काठमाडौ, असोज २९ गते । "बहुदलीय प्रतिस्पर्धा भनेको संसदीय प्रणाली नै हुनुपर्छ भन्ने होइन" भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अगाडि बढाउने विशेष समितिहरू तिहारअगाडि नै बन्ने जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार नेपाल कम्युनिस्ट पार्टी -एमाले) र नेपाली काङ्ग्रेसका नेताहरूबीचमा बसततेर सञ्चारकर्मीलाई यो जानकारी दिनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी -एमाले)द्वारा विजयादशमी तथा दीपावलीको अवसरमा केन्द्रीय कार्यालय, मदननगरमा आयोजित शुभकामना चियापानमा सहभागी प्रधानमन्त्री दाहालले भन्नुभयो- "सेना समायोजनको विशेष समिति पनि तिहारअगाडि नै बन्छ ।"
प्रधानमन्त्रीलेअहिलेको प्राथमिकता शान्ति, संविधान निर्माण र आर्थिक विकास भएको भन्दै नेपाली काङ्ग्रेसलाई पनि सरकारमा सहभागिताका लागि स्वागत गरेको बताउनुभयो । उहााले भन्नुभयो- "संविधान निर्माणमा सम्पूर्ण सहयोग हुनुपर्छ ।"
प्रधानमन्त्री तथा नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डसाग सञ्चारकर्मीहरूले भन्ने गर्नुभएको जनगणतन्त्रको व्याख्या खोजेका थिए । जवाफमा प्रचण्डले भन्नुभयो- "हामीले भनेको जनगणतन्त्र जनताको गणतन्त्र हो, परम्परागत जनगणतन्त्र होइन । सत्तरी वर्षअगाडि जनवादी गणतन्त्रभन्दा सङ्घीयता र बहुदलीयता थिएन । हामीले अहिलेको परिस्थिति अनुसारको जनगणतन्त्रको विकास गर्न चाहेका छौा । जनताको गणतन्त्र संसदीय हुन्छ भन्ने होइन ।"
एक अर्को जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले माओवादी बहुदलीय प्रतिस्पर्धा मानवअधिकार र कानुनको शासनप्रति प्रतिबद्ध भएर आएको स्पष्ट पार्दै भन्नुभयो- "यहााबाट अब कोही र्फकनेवाला छैन ।
यसैगरी अर्को जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले माओवादीले अरू पार्टीलाई धोका दिने गरेको आरोप गलत रहेको बताउादै भन्नुभयो, "हामी धेका नदिई, खुरुखुरु यहाासम्म आएका हौा ।"
माओवादी अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागिताका लागि स्वागत गरे पनि काङ्ग्रेस कहिले सरकारमा आउाछ भन्ने प्रश्न आफूसागै रहनुभएका काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई सोध्न आग्रह गर्नुभयो । कोइरालाले चाहिा आˆनो पार्टीको लक्ष्य अहिले सरकारमा जाने नरहेको बताउनुभयो । काङ्ग्रेस सभापति कोइरालाले भन्नुभयो- "काङ्ग्रेसले प्रतिपक्षामा बसेर सक्रिय भूमिका खेल्न राजनीतिक मान्यताका लागि आफू दुनियााको कुनै शक्तिसित नझुक्ने अडान कोइरालाले व्यक्त गर्नुभयो ।
सरकारको आयुबारे सोधिएको प्रश्नको जवाफमा कोइरालाले भन्नुभयो, "राम्रो काम गरे रामै्र हुन्छ । सरकारकोआयु पण्डितलाई सोध्नोस्" अबको डेढ वर्षभित्र संविधान लेखिसक्नुपर्नेमा जोड दिदै उहाले थप्नुभयो, "अबको प्राथमिकता नयाा संविधान लखेन नै हुनुपर्छ ।"
नेपाली सेनालाई राजनीतिकरण गरिनु नहुने धारणा कोइरालाको थियो । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति स्थापनाको कार्यसमेत गरिरहेकाले त्यसको छविलाई बिगार्न नहुने, तर्क कोइरालाले दिनुभयो । "नेपाली सेना कसैको फकेटको सेना होइन", कोइरालाले भन्नुभयो । उहााले सेनाले यत्रो राजनीतिक परिवर्तनलाई साथ दिएको तर्क दिादै ऊ प्रजातान्त्रिक भइसकेको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो-"जनगणतन्त्र भनेर माओत्सेतुङले ७० वर्षअगाडि जे सोच्नुभएको थियो त्यो होइन, त्यो सङ्घीय गणतन्त्र थिएन र बहुदलीय प्रतिस्पर्धा पनि थिएन ।"
राष्ट्रपतिले मन्दिर जानुमा कस्तो सन्देश जान्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री दाहालले 'धर्म निरपेक्ष राज्य हुादैमा कुनै सरकारको मान्छे, राष्ट्रपति, प्रधानमन्त्री धार्मिकस्थलमा जानै हुादैन भन्ने नियम छैन' भन्ने जवाफ दिनुभयो ।
फूलपातीको दिनमात्र होइन हामी ल्होसार, मुस्लिमको रमजानमा पनि गएका छौं, धर्म निरपेक्ष भएकाले सबै धर्मप्रति समान दृष्टिकोण छ, कसैलाई काखा, कसैलाई पाखा हुादैन, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
चियापान समारोहका आयोजक नेकपा -एमाले)का महासचिव झलनाथ खनालले संविधान बनाउने सर्वोपरि जिम्मेवारी रहेको र जनताले नेकपा -माओवादी) नेपाली, काङ्ग्रेस र नेकपा -एमाले)लाई यो जिम्मवारी बोकाएको बुझेर यी तीन पार्टी एकसाथ अगाडि बढ्नुपर्ने बताउनुभयो । -एमाले)का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले दसैा र तिहारको अवसरमा चियापान समारोह आयोजना गर्ने परम्परा प्रारम्भ गर्नुभएको थियो ।
यसपटक एमाले महासचिव झलनाथ खनालले आयोजना गर्नुभएको चियापानमा पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीहरू उच्चपदस्थ पदाधिकारी तथा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणसमेतको उपस्थिति थियो ।
पिपुल्स भोलेन्टियर्सका सदस्यहरू व्यवस्थापनमा खटिएको सो समारोहमा पाहुनाहरूलाई एमाले महासचिव खनाल, पूर्वमहासचिव माधवकुमार नेपाल, उपप्रधानमन्त्री वामदेव गौतम, पार्टी स्थायी कमिटीका सदस्यहरू के.पी. ओली, अमृतकुमार बोहरालगायतले स्वागत गर्नुभएको थियो ।