काठमाडौ, असोज २७ गते । मन्त्री पदबाट हटेको दुई महिना बितिसक्दा पनि अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले मन्त्री छदा चढ्ने गर्नुभएको गाडी चढ्न छोड्नुभएको छैन ।
सरकारले उपलब्ध गराएको गाडीमा चित्त नबुझी गुप्ताले आफू मन्त्री भएका बखत साल्ट ट्रेडिङ कर्पोरेसनको गाडीमा झन्डा लगाएर हिाड्ने गर्नुहुन्थ्यो । कर्पोरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले चढ्ने गरेको बा.४च २८६४ नम्बरको सो गाडी पटकपटक नम्बरप्लेट फेर्दै गुप्ताले अहिले पनि चढिरहनुभएको छ ।
गुप्ता मन्त्री बहाल हुदा मन्त्रीको निजी सचिवालयले पत्राचार गरी कर्पोरेसनबाट सो गाडी मगाएको कर्पोरेसनका महाप्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।
पहिले निजी प्रयोजन -रातो नम्बर प्लेट)को सो गाडीलाई मन्त्री गुप्ताले मन्त्रीले चढ्ने गाडीको -तीन रङको) नम्बरप्लेटमा परिवर्तन गराउनुभएको थियो । निजी गाडीका लागि प्रयोग हुने 'च'लाई हटाएर मन्त्रीले चढ्ने 'झ' बनाइएको थियो । मन्त्री पदबाट हटेपछि गुप्ता आफैले फेरि गाडीको नम्बरप्लेटलाई रातारात परिवर्तन गरी रातो नम्बरप्लेट टासिदिनुभयो । यसअघि मन्त्रीले चढ्ने गाडीको नम्बर प्लेट पनि कानुनी प्रक्रिया नपुर्याई टासिएको थियो ।
मन्त्री पदबाट हटेपछि आफूले उपभोग गर्दै आएको सरकारी सेवासुविधा सरकारलाई बुझाउनुपर्ने कानुनी प्रक्रियालाई मिच्दै गुप्ताले सो गाडीलाई आˆनो घर भैरहवा लगी निजी काममा लगाउनुभएको छ । भैरहवामा यसै साता सुरु हुने नेपाल सद्भावना पार्टी -आनन्दी)को महाधिवेशनका लागि सो गाडी प्रयोग गरिएको स्रोतले जनायो ।
मन्त्री पदबाट हटेपछि मन्त्रालयलाई गाडी फिर्ता नगरेको गुप्ताले सवीकार गर्नुभयो । यति मात्र होइन उहाले गाडीको बारेमा धेरै सोधीखोजी गरे गाडीमा आगो लगाइदिने धम्की पनि दिनुभयो । चेतावनीका भाषामा उहाले भन्नुभयो, "मलाई गाडीको सम्बन्धमा बढी 'टर्चर' दियो भने गाडीमा आगो लगाइदिन्छु या पहाडको कुनै खोल्सा, कन्दरामा खसाइदिन्छु ।"
मन्त्री पदबाट हटे पनि मन्त्रीले प्रयोग गर्ने गाडीमा सयर गरिरहनुमा उहालाई कत्ति पनि सङ्कोच छैन । उहाको आˆनै तर्क छ, "गिरिजाप्रसाद कोइराला, माधव नेपालले सरकारी गाडी चढ्न हुने, मैले चढ्दाचाहिा सारा देश मेरो पछाडि लाग्नुपर्ने किन ?"
साल्ट ट्रेडिङले आफूलाई सो गाडी उपहार दिएको दाबी पनि उहाले गर्नुभयो । "मलाई त्यो गाडी साल्ट ट्रेडिङले निजी रूपमा दिएको हो, माग्यो भने फिर्ता गर्छु", उहाले भन्नुभयो ।
कर्पोरेसनका महाप्रबन्धक श्रेष्ठ भने कसैलाई व्यक्तिगत रूपले नभई मन्त्रालयको आधिकारिक पत्रअनुसार नै गाडी दिएको बताउनुहुन्छ । कर्पोरेसनले गुप्ता मन्त्री पदबाट हटेपछि गाडी फिर्ता पठाउन आग्रह गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । "गाडी फिर्ता पठाउन गुप्तासाग आग्रह गरेका थियौा तर फर्काउन आनाकानी गरेपछि हामीले मन्त्रालयलाई नै गाडी फिर्ता पठाइदिन भनेका छौ", श्रेष्ठले भन्नुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडी फिर्ता गर्न बारम्बार ताकेता गर्दा पनि गुप्ताले गाडी नफर्काएको मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले बताउनुभयो । "मन्त्रालयले गाडी फिर्ता गर्न गुप्तालाई बारम्बार ताकेता गर्दा पनि फिर्ता नगरेपछि गृह मन्त्रालय र ट्राफिक प्रहरीलाई गाडी पक्रन पत्राचार गरेका छौ", सचिव ओझाले भन्नुभयो ।
मन्त्रालयले धेरैचोटि गाडी माग्दा गुप्ताले पार्टीको महाधिवेशन नसिद्धिउन्जेल फिर्ता नगर्ने जवाफ दिने गरेको सचिव ओझाले बताउनुभयो ।
मन्त्रालयको पत्र गृह र ट्राफिक प्रहरी दुवैले प्राप्त गरिसकेको बताएका छन् । पत्रउपर कारबाही अगाडि बढाउन गृहले तयारी गरिरहेको गृह मन्त्रालय, आन्तरिक व्यवसथा महाशाखाले जनाएको छ ।
त्यसैगरी ट्राफिक प्रहरी महाशाखाले पनि सो गाडीका बारेमा ट्राफिकको सम्पूर्ण पोसटमा जानकारी गराइसकेको र देख्नेबित्तिकै समात्न निर्देशन दिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक श्रीराम तिवारीले जानकारी दिनुभयो ।