अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
बाढीपीडितलाई पाँच अर्ब
 

बाजुरा, असोज ९ गते । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुदूरपश्चिमका बाढी र पहिरोपीडितको राहतका लागि रकमको अभाव नहुने बताउनुभएको छ । "सरकार सुदूरपश्चिका बाढी पहिरोपीडितका लागि पाच अर्ब रुपिया खर्च गर्न तयार छ", उहाले भन्नुभयो, "त्यही बुझ्न म सुदूरपश्चिममा भ्रमणमा छु ।" सुदूरपश्चिमका बाढीप्रभावित सातै जिल्लाको भ्रमणका क्रममा बिहीबार उपप्रधानमन्त्री गौतमले काठमाडौ पुग्नेबित्तिकै रकम निकासा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निरीक्षणका क्रममा उपप्रधानमन्त्री गौतमले जनतालाई राहत दिन सरकारले कुनै कसर बाकी नराख्ने बताउनुभयो । बाढीप्रभावित क्षेत्रका जनताप्रति सरकार सचेत छ भन्दै उहाले छिटोभन्दा छिटो राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बैतडीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई सबै पक्षसाग मिलेर राहत वितरण गर्न निर्देशन दिनुभएको थियो । उहाले राहत रकम कति कुन जिल्लालाई कति चाहिन्छ भन्ने यकिन गरेर गृह मन्त्रालयलाई खबर गर्न पनि निर्देशन दिनुभएको थियो ।

भ्रमणका क्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले पनि भ्रमणका क्रममा बाढीपीडितको सहयोगका लागि कुनै कसुर बााकी नराख्ने बताउनुभयो । भ्रमणमा सुदूरपश्चिमका १२ जना सभासद्को समेत सहभागिता रहेको थियो ।

कार्यवाहक प्रधानमन्त्रीलाई निमित्त क्षेत्रीय प्रशासक वसन्त भट्टराईले बाढीपहिरोका कारण सुदूरपश्चिममा हालसम्म ४० जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

भट्टराईका अनुसार गत शुक्रबार र शनिबारको बाढी र पहिरोमा परेर कैलालीमा १४, कञ्चनपुरमा १२, डोटीमा छ, बझाङमा पाच, डडेल्धुरामा चट्याङ्बाट एक, बाजुरा र दार्चुलामा पनि १/१ जनाको मृत्यु भएको छ । बाजुराका सभासद् देवराज जोशीले भने भट्टराईको भनाइमा असहमति जाहेर गर्दै यो वर्षको बाढी, पहिरोले बाजुरामा २४ जनाको मृत्यु भएको बताउनुभयो ।

सबैभन्दा बढी क्षति भएको कैलालीमा १७ हजार परिवार विस्थापित भएको बताउदै भट्टराईले सुदूरपश्चिममा २७ हजार हेक्टर बिघा जमिनको बालीनाली नष्ट भएको जानकारी दिनुभएको थियो ।

तर विभिन्न जिल्लाका बाढीपीडितले भने आफूहरूले राहत नपाएको गुनासो गरेका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले दैवीप्रकोप समितिमा रहेको सात लाख रुपिया बाढीपीडितलाई वितरण गरेर सकिएको बताउनुभयो ।

उता बाजुरा पुगेका कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा 'प्रभाकर'लाई बाजुराबासीले छुट्टै खालका माग राखेका छन् ।

बाजुराबासीले बाजुरालाई कणर्ालीसरह विभिन्न सुविधा दिइनुपर्ने, सदरमुकामसम्म सडक यातायात पुर्‍याउनुपर्ने, बाजुराका तीनमध्ये एकलाई आङ्गिक क्याम्पस बनाउनुपर्नेलगायतका माग राखेका छन् । मागबारे सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीले बाजुरा जस्ता दुर्गम जिल्लाका लागि विशेष पहल गर्ने बताउनुभयो ।

शान्तिमन्त्री शर्माले पनि सरकारले बाजुराका विषयमा सोचिरहेको बताउादै विगतको तुलनामा बाजुराको बजेट अत्यधिक बढाइएको छ भन्नुभयो ।

बाजुराको सडकका लागि मात्रै १७ करोड रुपैयाा खर्च छुट्याइएको र आवश्यक परे थप रकम दिने उहाले बताउनुभयो ।

उता कञ्चनपुर समाचारदाताले पठाएको अर्को समाचारमा बाढीग्रस्त क्षेत्रको समस्या बुझ्न बुधबार कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढीपीडितहरूलाई स्वास्थ्य समस्या आउन नदिने बताउनुभएको छ । स्वास्थ्यमन्त्री पोखरेलले महामारी फैलिन नदिन चौपाया र खानेपानीलगायतका समस्या समाधान गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको बताउनुभयो ।

उहाले कैलाली र कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा तत्काल स्वास्थ्य समस्या निम्तिन नदिन एक लाख ५० हजार रुपिया एक जिल्लालाई मन्त्रालयबाट औषधी खरिदका लागि निकासा गरिएको जानकारी गराउनुभएको छ ।

उता महाकाली समाचारदाताका अनुसार सुदूरपश्चिमको बाढीप्रभावित क्षेत्रमा स्वास्थ्यटोली पुगे पनि विस्थापितले स्वास्थ्यसेवा पाउन सकिरहेका छैनन् । गाउामा विभिन्न रोग देखा परेको छ भने टोलीसाग उपचारका लागि औषधीको समेत अभाव छ । टोलीले सीमित क्षेत्रमा मात्र परीक्षण गरिरहेको उनीहरूको गुनासो छ ।

शङ्करपुर गाविस वडा नं. २ का रामसिंह रानाका अनुसार स्वास्थ्यटोली बिनाऔषधी पुग्ने गरेको छ । गाउमा औषधीको अभाव रहेकाले उचित स्वास्थ्यसेवा पाउन नसकेको विस्थापितले बताएका छन् ।

बाढीका कारण मरेका चौपाया तथा पक्षीको सिनो गन्हाउन थालेको छ । उचित व्यवस्थापन नगरिदा स्वास्थ्यसेवामा नकारात्मक असर पर्ने प्ररासन स्वास्थ्यकेन्द्रका अहेव अकेन्द्र ओझाले बताउनुभयो । गाउमा स्वास्थ्यटोली पुगे पनि रुघाखोकी, निमोनिया, झाडापखाला, हैजालगायतका सङ्क्रमण देखा परेको बताउादै देखतभुली गाविस वडा नंं. १ का भगत रानाले पाच सयभन्दा बढी बच्चाले स्वास्थ्यसेवा पाउन नसकेको जानकारी दिनुभयो ।

पशु सेवा कार्यालयका प्रमुख डा. वेदप्रकाश भट्टका अनुसार मरेका पशुपक्षीलाई समयमा व्यवस्थापन गर्न नसके रोगको सङ्क्रमण फैलनसक्छ ।

यसैगरी धनगढी समाचारदाताले पठाएको समाचारअनुसार बाढीका कारण कैलालीको बिकट पहाडी गाविस खैरालामा समेत दस घरपरिवार विस्थापित भएका छन् । सदरमुकाम धनगढीदेखि डेढ दिनको पैदलबाटो टाढा भएका कारण यहााको क्षतिबारे ढिलो जानकारी प्राप्त भएको हो ।

बिहीबारसम्म पनि कैलालीका अति जोखिम क्षेत्र मानिने पवेरा, धनसिहपुर, भजनी, लालबोझी गाविसमा पानी भरिएकाले राहतमा कठिनाइ भइरहेको उद्धार संयोजन समितिका केशवराज भट्टले बताउनुभयो ।

छन् । मागबारे सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीले बाजुरा जस्ता दुर्गम जिल्लाका लागि विशेष पहल गर्ने बताउनुभयो ।

शान्तिमन्त्री शर्माले पनि सरकारले बाजुराका विषयमा सोचिरहेको बताउदै विगतको तुलनामा बाजुराको बजेट अत्यधिक बढाइएको छ भन्नुभयो ।

बाजुराको सडकका लागि मात्रै १७ करोड रुपैया खर्च छुट्याइएको र आवश्यक परे थप रकम दिने उहाले बताउनुभयो ।

कञ्चनपुर समाचारदाताका अनुसार बाढीग्रस्त क्षेत्रको समस्या बुझ्न बुधबार कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढीपीडितहरूलाई स्वास्थ्य समस्या आउन नदिने बताउनुभएको छ । स्वास्थ्यमन्त्री पोखरेलले महामारी फैलिन नदिन चौपाया र खानेपानीलगायतका समस्या समाधान गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको बताउनुभयो ।

उहााले कैलाली र कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा तत्काल स्वास्थ्य समस्या निम्तिन नदिन एक लाख ५० हजार रुपिया एक जिल्लालाई मन्त्रालयबाट औषधी खरिदका लागि निकासा गरिएको जानकारी गराउनुभएको छ ।

महाकाली समाचारदाताका आनुसार सुदूरपश्चिमको बाढीप्रभावित क्षेत्रमा स्वास्थ्यटोली पुगे पनि विस्थापितले स्वास्थ्यसेवा पाउन सकिरहेका छैनन् । गाउमा विभिन्न रोग देखा परेको छ भने टोलीसाग उपचारका लागि औषधीको समेत अभाव छ । टोलीले सीमित क्षेत्रमा मात्र परीक्षण गरिरहेको उनीहरूको गुनासो छ ।

शङ्करपुर गाविस वडा नं. २ का रामसिंह रानाका अनुसार स्वास्थ्यटोली बिनाऔषधी पुग्ने गरेको छ । गाउामा औषधीको अभाव रहेकाले उचित स्वास्थ्यसेवा पाउन नसकेको विस्थापितले बताएका छन् ।

बाढीका कारण मरेका चौपाया तथा पक्षीको सिनो गन्हाउन थालेको छ । उचित व्यवस्थापन नगरिदा स्वास्थ्यसेवामा नकारात्मक असर पर्ने प्ररासन स्वास्थ्यकेन्द्रका अहेव अकेन्द्र ओझाले बताउनुभयो । गाउमा स्वास्थ्यटोली पुगे पनि रुघाखोकी, निमोनिया, झाडापखाला, हैजालगायतका सङ्क्रमण देखा परेको बताउादै देखतभुली गाविस वडा नं. १ का भगत रानाले पाच सयभन्दा बढी बच्चाले स्वास्थ्यसेवा पाउन नसकेको जानकारी दिनुभयो ।

पशु सेवा कार्यालयका प्रमुख डा. वेदप्रकाश भट्टका अनुसार मरेका पशुपक्षीलाई समयमा व्यवस्थापन गर्न नसके रोगको सङ्क्रमण फैलनसक्छ ।

यसैगरी धनगढी समाचारदाताले पठाएको समाचारअनुसार बाढीका कारण कैलालीको बिकट पहाडी गाविस खैरालामा समेत दस घरपरिवार विस्थापित भएका छन् । सदरमुकाम धनगढीदेखि डेढ दिनको पैदलबाटो टाढा भएका कारण यहााको क्षतिबारे ढिलो जानकारी प्राप्त भएको हो ।

बिहीबारसम्म पनि कैलालीका अति जोखिम क्षेत्र मानिने पवेरा, धनसिहपुर, भजनी, लालबोझी गाविसमा पानी भरिएकाले राहतमा कठिनाइ भइरहेको उद्धार संयोजन समितिका केशवराज भट्टले बताउनुभयो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home