वासिङ्टन -डीसी), असोज २६ गते । अन्तर्राष्ट्रिय दातृ समुदायले नेपाललाई थप सहयोग दिने आश्वासन दिएका छन् ।
विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष समूहको वाषिर्क बैठकमा भाग लिन आउनुभएका अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई दुईपक्षीय र बहुपक्षीय दातृ निकायका वरिष्ठ अधिकारीहरूले यसतो आश्वासन दिएका हुन् ।
अर्थमन्त्री भट्टराई र बेलायत तथा डेनमार्कका मन्त्रीहरूबीच शनिबार भेटवार्ता भएको थियो । यसतै, विश्व बैङ्कका कार्यकारी निर्देशक, दक्षिण एसिया उपाध्यक्ष, एसियाली विकास बैङ्कका अध्यक्षसाग पनि अर्थमन्त्रीले परामर्श वार्ता गर्नुभएको थियो ।
बैङ्कका वरिष्ठ अधिकारीहरूले बजेट र सरकारद्वारा ल्याइएका कार्यक्रम कार्यान्वयन भए थप सहयोग दिने आश्वासन दिएको बैठकका सहभागी उच्च सरकारी अधिकारीले बताए ।
अर्थमन्त्री भट्टराईले बैङ्कलगायत दातृ निकायसाग बजेट सहयोगका लागि आग्रह गर्नुभएको थियो । उहााले द्वन्द्वपछि नेपाल पुनर्निर्माणको क्रममा भएकाले जनआकाङ्क्षा पूरा गर्न थप वित्तीय सहयोग आवश्यक परेको दातृ निकायका अधिकारीहरूलाई जानकारी दिनुभएको थियो ।
जनताको उच्च आकाङ्क्षा पूरा गर्न केही ठूलो आकारको बजेट ल्याएको र यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता अर्थमन्त्रीले व्यक्त गर्नुभएको थियो ।
चालू अािर्थक वर्षको बजेटमा नेपालले करिब ६५ अर्ब विदेशी सहयोग प्राप्त हुने अनुमान गरेको छ । सोही आधारमा बजेटमा योजना तथा कार्यक्रम ल्याइएको छ ।
सुशासन, भष्ट्राचार निवारण, निजी लगानीका लागि उपयुक्त वातावरण, समाजिक सेवाको गुणसतर अभिवृद्धिलगायतका क्षेत्रमा सुधार भए बजेट सहयोग दिने आश्वासन बैङ्कका वरिष्ठ अधिकारीले दिएको बैठकका सहभागीले बताए ।
नेपालको प्राकृतिक स्रोतको उपयोग र सामाजिक अािर्थक राजनीतिक परिवर्तनलाई दिगो समर्थनका लागि पनि अर्थमन्त्री डा. भट्टराईले सहयोगका लागि आग्रह गर्नुभएको थियो । गरिबी, अशिक्षाका कारण सामाजिक सङ्घर्षको सिथति आएको र दिगो शान्ति र आर्थिक सम्पन्नताका लागि दातृ समुदायको सहयोग जरुरी भएको अर्थमन्त्रीले बताउनुभएको थियो ।