काठमाडौँ, असोज ४ गते । दुई दिनदेखिको अविरल बर्षाका कारण आएको बाढीपहिरोबाट पश्चिम नेपालमा विभिन्न जिल्लामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् ।
बाढीबाट विशेषगरी कैलाली, कञ्चनपुर, डोटी र गुल्मी जिल्लामा बढी क्षति भएको छ । बाढीका कारण कैलालीको गेटा गाविसका ७० बर्षीया कमली विश्वकर्मा, रामशिखरझाला गाविसका पाच बर्षीया
कपुरे बादी, सोही गाविसका ३६ बर्षीया श्रीमती अग्नि चौधरीको नदीले बगाएर मृत्यु भएको छ ।
त्यसैगरी पहिरोमा पुरिएर डोटीको लक्ष्मीनगर गाविस २ कलमटा गाउका भीमबहादुर भाटका परिवारका पाच जनाको मृत्यु भएको छ । अञ्चल प्रहरी कार्यालय धनगढीका अनुसार मृत्यु हुनेमा उहाकी २५ बर्षीया श्रीमती ठगुदेवी, आठ बर्षीया छोरी गङ्गा, छ बर्षीया छोरी जमुना, पाच बर्षीया छोरी सीता र सातमहिने बालक चित्रकुमार भाट रहेका छन् । त्यसैगरी कैलालीको निगाली गाविसका एकजना सिंह थरकी २५ बर्षीया महिलाको पहिरोमा पुरिएर मृत्यु भएको छ । मर्नेको शव प्रहरीको सहयोगमा निकालिसकिएको छ ।
घटनामा परी गम्भीर घाइते हुनेमा भीम भाटकी आमा हरिदेवी, भाइ राम र भाइबुहारी कमारी भाट हुनुहुन्छ । उहाहरूको उपचार स्थानीय स्वास्थ्यचौकीमा भइरहेको सेती अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।
उता गुल्मी जिल्लाको कुर्घा गाविस-५ लौरेसिमलका २६ बर्षीया गीता कुमाल र सात वषर्ीय उज्ज्वल कुमालको पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहान सुतिरहेका अवस्थामा पहिरो जादा निजको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण जिल्लाभरका यातायात ठप्प भएको हाम्रा गुल्मी समाचारदाताले जनाएका छन् ।
कैलालीको रामशिखरझालाका वालाराम योगीकी पत्नी, तीन छोराछोरी, उहाको घरमा बसेका बादी समुदायका पााचजना नदीमा डुबी हराइरहेका प्रहरीले जनाएको छ । जिल्लाका अरू भेगका बासिन्दा घरभित्र पसेका बाढीका कारण राति नै भागाभाग भएकाले परिवारको कुन सदस्य कहा छन् र कस्तो अवस्था छ भन्ने कुरा थाहा नभएको भजनी प्रहरीचौकीका प्रहरी हबलदार जनकबहादुर चन्दले बताउनुभयो । कञ्चनपुर जिल्लामा पााचजना नदीले बगाएर बेपत्ता भइरहेको जानकारी पनि प्रहरीले दिएको छ ।
प्रारम्भिक सर्वेक्षणअनुसार कैलालीमा मात्र तीन हजार ४४६ घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी कैलालीका महामन्त्री सीताराम जोशीका अनुसार शनिबार साझसम्ममा ३०७ घर बाढीले बगाएको छ । विस्थापितहरू नजिकको अग्लो भूभाग तथा रूखमा बस्न बाध्य छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा उद्धारकार्य जारी रहेको र आइतबार राजधानीबाट थप हेलिकोप्टर, र्याˆटिङका लागि जनशक्ति पनि पठाइने जानकारी गृह मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले दिनुभएको छ ।
"जिल्लाभरि पानीले नडुबाएको कुनै ठाउ नै छैन । जहाा जाादा पनि जलमग्न मात्र छ", शनिबार दिनभरि हेलिकोप्टरमा उद्धारका लागि गएका कैलालीका प्रमुख जिल्ला अधिकारी क्षेत्रप्रताप भण्डारीले गोरखापत्रसाग शनिबार साझ भन्नुभयो, "उद्धारका लागि गएको हेलिकोप्टर उतार्ने ठाउा नपाएर आशातीत उद्धार हुन सकेन ।" दिनभर मुसलधारे पानी परिरहेका कारण उद्धारका लागि गएको हेलिकोप्टर सााझ नेपालगन्ज फर्किएको छ ।
वषर्ाका कारण कैलाली जिल्ला पूरै प्रभावित छ । कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश बस्ती डुबानमा परेका कारण मानवविहीन भएका छन् । "शुक्रबार दिउसोदेखि रातभरिको मुसलधारे वषर्ाका कारण शनिबार बिहान मानिसहरूले ज्यान जोगाउन मात्र सकेÙ गाईबस्तु, चौपाया कति बगे, कति धरभित्रको धनसम्पत्ति बग्यो, त्यसको अत्तोपत्तो छैन", प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो ।
धनगढी नगरपालिका क्षेत्र नै जलमग्न छ । विशेषगरी नगरपालिकाको १, २, ५, ६ र ७ नम्बर वडामा घर डुबानमा परेका छन् । ती वडाका बासिन्दाले शुक्रबार रातिबाट नै आफन्तकहा शरण लिएका छन् । जताततै विद्युत्का पोल, रूखहरू ढलेर सडक तथा विद्युत् अवरुद्ध भएको छ । शनिबार धनगढी बजारका पसलहरू डुबानका कारण खुल्न सकेनन् । नेपाल-भारत सिमानाको त्रिनगर भन्सारको पुरानो पुल मोहना नदीको बाढीले बगाइदिएको छ ।
त्यसैगरी कञ्चनपुर जिल्लाको महेन्द्रनगर नगरपालिकाको आधाभन्दा बढी क्षेत्र पनि जलमग्न छ । कृष्णपुर गाविसको मुक्त कमैया शिविरमा पसेका मछेली खोलाको बाढीका कारण दुई सय र कैलालीका श्रीलङ्का, मुसुरिया शिविरका तीन सय मुक्त कमैया राजमार्ग र रूखमा बसेर ज्यान जोगाउन बाध्य भएका छन् । जिल्ल्ााको पश्चिम दक्षिणी भेगका मोहना नदीको बाढी पसेर एक दर्जनभन्दा बढी गाविस डुबानमा परेका कारण सयौा परिवार घर छाडेर विस्थापित भएका छन् । बाढीमा परेका ७२ जना बालबालिकाको सशस्त्र प्रहरीले उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ ।
हजारौा हेक्टर खेतमा पाकिरहेको धानबाली बाढीले बगाउादा र डुबानमा पार्दा लाखौा मूल्यको क्षति भएको छ । नदीले बगाएर ल्याएको एउटा मृत बाघ कैलालीको मुसुरियामा फेला परेको छ ।
कैलालीको उर्मा गाविसको उर्मी गाउमा कनरी खोलामा आएको बाढीका कारण बस्ती नै विस्थापित भएको छ । दक्षिणी भेगका फूलबारी गाविसको ई गाउ, नारायणपुर गाविसको सत्ती क्षेत्र, गेटा गाविसको मुक्त कमैया बस्तीलगायतको अन्य भाग, साडेपानी पूरै गाविस, मुसुरिया गाविसको वडा नं. ५, पूर्वी भेगको जोशीपुर गाविसको वडा नं. ६, खैलाड गाविसको झलमलिया गाउ, थापापुर गाविसको सोनाफााटा, पहलमानपुर गाविसको घुम्तीबादल गाउ जलमग्न हुादा स्थानीय बासिन्दा राति नै घर छाडेर सुरक्षित ठाउामा लागेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भजनी प्रहरीचौकीका प्रहरी हबलदार जनकबहादुर चन्दका अनुसार खैलाड र थापापुर गाविसका डुबानमा परिरहेका स्थानीय बासिन्दालाई शनिबार प्रहरीको सहयोगमा सुरक्षित स्थानतिर लगियो । कति गाईबस्तु, घरभित्रको अनाज र अन्य सम्पत्ति बगाएर लगेको छ, त्यसको कुनै लेखाजोखा हुन सकेको छैन ।
मुसुरियाका रङ्गनाथ जोशीका अनुसार त्यस गाविसको मट्काउना गाउमा शुक्रबार राति नदीको बाढी पस्दा एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । नदी कटान र डुबानको पीडा एकसाथ भोग्न विवश त्यस गाउाका बासिन्दा ज्यान जोगाउन राति नै भागभाग चलेको थियो । त्यसैगरी जिल्लाको पहाडी क्षेत्रका खैराला, गोदावरी, सहजपुर, मोहन्याल आदि गाविसमा जताततै पहिरो गएको छ ।
भीमदत्त पन्त राजमार्गमा जताततै पहिरो गई ढुङ्गा खसिरहेका कारण सो राजमार्गमा हिाडडुल नगर्न सडक विभागले अनुरोध गरेको छ । पूर्वपश्चिम राजमार्गको कैलाली कञ्चनपुरको अधिकांश सडकखण्ड बिगे्रका कारण यातायात अवरुद्ध छ ।
यसैबीच शनिबार नै बाढीप्रभावित क्षेत्र कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सदस्यहरूले अर्थमन्त्री डा. बाबुराम भट्टराईसाग भेट गरी बाढीपीडितको उद्धार र राहतको व्यवस्था गर्नुपर्ने माग राखे । अर्थमन्त्री भट्टराईले बाढीपीडित क्षेत्रमा सरकारले तत्काल उद्धारका कार्यहरूलाई प्रभावकारी बनाउने र राहत वितरण गरिने बताउनुभएको कुरा प्रतिनिधिमण्डलका सदस्य सभासद् सुकदैया चौधरीले गोरखापत्रलाई जानकारी दिनुभयो ।
यसैबीच राससले खलङ्गाबाट पठाएको समाचारअनुसार अविरल वषर्ाका कारण शुक्रबार राति गएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालिका डाडागाउ गाविस, वडा नं. ९, ढारखानी निवासी डम्बर गिरीकी ३ वषर्ीया छोरी सिर्जना गिरी भएको प्रहरीले जनाएको छ । पहिरोका कारण सो गाउाका दुई घर पनि जोखिममा परेका छन् । करिब एक सय मिटर माथिबाट सो पहिरो आएको थियो ।