अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
नेपाल संवत्ले पायो राष्ट्रिय संवत्को मान्यता
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, कात्तिक ७ गते । सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने निर्णय गरेको सरकारका प्रवtmा एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले संवत्सँग सम्बन्धित अन्य विषय र आर्थिक वर्षका बारेमा अध्ययन गर्न एक कार्यदल बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूसँग छलफल चलिरहेकाले सेना समायोजनसम्बन्धी विशेष समितिका विषयमा कुनै निर्णय हुन नसकेको जानकारी दिनुभयो ।

उहाँले सेना समायोजनका विषयमा चार दलभित्र छलफल भएको बताउँदै क्याबिनेटमा यसले विषय प्रवेश नपाएको बताउनुभयो ।

बैठकमा अन्य महìवपूर्ण निर्णय केही पनि नभएको जानकारी दिँदै मन्त्री महराले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महìवपूर्ण निर्णय गर्नसक्ने बताउनुभयो ।

वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले प्रशासनिक संयन्त्रमा हेरफेरलगायतका अन्य विषयहरूको निर्णय शनिबार बस्ने मन्त्रिपरिषद्ले गर्ने जानकारी दिनुभयो । उहाँले सेना समायोजनसम्बन्धी विशेष समिति बनाउने विषययमा गृहकार्य भइरहेको र सहमतिको प्रक्रिया चलिरहेको पनि जानकारी दिनुभयो । मन्त्री महतोले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल भइरहेको र चाँडै नै सहमतिमा पुगिने स्पष्ट पार्नुभयो ।

वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले संस्कृतिसम्बन्धी रहेका विविध विषयलाई हेर्न संस्कृति तथा राज्य पुनसर्ंरचना मन्त्रालयको नेतृत्वमा आइतबार एउटा कार्यदल बन्ने जानकारी दिनुभयो । उहाँले कपिलवस्तु तथा अन्य क्षेत्रमा भएका विभिन्न दङ्गा, दुर्घटनामा भएका घटनाका पीडितलाई क्षतिपूर्ति दिनेसम्बन्धमा पनि निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि बसेका शीर्ष चार दलको बैठकले सेना समायोजनसम्बन्धी विषयमा कुनै टुङ्गो लगाउन भने सकेन । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा माओवादी बाहेक अन्य दलका जो कोही पनि समितिको अध्यक्ष बस्नेमा चार दलबीच सहमति भएको जानकारी दिनुभयो । उहाँले माओवादीले समितिका सदस्यमा माओवादीले आˆनो पार्टीको थप एकजना सदस्य रहनुपर्ने प्रस्ताव राखेको बताउँदै त्यो काङ्ग्रेसलाई अस्वीकार्य हुने बताउनुभयो । उपसभापति पौडेलले समितिमा काङ्ग्रेसको तर्फबाट अझै कुनै प्रतिनिधि नतोकिएको र पार्टीको छलफलपछि नाम पठाउने बताउनुभयो ।

सिंहदरबारमा बसेको चार राजनीतिक दलको बैठकमा नेकपा -माओवादी), नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरमका शीर्ष नेताको उपस्थिति रहेको थियो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home