रौतहट, असोज २८ गते । पूर्व-पश्चिम राजमार्ग सडक खण्डस्थित चन्द्रनिगाहपुरको यात्रु प्रतीक्षालयमा मङ्गलबार सााझ अज्ञात समूहद्वारा गराइएको शक्तिशाली बम विस्फोटबाट दुई बालबालिका र एक महिलाको घटनास्थलमा मृत्यु भएको छ भने दुई कृषि मजदुरसहित चार सर्वसाधारण घाइते भएका छन् । यसैबीच प्रहरीको गोली लागी एक युवक घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा जुडीबेला गाविसका सानु सिाजालीमगरकी २० वषर्ीया श्रीमती शीला सिाजाली, उनकी दुई वषर्ीया छोरी सृष्टि सिाजाली र सोही गाविसको वसन्त थापामगरको दुई वषर्ीय छोरा दिवस थापा रहेका छन् ।
बमबाट घाइते हुनेहरूमा बाराको गञ्जभवानीपुर घर भई चन्द्रनिगाहपुरमा डेरा गरी बस्ने वर्ष ४५ का पानालाल प्रसाद, मजदुरी गर्न चितवन हिाडेका रौतहट कर्कच पिपरा-६ का कृषि मजदुर सुखलदास तत्मा र आसलान पटेल र सर्लाहीमा बस नपाएपछि चन्द्रनिगाहपुरबाट काठमाडौा जान बसको प्रतीक्षामा बसेका सर्लाही-५ बयलबासका २३ वषर्ीय छविन्द्र केसी रहेका छन् ।
उनीहरूको आकस्मिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा उपचार भइरहेको जनाउादै प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मुक्तिनारायण साहले घाइतेहरूको स्थिति सामान्य रहेको र सुखलदास तत्माको भने ढाडभरि छर्रा लागेकाले उनको स्थिति गम्भीर भएको बताउनुभयो ।
सााझ ४ः१५ बजे फलफूल पसल भएको ठेलागाडामा उक्त बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताए । विस्फोटमा परी मृत्यु भएका आफन्तजन र स्थानीयवासीले प्रहरीको हेलचेक्रयाइाका कारण बम विस्फोट भएको भन्दै राजमार्ग छेउछाउ राखिएको फलफूल तथा तरकारीका ठेलागाडा बीच सडकमा ल्याई आगो लगाई यातायात अवरुद्ध पारेका थिए ।
आक्रोशित स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । ढुङ्गा लागी केही प्रहरीसमेत सामान्य घाइते भएका थिए । स्थानीय दुईवटा होटल ओम गेस्टहाउस र हनुमान गेस्टहाउसमा अपराधी लुकी बसेको आशङ्कामा आक्रोशित भीडले तोडफोड गरी होटलका सरसामान बाहिर ˆयााकी जलाइदिएका थिए ।
स्थिति तनावग्रस्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेसक्याम्प सन्तपुर र भद्रकाली गण पिलुवा बाराबाट थप सहयोग मागेर स्थिति नियन्त्रणमा लिन खोज्दा दुई सिलिन्डर अश्रु ग्यास, एक हवाई फायरिङसमेत गरेका थिए । स्थिति अझ तनावपूर्ण भएपछि प्रहरीले चलाएको गोली लागेर जुडीबेला गाविसकै दीपक मैनाली घाइते भएका छन् । उनको छातीमा गोली लागेको छ । आकस्मिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा प्राथमिक उपचार गरी उनलाई थप उपचारका लागि वीरगन्ज लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिनुभयो ।
स्थिति सामान्य बनाउन प्रहरी उपरीक्षक जयबहादुर चन्दको समेत उपस्थिति रहेको थियो । उपरीक्षक चन्दले अपराधीलाई यथाशीघ्र पक्राउ गरिने आश्वासन दिनुभए पनि स्थिति सामान्य बन्न सकेको छैन ।
पीडित तथा स्थानीयवासीले यथाशीघ्र अपराधीलाइ पक्राउ गरी कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राखी चक्काजाम गरिरहेका छन् । माग पूरा नभएसम्म लाससमेत उठाउन नदिने पीडित परिवारले बताएका छन् । स्थिति अझै तनावग्रस्त नै छ । चन्द्रनिगाहपुरका सम्पूर्ण पसलहरू बन्द छन् र सयौा यात्रु अलपत्र अवस्थामा भोकभोकै भौातारिरहेका छन् ।
अज्ञात स्थलबाट सञ्चारकर्मीलाई टेलिफोन गरी घटनाको जिम्मा सशस्त्र भूमिगत समूह तराई आर्मी र तराई राष्ट्रिय मुक्ति सेनाले संयुक्तरूपमा लिएका छन् ।