काठमाडौँ, असोज १८ गते । राष्ट्रपति डा. रामवरण यादवले कला र संसकृतिको माध्यमबाट लोकत्रान्तिक गणतन्त्रलाई संसथागत गर्न सकिने बताउनुभएको छ ।
सहिद सम्मान कोष नेपाल र नेपाल अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा शनिबार राजधानीमा आयोजित जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका वीर वीराङ्गना सहिदहरूको समृति र सम्मानमा आयोजित गणतान्त्रिक सांसकृतिक सङ्गम कार्यक्रममा राष्ट्रपति यादवले सम्पूर्ण देशवासी एक भए देशको विकास हुने पनि बताउनुभयो ।
राष्ट्रपति यादवले मधेस, पहाड र हिमाल जहाँका भए पनि मनमा नेपाली भावना राख्नुपर्ने र नेपाली भनेर चिनाउनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले युद्धको बदलामा युद्ध कहिल्यै पनि सफल हुँदैन भन्नुभयो । उहाँले तराईमा आन्दोलनरत सशसत्र समूहलाई हिंसा छोडेर नयाँ नेपाल निर्माणमा सरिक हुन र सरकारले आहृवान गरेको वार्तामा सहभागी हुनसमेत आग्रह गर्नुभयो ।
उहाँले सहिद सम्मान कोषलाई गृह मन्त्रालयले सहयोग गर्नेसमेत बताउनुभयो ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकलाई एकताबद्ध रूपमा लग्न सबै जातजाति, भाषा संसकृति र धर्म सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान निर्माण प्रक्रियालाई समयमै सक्न सबैले साथ दिनुपर्ने बताउनुभयो ।
एमाले महासचिव झलनाथ खनालले दिगो शान्तिसहितको समृद्ध नेपाल निर्माणको अभियानमा पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको सामाजिक-आर्थिक क्षेत्रको रुपान्तरण गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याइनेसमेत बताउनुभयो ।
एमालेका पूर्वमहासचिव माधव नेपालले तोकिएको समयमा संविधान निर्माण गर्न सबै राजनीतिक दल एकबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले संविधानमार्फत राजनीतिक सथायित्व, दिगो शान्तिसहित आर्थिक क्रान्ति गर्नुपर्नेसमेत बताउनुभयो ।
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रियता, अखण्डता, जातीय सद्भाव र समृद्ध नयाँ नेपाल निर्माण गर्ने अभियानमा काङ्ग्रेसले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादी नेता तथा सहिद प्रतिष्ठान नेपालका अध्यक्ष पोष्टबहादुर बोगटीले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका कारण मुलुक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बताउनुभयो । उहाँले जनचाहनाअनुरूप निर्धारित समयमै संविधान निर्माण गरिने बताउनुभयो । उहाँले सहिद प्रतिष्ठान द्वन्द्वपीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता विश्वकान्त मैनाली, नागरिक समाजका प्रतिनिधि दमननाथ ढुङ्गाना र गणतान्त्रिक सांसकृतिक सङ्गमका संयोजक कृष्ण केसीले घोषित मितिमा संविधान निर्माण गर्न दलहरूलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा गणतान्त्रिक कलाकारहरू रामकृष्ण दुवाल, मह जोडी, रामेश, रायन, रामकृष्ण ढकाल, दीपक लिम्बू, रिमा गुरुङ, माइला लामा, मधु गुरुङलगायतका कलाकारले साङ्गीतिक कोसेली प्रसतुत गर्नुभएको थियो । कार्यक्रममा नेवाः जनसांसकृतिक मंका गुथी समूहले नत्ृय प्रसतुत गरेको थियो ।
कार्यक्रममा विजयादशमी र दीपावली तथा इदको उपलक्ष्यमा सबै देशवासीलाई नेता, नागरिक समाजका प्रतिनिधि, कलाकार र सर्वसाधारणले शुभकामना दिएका थिए ।