अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
तेत्तीसको मृत्यु, हजारौँ विस्थापित
प्रकाश, शिव, दीपक राजेन्द्र, बलराम
 

कैलाली, असोज ५ गते । सुदूरपश्चिममा शुक्रबार साझबाट परेको अविरल बर्षाका कारण ३३ जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी हराइरहेका छन् । बाढीबाट सुदूरपश्चिमका हजारौ व्यक्ति विस्थापित बने पनि उद्धारकार्य अझैसम्म सुरु हुनसकेको छैन । बाढीबाट कैलालीमा १८ जना, कञ्चनपुरमा १० जना र डोटीमा पाचजनाको मृत्यु भएको छ । बाढीका कारण कैलालीमा ३० जना र कञ्चनपुरमा ४० जना बेपत्ता छन् ।

बाढीबाट कैलालीको गेटा गाविस-७ श्रीलङ्का गाउकी ७० बर्षीय कमली विक, रामसिखरझाला-९ का पाच बर्षीय विशाल बादी, नौ वर्षकी अग्नि चौधरी, बलिया गाविसका १७ वषर्ीय मदन खड्का, निगाली-५ का २० बर्षीय सुमनकुमारी सिंह, पथरैया-१ का २२ बर्षीय सुरेश डागा, धनगढी-६ मटियारीका खुसिराम चौधरी, लालबोझी गाविसका भवानी ढोली र फकीया चौधरी र धनसिंहपुरका मनसरी लुहार छन् ।

कैलाली गोदावरी ओलानीका सात बर्षीय पूजा सुनार र पाच बर्षीय लक्ष्मी सुनारको भने बाढीका कारण घर भत्कादा मृत्यु भएको हो । कैलालीको नेपाल-भारत सीमामा रहेको मोहना नदीमा डुबेर रमेश नामका एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी मसुरियामा एकजना गेटामा एक बालक र पहलवानपुरमा तीनजनाको शब भेटिए पनि उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको श्रीपर-१ का १० बर्षीय भीमबहादुर बोहरा र पाच बर्षीय अनिता चन्दको मृत्यु भएको छ । त्यसैगरी दोधारा गाविस वडा नं. ८ शान्तिटोलका ७० बर्षीय सिद्ध आगरे, ११ बर्षीय कविता सार्की, सात वर्षकी कमला सार्की, ११ बर्षीय नयनसरा सार्की, ६ बर्षीय गङ्गे सार्की, सात बर्षीय पदम सार्की र १० बर्षीय देवकला सार्की छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पराशन गाविस वडा नं. ८ बिचफाटामा चारमहिने बालक लालबहादुर ठोगीको पनि मृत्यु भएको कञ्चनपुर प्रहरीले पुष्टि गरेको छ ।

डोटीको लक्ष्मीनगर गाविसमा पहिरोले घर पुरिादा एकै परिवारका पाचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ बर्षीय थगुदेवी भाट, उनकी आठ बर्षीय जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको छ । त्यस्तै अर्की पाच बर्षीय छोरी सीता भाट र सातमहिने चित्रा भाटको पनि मृत्यु भएको छ ।

बाढीका कारण कैलालीमा ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार बाढीले कैलालीका ४२ गाविसका २२ सय घरभन्दा बढी डुबानमा परेका छन् भने ३३ सय २५ परिवारका दस हजार व्यक्ति विस्थापित भएका छन् । कैलालीमा तीन सय सात घर त बाढीले बगाएको रेडक्रस कैलालीका सभापति हेमराज ओझाले बताउनुभयो ।

कैलालीको पूर्वी दक्षिण भेगका झन्डै एक दर्जनभन्दा बढी गाविस बढी प्रभावित भएका छन् । दुई दर्जनभन्दा बढी गाविसको ७० प्रतिशत भू-भाग जलमग्न भएको छ । नदीमा आएको बाढीले खैलाड, लालबोझी, उदासीपुर, पवेरा, हसुलिया, भजनी, पहलवानपुर, गेटा, मालाखेतीलगायतका गाविस बढी प्रभावित छन् ।

प्रतिकूल मौसमका कारण नदीमा डुबेका हजारौा परिवारको आइतबार सााझसम्म पनि उद्धार हुन सकेको छैन । राहत सामग्री र उद्धारका लागि रेडक्रस र सुरक्षाकर्मी पनि परिचालन हुन कठिनाइ भएको छ ।

आइतबार दिउसो डुबान क्षेत्रमा उद्धारका लागि गएको हेलिकोप्टर जताजतै पानी नै पानी भएपछि डुबान क्षेत्रमा बस्न सकेन । डुबान क्षेत्रका अधिकांश परिवार घरको छत र छानामा बसेका छन् ।

डुबानमा परेका अधिकांश बस्तीका बासिन्दाले आफूहरूलाई जोगाउन नेपाल रेडक्रस सोसाइटी र प्रहरीलाई लगातार फोन गरिरहेका छन् । डुबान क्षेत्रको अवलोकनमा गएका प्रमुख जिल्ला अधिकारी क्षेत्रबहादुर भण्डारीले पानीको सतह र बाढी बढी भएका कारण उद्धार कार्य हुन नसकेको बताउनुभयो ।

अविरल वषर्ापछि आएको बाढीका कारण पूर्वपश्चिम राजमार्गको पहलवानपुर खण्ड अवरुद्ध भएको छ । पानीको अत्यधिक बहावले राजमार्ग नै कटान गरेपछि बाटो अवरुद्ध हुन पुगेको हो । उता लम्की-टीकपुर खण्डको एउटा पुल भत्केका कारण सो बाटो पनि अवरुद्ध भएको छ ।

आइतबार बिहान पानी परे पनि दिउासो भने फाटफुट मात्र परेको थियो । जलवायु विज्ञान कार्यालय अत्तरियाका अनुसार शुक्रबारदेखि शनिबार बिहानसम्म २२९ मिलिलिटर पानी परेको थियो ।

कञ्चनपुरमा बाढीले १५ सय परिवार विस्थापित भएका छन् भने दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाभरिमा ४२ जना अझै बेपत्ता रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय लालबहादुर शाहीका अनुसार चौधर नदी फुटेर गाउ पसेपछि रामपुर बिलासीपुरको बण्डजालामा ४० जना शनिबार रातिदेखी हराइरहेका छन् । बाढीले बण्डजालामा दुई सय घर विस्थापित भएका छन् । प्रहरीले भने कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

बाढीले शङ्करपुर, कृष्णपुर, दोधारा, झिलमिल, रैकवार बिचवा, बेल्डाडी, सुन्दरपुर, रौतेली बिचवा, रामपुर बिलासीपुर र श्रीपुरका गाविस बढी प्रभावित भएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार भने कठिन भइरहेको छ । आइतबार श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टसहितको १८ जना संविधानसभा सदस्यको टोलीले कैलाली जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो ।

टोलीले कैलालीसहित बर्दियाको राजापुर क्षेत्रको हवाई निरीक्षण गरेको छ । डुबानका कारण हेलिकोप्टर भने अवतरण हुन सकेन । मन्त्री भट्टले सोमबारदेखि उद्धार र राहत कार्य गरिने बताउनुभएको छ ।

उद्धार र राहत कार्यका लागि सप्तकोसीमा खटिएको सेना र हेलिकोप्टर कैलालीमा परिचालन गरिने पनि मन्त्री भट्टले जानकारी दिनुभयो । सोमबार कैलाली, कञ्चनपुर र डोटी जिल्लाको अवस्थासमेत निरीक्षण गरिने बताइएको छ ।

निरीक्षण टोलीमा कैलालीबाट कैलालीका छ, कञ्चनपुरका चार र डोटीका दुईवटै निर्वाचन क्षेत्रबाट निर्वाचित र मनोनीत सभासद्को सहभागिता रहेको छ ।

उता नेपालगन्ज र वरिपरिका क्षेत्रहरूमा भइरहेको अविरल वषर्ाका कारण नेपालगन्ज नगरपालिकाका अधिकांश भागहरू जलमग्न भई दर्जनौ घरहरू डुबानमा परेका छन् ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home