काठमाडौं, असोज ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हाल शिविरमा बस्दै आएका माओवादी सेनाको नेपाली सेनामा समायोजन गर्ने र विभिन्न क्षेत्रमा पुनःस्थापना गरिने दोहोर्याउनुभएको छ ।
सञ्चारकर्मीसाग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराहृन भएको भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्न हुादैन भन्ने कुरा सुरुदेखि नै आˆनो दिमागमै नरहेको बताउनुभयो ।
परराष्ट्रमन्त्री उपेन्द्र यादवले बुधबार आयोजित एक कार्यक्रममा राजनीतिक रूपमा प्रशिक्षित माओवादी छापामारलाई नेपाली सेनामा समायोजन गरेमा नेपाली सेनाको तटस्थता गुम्ने र अन्तर्राष्ट्रिय समुदायले विश्वास नगर्ने भन्दै सेना समायोजनको विरोध गर्नुभएको थियो ।
परराष्ट्रमन्त्रीको उक्त धारणाका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "यस्तो हुनै सक्दैन । विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, राजनीतिक दलहरूबीचको सहमतिमा समेत सेना समायोजन र पुनःस्थापना गर्नेगरी पटकपटक हस्ताक्षर भइसकेको छ ।"
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीले व्यक्त गरेको धारणाका सम्बन्धमा आफूले परराष्ट्रमन्त्रीसंाग बिहीबार नै छलफल गरेको र परराष्ट्रमन्त्रीले माओवादी सेना र नेपाली सेनालाई विलय गर्ने विषय स्वीकार्य नहुने बताएको भन्दै प्रस्ट पार्नुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले दुवै सेनाको समायोजनको विषय र प्रक्रिया टुङ्गो लगाउन चााडै उच्चस्तरीय समिति गठन गरिने जानकारी दिनुभयो । उहााले भन्नुभयो, "सेना समायोजनका विषयमा विगतमा गरिएको प्रतिबद्धताअनुरूप नेपाली काङ्ग्रेसले समेत सकारात्मक रूपमा लिने विश्वास लिएको छु ।"
प्रधानमन्त्रीले राष्ट्रसङ्घको प्रमाणीकरणमा योग्य देखिएका १९ हजार छ सय माओवादी सेनालाई समेत सैनिक सेवामा जाने वा अन्य विकल्प रोज्ने अवसर दिइने र विकल्प रोज्नेलाई सरकारले उचित व्यवस्था गर्ने स्पष्ट गर्नुभयो ।
नेपाली सेनाबाहेक माओवादी सेनालाई अन्य विकल्प खुला रहेका, उनीहरू सीमा सुरक्षा बल, औद्योगिक सुरक्षा बल, प्रहरी वा अन्य सेवामा जानसक्ने र त्यसका लागि आधारशीला तयार भइसकेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।
यसैगरी प्रधानमन्त्रीले संविधान लेखनको कार्यमा ढिलाइ नहुने बताउादै सङ्घीयताको मुद्दाले बढी समय लिने सम्भावना रहेको र उक्त विषयको टुङ्गो लाग्नेबित्तिकै संविधान लेखनको कार्य पूरा हुनसक्ने देखिएको बताउनुभयो ।
उहााले नेपालको अन्तरिम संविधानले समेत आगामी संविधानका धेरै विषयलाई समेटेकाले संविधान लेखनमा बढी समय नलाग्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले यही तिहारअघि वर्तमान मन्त्रिपरिषद् विस्तार गरिने तथा आमजनताले राहत महसुस गर्नेगरी कार्य गरिने बताउनुभयो ।
उहााले नेपालको पश्चिमी क्षेत्रमा आएको बाढीपहिरोबाट पीडित भएकाहरूका विषयमा प्रत्यक्ष जानकारी लिएर राहतकार्य सञ्चालन गर्न आफू शुक्रबार पश्चिमी नेपालको भ्रमणमा जान लागेको जानकारी दिनुभयो ।
उहााले वर्तमान सरकारको प्राथमिकता शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधान लेखन कार्य पूरा गर्ने तथा विकासलाई गति दिने रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई हालैको बाढीपहिरोबाट पीडित भएकाहरूका लागि राहत पुर्याउने उद्देश्यले सिटिजन्स बैङ्क र रिपोर्टर्स क्लब नेपालद्वारा संयुक्त रूपमा सङ्कलित रु. २ लाख ८९ हजारको चेक हस्तान्तरण गरिएको थियो ।
रासस