठूला परियोजना सुरु गर्नसमेत सहमति जनाइएको छ ।

जारी संयुक्त विज्ञप्तिमा नेपाल सरकार लगानीमैत्री, व्यावसायिक वातावरण बनाउन थप आवश्यक उपायहरू अपनाउन सहमत भएको छ । दुवै देशका सीमावारपारका क्षेत्रमा हुने अपराध र सुरक्षाका विषयमा सहयोग अभिवृद्धि गर्ने कुरामा मञ्जुर भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्रीलाई चाडै नै नेपालको औपचारिक भ्रमणमा आउन पनि आग्रह गर्नुभएको छ भने भारतीय प्रधानमन्त्रीले यसलाई स्वीकार गर्नुभएको पनि संयुक्त विज्ञप्तिमा जनाइएको छ । भ्रमणका मिति भने कूटनीतिक माध्यमबाट तय गर्न दुवै देश सहमत भएका छन् ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home