अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
माओवादीको नाम सम्बन्धमा बहस
सिराजुद्दिन खान/नेपालगन्ज
 

नेपालगन्ज, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाम परिवर्तन गर्न पार्टीमा गत डेढ वर्षदेखि छलफल भइरहेको पुष्टि गर्नुभएको छ । प्रचण्डले भन्नुभयो- "हामी नेपालका सबै कम्युनिस्ट पार्टीको एकीकरण चाहन्छौ, त्यसो हुनगए पार्टीको पछाडि पुच्छर झुण्ड्याई राख्नुपर्ने कुनै आवश्यकता छैन ।"

कन्चनपुर महोत्सवको उद्घाटन गर्न त्यसतर्फ जाने क्रममा शुक्रबार दिउासो प्रधानमन्त्री चढेको हेलिकप्टर इन्धन भर्न रााझा विमानस्थलमा ओर्लिएको बेला पत्रकारहरूसाग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सबै सोही उद्देश्यले कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्नै अभियानका रूपमा एकता केन्द्र मसालसाग एकीकरण हुन लागेको प्रस्ट पार्नुभयो ।

एकता केन्द्र मसालसाग पार्टी एकीकरण गर्नेसम्बन्धमा माओवादीभित्र विवाद छ कि भनी सोधिएको एक प्रश्नको जवाफमा प्रधानमन्त्रीले सो सम्बन्धमा बाहिर आएका कुराहरू वाहियात भएको बताउादै एकता केन्द्रसाग एकीकरणको विषयमा सिङ्गो पार्टी एकमत रहेको जनाउनुभयो ।

सो सम्बन्धमा गलत प्रचारबाजी भइरहेको प्रस्ट पार्दै बिहीबार मात्र एकता केन्द्र मसालका महासचिव प्रकाश र आफूबीच पार्टी एकीकरणसम्बन्धी केही महìवपूर्ण विषयमा हस्ताक्षर भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

मध्य र सुदूरपश्चिममा अब खाद्यान्न सङ्कट कहिल्यै नहुने जनाउादै प्रधानमन्त्री प्रचण्डले आवश्यकताभन्दा बढी खाद्यान्न ती क्षेत्रमा पठाउन थालिएको एक अर्काे प्रश्नको जवाफमा बताउनुभयो ।

जग्गा फिर्ता गर्ने प्रक्रिया पनि हाल तीव्रगतिमा चलिरहेको जनाउादै प्रधानमन्त्रीले कब्जा भएका घर जग्गाहरू केही दिनमै फिर्ता भइसक्ने प्रतिबद्धता पुनः दोहोर्‍याउादै जग्गा फिर्ता नभएको भन्ने प्रचारबाजी माओवादीलाई बदनाम गराउने षडयन्त्र भएको पनि प्रस्ट पार्नुभयो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home