न्युयोर्क, असोज ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा शान्ति, नया संविधान निर्माण र आर्थिक उन्नति तीन कुरामा विशेष जोड दिएको बताउनुभएको छ । उहाले आˆनो सरकार नेपालमा स्थायी शान्ति, प्रजातन्त्र र मानवअधिकारप्रति प्रतिबद्ध हुदै अगाडि बढ्ने जनाउनुभएको छ ।न्युयोर्कमा बुधबार र मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा सो विचार व्यक्त गरिएको हो ।
प्रधानमन्त्री प्रचण्ड मङ्गलबार र बुधबार अमेरिकी विदेश विभागका मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने सहायक विदेशमन्त्री रिचार्ड बाउचर, अन्य विभिन्न व्यक्तित्वहरूसाग भेट तथा छलफल कार्यक्रममा व्यस्त हुनुभयो ।
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कस्थित एसिया सोसाइटीद्वारा बुधबार आयोजित 'नया नेपालः शान्ति र लोकतन्त्रका चुनौतीहरू' विषयक अन्तरक्रिया कार्यक्रममा नेपालमा शान्ति, नया संविधान निर्माण र आर्थिक उन्नतिमा जोड दिइएको बताउनुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चुनाव जितेर यहासम्म आइपुगेकोमा आˆनो सपना साकार भएको पनि जनाउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका विदेश मामिलासम्बन्धी विभागका श्यामुअल ताम्राटले नेपालको शान्ति प्रक्रिया र राज्यको संरचनाका बारेमा गरेको प्रश्नको उत्तरमा प्रधानमन्त्री प्रचण्डले राज्यको पहिलो प्राथमिकता भनेको शान्ति प्रक्रिया भएको र राज्यको पुनर्संरचनाका धेरै कुरा मिलिसकेको उल्लेख गनुर्भयो ।
उहाले आगामी छ महिनाभित्र यसका प्राविधिक कुरा पनि मिल्दै जाने र आगामी एक वर्षभित्र संविधान निर्माणको प्रक्रिया पनि पूरा हुने बताउनुभयो ।
प्रम प्रचण्डले आफू अमेरिकी क्रान्तिबाट समेत प्रभावित भएको पनि बताउनुभयो ।
अन्तरक्रियाकै क्रममा अमेरिकाले नेपाललाई आतङ्कवादीको सूचीबाट नहटाएको सम्बन्धमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री प्रचण्डले आफूले अमेरिकी अधिकारीहरूसागको भेटमा आˆनो सरकार जनताको मत पाएर आएको र आफूहरू शान्ति प्रक्रियामा अगाडि बढिसकेका कारण अमेरिकाले जुन बिल्ला लगाएको छ, त्यसमा पुनर्विचार गर्नुपर्ने भनिसकेको र त्यसप्रति अमेरिकी अधिकारीहरू सकारात्मक रहेको आफूले पाएको बताउनुभयो ।
नेपालमा बढ्दो युवा समूहका लागि विशेष के कार्यक्रम छ भन्ने अर्को प्रश्नको उत्तरमा प्रधानमन्त्रीले यसपटकको आर्थिक बजेटमा समेत युवाका लागि विशेष कार्यक्रम सुरु गरिएको जनाउदै दक्ष युवाशक्ति निर्माणका लागि आˆनो सरकारले जोड दिने बताउनुभयो ।
नेपाललाई आफूहरूले स्विजरल्यान्डभन्दा राम्रो बनाउने पक्षमा रहेको बताउदै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष विशेष अनुरोध गर्नुभयो ।
छिमेकी मुलुक भारत र चीनका सम्बन्धमा पञ्चशीलका आधारमा आˆनो दौत्य सम्बन्ध रहादै जाने र नेपालको विकासका लागि छिमेकी मुलुकहरूले पनि सहयोग गर्ने जानकारी गराउदै काठमाडौ ल्हासा राजमार्ग निर्माण र भारतले विद्युतीय रेलमार्गका लागि सहयोग गर्ने जानकारीसमेत उहाले गराउनुभयो ।
त्यसैगरी आर्थिक विषयसम्बन्धी प्रश्नहरूको उत्तरमा प्रधानमन्त्री प्रचण्डले आफूहरू सामन्तवादी अर्थतन्त्रको विपक्षी तर आफूहरू पूजीवादी अर्थ व्यवस्थाको विपक्षमा नरहेको जनाउदै निजी र सार्वजनिक दुवैखाले लगानीबाट सहकारीहरू स्थापना गरेर ग्रामीण अर्थतन्त्रलाई उकास्ने कुरा उहाले बताउनुभयो ।
नेपालको गलैचा व्यापार खस्केको बारेमा एक अमेरिकी गलैचा व्यापारीले सोधेको प्रश्नमा गलैचा व्यापारलाई पहिलेकै स्थितिमा पुर्याउन आफू लागिपर्ने आश्वासन पनि प्रधानमन्त्रीले दिनुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका विदेश मामिला विभागका श्यामुअल ताम्राटले प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत तथा राजनीतिक परिचय गराउनुभएको थियो भने एसिया सोसाइटीका विशाखा देसाईले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विदेशी पत्रकार, नेपालप्रति चासो राख्ने अमेरिकीहरू, अनमिनका सदस्यहरू, नेपालका लागि अनमिनका प्रमुख इयान मार्टिन, डा. कुलचन्द्र गौतमलगायत भ्रमण दलका सदस्यहरू उपस्थित हुनुहुन्थ्यो ।एसिया सोसाइटीद्वारा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आˆनो सरकार नेपालमा स्थायी शान्ति, प्रजातन्त्र र मानवअधिकारप्रति प्रतिबद्ध हुदै अगाडि बढ्ने जनाउनुभएको छ ।
प्रधानमन्त्री 'प्रचण्ड'ले मङ्गलबार दिउसो अमेरिकी विदेश विभागका मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने सहायक विदेशमन्त्री रिचार्ड बाउचरसितको भेटमा सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले नेपालको आर्थिक विकासको क्षेत्रमा सघाउन पनि आग्रह गर्नुभएको थियो ।
सहायक विदेशमन्त्री बाउचरले केही समयपछि नै आफू नेपाल भ्रमणका लागि आउने जानकारी दिनुहुदै अमेरिकी सरकारले नेपालको आर्थिक विकासका लागि सक्दो सहयोग गरिने वचन पनि दिनुभएको थियो ।
भेटवार्तामा प्रधानमन्त्रीसाथ नेपाल सरकारका मुख्यसचिव डा. भोजराज घिमिरे, प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहादुर बस्नेत, परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्य, प्रधानमन्त्रीका सल्लाहकार हिराबहादुर थापाको समेत उपस्थिति थियो ।
भेटघाटका अवसरमा नेपाललाई अमेरिकाले आतङ्ककारीको सूचीबाट हटाउने वा नहटाउने भन्ने विषयमा प्रवेशै नगरिएको टोलीका एक सदस्यले गोरखापत्रलाईर् जानकारी गराए ।
यस्तै प्रधानमन्त्री प्रचण्ड न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधिको कार्यालयको निरीक्षणका लागि पुग्नुभएको थियो । उक्त अवसरमा वर्तमान सरकारले कुनै पनि राजदूतावासमा रहेका राजदूतहरूलाई पहिलेको सरकारले जस्तो आफूले ननिकाल्ने बताउदै नेपाल सरकारलाई सहयोग गर्न सबै कर्मचारी तथा उपस्थित राजदूतहरूलाई आग्रह गर्नुभएको थियो ।
मङ्गलबार दिउासो नै प्रधानमन्त्री प्रचण्डले कतारका सेख हामिद बिनसाग दुई देशबीचको सम्बन्ध विस्तार र नेपालमा लगानी, नेपाली मजदुरको बजारजस्ता कुरामा कुराकानी भएको कुरा मिसनद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी क्युवाका प्रथम उपराष्ट्रपति होसे रामोन माखाडो भेन्टुरा, मङ्गोलियका प्रधानमन्त्री बायर सानजसाग पनि नेपालको शान्ति प्रक्रिया र विभिन्न विषयहरूमा छलफल भएको थियो ।
साझ प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि-मुनले राष्ट्रप्रमुखहरूलाई दिनुभएको रात्रिभोजमा सहभागी हुनुभएको कुरा न्युयोर्कस्थित नेपाल मिसनले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी गराएको छ ।