गोरखापत्र समाचारदाता
काठमाडौा, असोज १६ गते । सरकारमा सम्मिलित राजनीतिक दलहरूले तीन दिनभित्र उच्चसतरीय राजनीतिक संयन्त्र बनाउने निधो गरेका छन् ।
ती दलका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले उच्चसतरीय संयन्त्र नबन्दा सरकारको कामकारबाही प्रभावकारी बनाउन समसया परेको निष्कर्षसहित सो निर्णय गरेको हो ।
संयन्त्र गठनका लागि राजनीतिक दलहरूले आआˆनो दलबाट तीन दिनभित्र नाम पठाउने भएका छन् । अघिल्लो सरकारका पालामा पनि सरकारमा सम्मिलित दलहरूले यसतो संयन्त्र बनाउने निर्णय भए पनि संयन्त्र बन्न सकेको थिएन ।
संयन्त्रको कार्यालय कहाा सथापना गर्ने र अध्यक्षता कसरी गर्ने भन्ने विषयमा अर्को बैठकमा छलफल हुने नेकपा -एमाले)का सथायी कमिटी सदसय अमृतकुमार बोहराले बताउनुभयो ।
बैठकमा दसैा, इद र तिहारजसता चाडपर्वको मुखमा आपूर्ति समसया र अनियन्त्रित मूल्यवृद्धिका बारेमा पनि सरकारको ध्यानाकर्षण गराइएको एमाले नेता बोहराले जानकारी दिनुभयो ।
वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले आपूर्ति व्यवसथा सहज बनाउन मन्त्रालयले जिम्मेवारीपूर्वक काम गरिरहेको आफूले जानकारी दिएको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आˆनो भारत तथा अमेरिका भ्रमण तथा राष्ट्रस्घीय महासभामा सहभागिताका बारेमा सरकारमा सहभागी दलहरूलाई जानकारी गराउनुभएको थियो ।
यसैगरी बैठकले राजनीतिक बन्दीहरूलाई दसैाको अवसरमा मुक्त गर्ने निर्णय पनि गरेको छ । यसका लागि गृह मन्त्रालय र कानुन, न्याय तथा संविधानसभा मन्त्रालयले मापदण्ड बनाउने निधो भएको मन्त्री महतोले जानकारी दिनुभयो । उहााका अनुसार बढी उमेरका, आचरण सुधि्रएका र राजनीतिक मुद्दामा फसाइएकाहरूलाई कानुनी प्रक्रिया पूरा गरेर कैद मिनाहा गर्ने सहमति भएको मन्त्री महतोले बताउनुभयो ।
बैठकमा सरकार सञ्चालनका लागि उच्चसतरीय संयन्त्र बनाउने र राजनीतिक बन्दी रिहाइका बारेमा छलफल भएको नेकपा -माओवादी)का वरिष्ठ नेता मोहन वैद्य किरणले बताउनुभयो ।