अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
फेला परे पूर्वराजाका शिकार, गैँडाका साढे चार हजार खुर
सरोज आचार्य
 

काठमाडौँ, कात्तिक ६ गते । नेपालमा राज परम्परा कायम रहेको अवधिमा राजाका तर्फबाट नै मारिएका चार हजार ५०६ वटा गैँडाका खुर फेला परेका छन् ।

यस बाहेक छुट्टै चार हजारवटा खुर आधिकारिक रूपबाट नष्ट गरिएको प्रमाण पनि फेला पर्‍यो । चितुवा र बाघका नङ्ग्रा ४८ थान, चितुवाको बाजु चार थान, चितुवा र बाघका जुङ्गा, हम हड्डी -ब्रहृम हड्डी) साना ठूला गैँडाका खाग गरी ७७ थान खाग र हात्तीका दाँत ४३ थान फेला परेका छन् ।

यस्ता अत्यासलाग्दा सामग्री राजाको दरबार वसन्तपुर गद्दी बैठकमा पाइएपछि ती सामग्री व्यवस्थापन गर्न गठित गृह मन्त्रालय प्रतिनिधि, पुरातत्व विभाग, महालेखा परीक्षक कार्यालय तथा गृहको बैठक शाखा प्रतिनिधि सम्मिलित समिति आफ्नो काम पूरा नगरी सुइँकुच्चा ठोकेको छ ।

वसन्तपुर गद्दी बैठक समारोह प्रबन्धफाँटका अधिकृत रामसुन्दर शर्माका अनुसार समितिले पूरा काम पनि गरेन र यी सामग्रीको आधिकारिक जिम्मा लिन कोही तयार भएन ।

आफूलाई पनि सामान बुझ्नु भन्ने गृहको मौखिक आदेश मात्र भएको बताउँदै अधिकृत शर्माले लिखित रूपमा बुझ्नै नसकिने सामग्री गद्दी बैठकमा रहेको बताउनुभयो ।

कसैले सामान नबुझिदिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा कार्यरत आफूलाई काजमा गद्दी बैठकमा पठाइएको शर्माले गुनासो गर्नुभयो ।

त्यहाँ रहेका यी बाहेक अन्य बहुमूल्य सामग्रीका बारे त्यहाँ पस्ने जो कोही अत्तालिन्छ, राजदरबार हत्याकाण्ड हुँदा हतारमा दरबारले ढोका फोडी सामान लगेकाले अकर्ण -अभिलेख)मा रहेबमोजिमका सामान त्यहाँ दुरुस्त छैन भन्नेछ- अधिकृत रामसुन्दर शर्मा भन्नुहुन्छ ।

हत्याकाण्ड हुँदा बैठकमा रहनुभएका अधिकृत भगवानप्रसाद ढुङ्गानाले अवकाश पाएको महिनौँ भए पनि गृह मन्त्रालयले आर्थिक सहायता दिएर काममा लगाइरहेको पनि छ ।

भगवानप्रसादले बैठक छोड्न पनि नचाहने र सामान पनि कोही जिम्मा लिन नचाहने अवस्था छ- बैठकका अन्य कर्मचारी बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले यी सामग्रीको जिम्मा लिनेबारे भन्नुहुन्छ- गद्दी बैठकका सामग्री नेपाल सरकारले नै व्यवस्थापन गर्नुपर्‍यो । गृहले गर्नुपर्ने भूमिका मात्र निर्वाह गर्छ । अमूल्य गहना सुन आदि सङ्ग्रहालय वा अन्य उचित स्थानमा हस्तान्तरण हुनुपर्छ भनी अध्ययन प्रतिवेदनसम्म दिएको छु तर प्रतिवेदनमा सही गर्ने साहस मैले पनि गर्न सकिनँ- गद्दी बैठकमा काजमा खटिनुभएका अधिकृत शर्माले भन्नुभयो

उहाँका अनुसार यी सबै सामग्री तत्कालीन राजपरिवारका कामका सामग्री हुन् । हत्याकाण्डका बेला ऐश्वर्यलाई राखिएको स्वर्णपालकी पनि यहीँ छ ।

प्रतिवेदन समिति सुइँकुच्चा ठोकेपछि गृहका तीन कर्मचारीले तयार गरेको अध्ययन विवरण हो यो । आधिकारिक गहना तथा सामग्री विशेषज्ञ नराखी यहाँ हात हाल्न सक्ने अवस्था नै छैन र सामान त्यसै राख्दा पनि काम छैन- अधिकृत शर्माले भन्नुभयो ।

कर्मचारीत्रयको प्रतिवेदनमा सही छैन । दरबारीयाले गैँडा र अन्य वन्यजन्तु कति मारेछ भनी सामान हेर्दा अत्यास लाग्छ- शर्माले भन्नुभयो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home