नेपालगन्ज, असोज १३ गते । दसैँ मनाउन घर जान हिडेका कर्णाली अञ्चलका एक हजारभन्दा बढी विद्यार्थी नेपालगन्ज विमानस्थलमा एक सातादेखि अलपत्र परेका छन् ।पर्याप्त मात्रामा हवाई उडान नभएकाले ती विद्यार्थीलगायत अन्य सयौ सर्वसाधारण पनि अलपत्र परेका हुन् । कर्णाली अधिकार समन्वय समितिका संयोजक नरेन्द्रनाथ योगीका अनुसार काठमाडौलगायत मुलुकका विभिन्न स्थानमा अध्ययनरत कर्णाली अञ्चलका ती विद्यार्थी दसैका लागि घर जान गत साता नै नेपालगन्ज पुगेका थिए । आवश्यक हवाई उडान नहुदा राझा विमानस्थल पुगेका विद्यार्थीहरू विमानस्थलबाहिरै अलपत्र परेको संयोजक योगीले बताउनुभयो ।
यसैगरी कर्णालीका पाचवटै जिल्ला सदरमुकाममा पनि त्यहा रहेका दर्जनौ सरकारी कार्यालयका कर्मचारीहरू आआˆनो घर फर्किने आशमा अलपत्र परेको योगीले बताउनुभयो ।
चार्टड उडानबाहेक कर्णालीका लागि नेपालगन्जबाट हाल सातामा १६ वटा मात्र नियमित उडान हुने गरेका छन् । ती उडानबाट यति ठूलो सङ्ख्यामा रहेका यात्रुहरूलाई ओसारपोसार गर्न असम्भव भएको छ ।
सोही समस्यालाई दृष्टिगत गरी कर्णालीवासीले कर्णालीका लागि दैनिक पाचभन्दा बढी उडान थप गर्न विमान कम्पनीहरूसाग माग गरेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कणर्ालीलगायत देशका २१ हिमाली र पहाडी जिल्लामा दसैा तिहारको समयमा आवश्यकताअनुसारको थप उडान गर्न परिपत्र गरे पनि सो परिपत्रलाई सबैले बेवास्ता गरेको पाइएको छ ।
यसैबीच दुई तीन दिनभित्र विद्यार्थीलाई घर पठाउने व्यवस्था नगरिए कडा आन्दोलन गर्दै नेपालगन्ज विमानस्थलबाट एउटा पनि उडान हुन नदिने चेतावनी कर्णाली अधिकार समन्वय समितिले दिएको छ ।
काठमाडौबाट डोल्पा जान आएका विद्यार्थी रमेश थापाले आफूहरू घर जान नसके कसैलाई पनि घर जान नदिने बताउदै धर्ना र हडताल गरेर दसै मनाउन बाध्य हुने बताउनुभयो ।
आफूसाग भएको विमान र क्षमताबमोजिम उडान गराइरहेको तर त्यो धेरै अपुग भएको नेपाल वायुसेवा निगमका क्षेत्रीय प्रमुख रामबहादुर थापाले जनाउनुभयो ।