काठमाडौ, असोज २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आˆनो भारत भ्रमण अपेक्षा गरेभन्दा बढी सफल भएको र भ्रमणबाट दुई देशका नेताबीच विश्वासको वातावरण बनाउन सहयोग पुगेको बताउनुभयो । आˆनो पाचदिने औपचारिक भारत भ्रमण पूरा गरी बिहीबार राजधानी र्फकनुभएका प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
उहाले भन्नुभयो, "यसपटकको भ्रमण आगामी दिनका लागि नेपाल-भारत सम्बन्धको नया आधारशीला बनाउन सफल भएको छ ।"
उहाले भ्रमणलाई सद्भावना भ्रमण भनिए पनि विगतमा इतिहासदेखि नै थाती रहेका सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका विषयमा पुनरावलोकन गर्ने तथा त्यसलाई अपग्रेड गर्ने विषयमा समयसीमासहितको सहमति जुटाउन भ्रमण सफल भएको पनि चर्चा गर्नुभयो ।
उहााले भन्नुभयो, "हामीले २१औ शताब्दीको आवश्यकता र चेतनालाई हेरेर १९५० को सन्धिका बारेमा छलफल गर्यौ र हामीबीचको सहमतिको सार भनेको नयाा सन्धि बनाउने नै हो ।"
उहााले नेपालमा गणतन्त्र स्थापना हुनु भनेको निरन्तरताको क्रमभङ्ग भएको र नेपाल-भारत सम्बन्धलाई पनि निरन्तरताको क्रमभङ्ग गरेर नया ढङ्गले निरन्तरता दिनुपर्ने विचार आफूले राखेको बताउनुभयो ।
नेकपा -माओवादी) पार्टीको भारतलाई हेर्ने धारणा र अहिले भ्रमणका क्रममा अभिव्यक्त विचारका बारेमा पत्रकारहरूद्वारा राखिएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "सैद्धान्तिक कुरा सिद्धान्तका ठाउामा छ र दुई देशबीचको सम्बन्ध आˆनो ठाउमा छ । म माओवादलाई स्थापित गर्न भारत गएको होइन, त्यसकारण सिद्धान्त र सम्बन्धलाई गोलमटोल नपार्नुहोस् ।"
आफू नेपालको वैधानिक हितलाई कसरी समेट्न सकिन्छ भन्ने सोच बोकेर दुई देशबीचको सम्बन्ध सुधार गर्न भारत भ्रमणमा गएको उहााले बताउनुभयो ।
त्यस्तै भारतीय माओवादीका कुनै नेतासाग भेट गर्नुभयो कि भन्ने जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "मेरो कुनै माओवादी नेतासाग भेट भएन ।"
प्रधानमन्त्री प्रचण्डले आफूले भारतको सूचनाप्रविधिको सहर भनेर चिनिने बैङ्लोरको पनि भ्रमण गरेको र त्यहा सूचनाप्रविधिको माध्यमबाट कसरी विकासले फड!को मारेको छ भन्नेबारे जानकारी पाएको बताउनुभयो ।
उहााले सङ!घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा आˆनो भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले पनि उच्च प्राथमिकता दिएको र भ्रमणबाट भारतीय लगानीकर्ता तथा व्यावसायिक समुदायमा पनि नयाा उत्साह थपिएको बताउनुभयो ।
उहााले भारतले राप्ती नदीमा निर्माण हुने २५० मेगावाटको नौमुरे जलविद्युत! आयोजनको निर्माण गर्ने प्रतिबद्धता देखाएको पनि स्मरण गर्नुभयो ।
उहााले भ्रमणका क्रममा भारतका उद्यमी व्यापारीसाग पनि भेटघाट गरेको र त्यसबाट भारतीय लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्सुक भएको पाइएको बताउनुभयो ।
पत्रकारहरूले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न शान्तिसुरक्षाको वातावरण राम्रो हुनुपर्ने माग गरिरहेका बेला नेपालमा सत्ताधारी दलका कार्यकर्ताबाट शान्तिसुरक्षा बिथोल्ने खालका काम भएको विषयमा राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले यी कुनै एक दुई घटनालाई समग्र शान्तिसुरक्षाको विषयसाग जोडेर हेर्न नहुने बताउनुभयो ।
राससका अनुसार प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, दलका कार्यकर्ता तथा सरकारका उच्च पदाधिकारीहरूले स्वागत गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री दाहालको भ्रमणमा संलग्न रहनुभएका परराष्ट्रमन्त्री उपेन्द्र यादव, जलस्रोतमन्त्री विष्णु पौडेल, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोसमेत बिहीबारै स्वदेश र्फकनुभयो ।